स्थानीय

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  

Breaking news 2, ताजा अपडेट, स्थानीय
१६ असार चितवन  । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् । ...
मनसुन सक्रिय : बाढी पहिरोको जोखिम, धेरैजसो ठाउँमा राति ठूलो पानी पर्ने

मनसुन सक्रिय : बाढी पहिरोको जोखिम, धेरैजसो ठाउँमा राति ठूलो पानी पर्ने

Breaking news 2, ताजा अपडेट, स्थानीय
काठमाण्डाै – आज शुक्रवार देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । गएको जेठ अन्तिमदेखि मध्य र पूर्वी क्षेत्रमा मात्रै लगातार पानी पर्ने गरेकोमा आज सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ । दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ । आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । राति भने धेरै ठाउँमा पानी पर्ने अनुमान छ । राति कोशी, मधेस, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार मनसुन सक्रिय भएको छ । धेरै ठाउँमा मध्यम र केही ठाउँ...
महिलाहरुको लागि सिपमुलक तालिम सम्पन्न

महिलाहरुको लागि सिपमुलक तालिम सम्पन्न

ताजा अपडेट, समाचार, स्थानीय
३२ जेठ,  MAW skills Academy pvt ltd,MAW Foundation र बुटवल टेक्निकल कलेजको सहकार्यमा महिला हरुकोलागि ३ महिने सिप मुलक तालिम सम्पन्न भएको छ । सीप सिकौ स्वरोजगार भै आत्म निर्भर बनौं भन्ने मुल नाराका साथ रुपन्देहीको बुटवलमा निशुल्क बिल्डिङ्ग ईलेक्टिसियन तालिम सम्पन्न भएको हो । आफू सग सीप नहुदा बेरोजगार बस्नु पर्ने अवस्था रहेको कारण सीप सिकेर आत्मनिर्भर बन्न तालिममा सहभागी भएको महिलाहरूको भनाई छ ।४२ जना महिलाको सहभागीता रहेको तालिममा सहभागीहरुले तालिम लिईसकेपछी आफू स्वरोजगार बन्ने आत्मविश्वास बढेको बताएका छन । सस्थाले विभिन्न समयमा सिपमुलक प्राबिधिक तामिमहरु संचालन गर्दै आएको छ ...
युवासघद्वारा स्मृति दिवशमा खानेपानी बितरण ।।

युवासघद्वारा स्मृति दिवशमा खानेपानी बितरण ।।

Breaking news 2, ताजा अपडेट, स्थानीय
रुपन्देहीको बुटवल उपमहानगरपालिका वाड न ६ युवासघ वडा कमिटिले मदन भण्डारी र जिवराज आश्रीतको ३४ औ स्मृति दिवशको अबशरमा बुटबल ट्राफिक चोकमा निशुल्क खानेपानी( सर्बतपानी ) बितरण गरेको छ । युवाहरु समाज सेवा र उत्पादनमा जोडीई समाजको मार्गदर्शक बन्न्नु पर्छ भन्ने हुदेश्यले स्वर्गिय जननेताको योगदानलाई स्मरणगर्दै कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष अमित भन्डारीले बताए । नेकपा एमालेमा आस्थावान नेता कार्यक्रताहरुको उल्लेखनिय सहभागीता रहेको कार्यक्रममा खानेपानी (सर्बत पानी )पिउनकोलागी सर्बसाधरणको उल्लेखनिय सहभागिता रहेको थियो ।बुटबलमा बढिरहेको अत्यधिक गर्मी र त्यसलाई छ्ल्नकोलागि सर्बतपानीले केही हद सहयोग गरेकोमा नागरिक खुसी देखिन्थे । कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण पोख्रेल ,कृष्ण कुमाल,युवा सघ जिल्ला अध्यक्ष बिकाश जङ्ग बस्नेत , जिल्ला उपाध्यक्ष दिपक खड्की ,जिल्ला सदस्य अमित गुरुङ्ग...
चितवनमा ४१ हजार ५ सय ४ मतसहित लामिछाने अगाडि

चितवनमा ४१ हजार ५ सय ४ मतसहित लामिछाने अगाडि

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै - चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । उहाँ ४१ हजार ५ सय ४ मतसहित अगाडि हुनुहुन्छ। लामिछाने प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठभन्दा ३३ हजार ८ सय ९ मतले अगाडि हुनुहुन्छ। श्रेष्ठले अहिलेसम्म ७ हजार ६ सय ९५ मत पाउनुभएको छ । यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत पाउनुभएको छ।  ...
चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१२ वैशाख, काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन् ।गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद निर्वाचित भएका थिए । तर उनको नेपाली नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो । ...
तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी

Breaking news 1, ताजा अपडेट, समाचार, समाज, सम्पादकिय, स्थानीय
१२ वैशाख, तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।यसअघि गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्...
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

ताजा अपडेट, समाचार, स्थानीय
११ वैशाख, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । सोही बाध्यात्मक व्यवस्था अनुसार मुख्यमन्त्री गिरिले विश्वासको मत लिन लागेका हुन् ।८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । यो अंकगणित अनुसार एमालेका मुख्यमन्त्रीले गिरीले ३३ मतमात्रै पाउने देखिन्छ । सरकार टिकाउन आवश्यक ४४ मