स्थानीय

बुटवलको तिनाउ हस्पिटल र सिद्धार्थ इन्टरनेसनल कलेज बीच स्वास्थ्य सम्झौता

बुटवलको तिनाउ हस्पिटल र सिद्धार्थ इन्टरनेसनल कलेज बीच स्वास्थ्य सम्झौता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवलको सुख्खानगरमा रहेकाे श्री तिनाउ इन्टरनेसनल हस्पिटल प्राली र बुटवल मिलनचोकमा रहेको सिद्धार्थ इन्टरनेसनल कलेज बीच स्वास्थ्य सम्बन्धी बुधबार सम्झौता भएको छ। बुटवलको स्वास्थ्य उपचारको लागि राम्रो मानिने उक्त हस्पिटलले सिद्धार्थ कलेजका सञ्चालक, शिक्षक र विद्यार्थीहरूका लागि स्वास्थ्य उपचारमा सहुलियत दिने गरी सम्झौता गरेका छन्। उक्त कलेजका सञ्चालक, शिक्षक र विद्यार्थीहरूका लागि ल्याब परीक्षण ,एक्सरे ,जनरल बेड ,भिडियो एक्सरे, ईसिजि ,ईकाे ,फिजियोथेरापी लगायतका सेवाहरूमा सहुलियत दिने गरी सम्झौता गरेका छन्। हस्पिटलका अध्यक्ष चिरञ्जीवी जोशीले कलेजमा सम्बद्ध सबैलाई उपचारमा सहुलियत होस् भनी उक्त सम्झौता गरेको बताउनुभयो। उहाँले अन्य यस्तै जागरुक संस्थाहरु भएमा छलफल गर्न सकिने बताउनुभयो। हस्पिटलले आफ्नो कलेजलाई स्वास्थ्य उपचारमा सहुलियत दिने गरी सम्झौता गरेकोमा आफू र संस्...
विद्यार्थीहरुकाे रोजाईमा बुटवलकाे स्टडि वल्र्ड एजुकेशन

विद्यार्थीहरुकाे रोजाईमा बुटवलकाे स्टडि वल्र्ड एजुकेशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, स्थानीय
बुटवल स्टडि वल्र्ड एजुकेशन कन्सल्टेन्सी बुटबल शैक्षिक परामर्शको क्षेत्रमा विद्यार्थीहरुको उत्कृष्ट रोजाईमा पर्दै आएको छ । विभिन्न कलेज र विश्व विद्यालयमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई मार्गदर्शन गर्ने उद्देश्यले सुरु गरिएको यो कन्सल्टेन्सीले हालसम्म हजारौं विद्यार्थीलाई आफ्नो शिक्षा सम्बन्धी निर्णयमा सहयोग पुराएको छ । स्टडि वल्र्ड एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीहरूको योग्यता अनुसार विदेश शिक्षा अवसरहरूको बारेमा पूर्ण जानकारी प्रदान गर्दै, उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यस कन्सल्टेन्सीका परार्मसदाताले विश्वका विभिन्न विश्वविद्यालयहरूको बारेमा सही र प्रामाणिक जानकारी उपलब्ध गराउदै, विद्यार्थीको शैक्षिक लक्ष्य पुरा गर्न मार्गदर्शन गर्दै आइरहेको कारण पनी प्राय विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको हो । स्टडि वल्र्ड एजुकेशन कन्सल्...
पिडामा मलम लगाउदै जीवन बिमा

पिडामा मलम लगाउदै जीवन बिमा

Breaking news 2, Breaking news 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
गंगु कुँवर मगर / गुल्मीउहाको नाम हिमा रेश्मी हो , उहाँ छोरा र पतिको निधनबाट ठूलो शोकमा हुनुहुन्छ । गुल्मीदरबार -१, बलिथुम (साविक वडा नं.-९)माइडाडा निवासी उहाँले छोरा र पतिलाई ६ महिनाको फरकमा गुमाउनु पर्‍यो । त्यो शोक त छदैंछ आफू माथि आएको घर ब्याबहारले समेत थप समस्यामा पार्‍यो । त्यही समस्यालाई समाधान गर्न भने उहाँलाई अहिले जीवन विमाले ठूलो सहयोग गरेको छ । कागजी प्रक्रियापछि छोरा योगेन्द्र रेस्मीको बिमा रकम पाए पछि अहिले उहाँलाई राहत मिलेको हो । त्यही जीवन विमाबाट पाएको रकमबाट बाबा छोराको किरिया खर्चको ॠण तिर्दैछु , घर व्यवहार चलाउँदै छु , उहाँले भन्नुभयो ।स्कुल पढ्न छाडेपछि बाबासँग भारत गएर रोजगारी गरि कमाउदै आफ्नो हातमा पैसा राखिदिने छोराले अब आफूलाई बुहारी ल्याइदिएर सहयोग पाउने आशामा बस्नुभएका उहाँ अचानक गत बैशाख ३० गते २५ वर्षको उमेरमा छोरा योगेन्द्र रेश्मीको निधन भए पछि उहाँमा ठू...
औद्योगिक व्यापार मेला: विद्यालय स्तरीय लोकनृत्यमा अक्सफोर्ड प्रथम

औद्योगिक व्यापार मेला: विद्यालय स्तरीय लोकनृत्यमा अक्सफोर्ड प्रथम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम भएको छ । त्यसैगरी एभरेष्ट बोर्डिङ द्वितीय, इन्टलेक्च्यूअल एकेडेमी तृतीय र कान्ति माध्यमिक विद्यालय सान्त्वना भएका छन् ।प्रतियोगितामा प्रथम भएको अक्सफोर्डलाई २५ हजार, द्वितीय हुने एभरेष्टलाई १५ हजार, तृतीय हुने इन्टलेक्च्यूअललाई १० हजार र सान्त्वना हुने कान्तिलाई ५ हजार रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । मेलामा शनिबार लोक तथा दोहोरी गायिका शान्तिश्री परियार, लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, दामोदर बस्याल, शिलु भट्टराई, योगराज पोखरेल, गणेश अधिकारी, हास्य कलाकार कमल भट्टराई र विजय बमरेल तथा डान्सर निष्ठा पुन र मनिसा बस्यालको प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो । त्यस्तै खुला लोक दोहो...
सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

Breaking news 1, ताजा अपडेट, समाचार, सम्पादकिय, स्थानीय
काठमाण्डौ – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो । जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाए । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, सैफ जैब र इसान पाण्डेले समान एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनायो । सुदूरपश्चिमका लागि सैफ जैबले सबैभन्दा धेरै ६९ रन बनाए । यस्तै विनादे भण्डारीले ४१ रन बनाए । जनकपुरका महोम्मद मोसिन र किशोर महतोले समान तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निशमले समान एक विकेट लिए । सुदूर...
बुटवल मेलामा ‘व्यूटि फेयर’ : पुराना ६ जना व्यूटिसियनलाई सम्मान

बुटवल मेलामा ‘व्यूटि फेयर’ : पुराना ६ जना व्यूटिसियनलाई सम्मान

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज, स्थानीय
बुटवल बुटवलको औद्योगिक व्यापार मेलामा ‘व्यूटि फेयर’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा आयोजना गरिएको मेलामा काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा ‘व्यूटि फेयर’ गरिएको हो ।व्यूटि फेयरको शुक्रबार तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उपप्रमुख चौधरीले हिनताबोधका बिचबाट सुरु भएको व्यूटिपार्लर व्यवसाय आज सबैको अवश्यकता भएको बताउनु भयो । व्यूटिपार्लर व्यवसायले महिला उद्यमशिलता पनि बढाएको र आफैमा सम्मानित पेशाको रुपमा स्थापित भएको भनाई राख्नु भयो ।कार्यक्रममा यस क्षेत्रमा रहेर २५ वर्षभन्दा लामो समय व्यूटिपार्लर पेशा व्यवसाय गरेका ६ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा व्यूटिसियन उशाकिरण गुरूङ, जेनी श्रेष्ठ, सुशिल श्रेष्ठ, सबिता ताम्राकार, क...
बुटवलमा औद्योगिक व्यापार मेला सुरु, लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह

बुटवलमा औद्योगिक व्यापार मेला सुरु, लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह

Breaking news 2, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुन गईरहेको मेलाको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्घाटन गर्नुभयो । त्यस अवसरमा मन्त्री खड्काले लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरुको चिन्ताप्रति सरकार गम्भिर रहेको भन्दै व्यवसायीको लगानीको सुरक्षा गर्न र कानुनी जटिलता हटाएर व्यवसायिक वातावरण निर्माण गर्ने सरकार लागि परेको भनाई राख्नुभयो ।मन्त्री खड्काले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस...
गुल्मीको एक गाउँका प्रत्येक घरमा माहुरी पालन

गुल्मीको एक गाउँका प्रत्येक घरमा माहुरी पालन

Breaking news 3, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर ४ मा पर्ने कालापात्ला गाउँमा प्रत्येक घरमा मौरी पालन गरिएको छ। २० घरको बसाइरहेको उक्त गाउँमा ३५ घारभन्दा बढी माहुरी पालन गरिएको छ। उक्त गाउँमा केही घरमा ७ माहुरीका घार रहेका छन् भने ,केही घरमा १ घार रहेका छन् । केहीले पुराना काठका मुडामा खोक्रो बनाएर पुरानै शैलीमा पनि माहुरी पालन गरेका छन् ।केही आधुनिक घारमा माहुरी पालन गरेका छन् ।सरकारले घारमा ५०प्रतिशत अनुदान दिएको भए तापनि उक्त गाउँका अधिकांश कृषकहरुले आफ्नै लगानीमा माहुरी पालन गरिरहेका छन् । माहुरी पालन व्यावसायिक पेशा बन्न सक्ने उक्त गाउँका एक कृषक बाबुराम ज्ञवालीले बताउँछन्। सञ्चारपत्रसँगको कुराकानीमा उनले कृषि पेशामा अन्य बाली उब्जाउने र बढी उत्पादन गरी बिक्री गर्न सक्ने भएतापनि जंगली बाँदर ,बदेल ,मृग ,दुम्सी ,कालिज ,खरायो जस्ता जंगली जनावर तथा पन्छीले नोक्सा...
बुटवल तिनाउ पुलमा जीप दुर्घटना हुँदा  ३जना को मृत्यु

बुटवल तिनाउ पुलमा जीप दुर्घटना हुँदा ३जना को मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल बुटवलमा भएको सडक दुर्घटनामा परि तिनजनाको मृत्यु भएको छ। पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो।  ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मृत्यु हुनेमा बुटवल–१ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् । दमको बिरामी गौरी खनाललाई उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार पश्चिम तर्फबाट तिनाउ पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको हो।उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अ...

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र युएसएआइडीअन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गर्नु भएको थियो । अमेरिकी सहायक विदेशमन्त्री लूले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्या परे पनि नेपालले आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नु भएको थियो । उहाँले अमेरिका आउँदा दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराउनुभएको थियो । ...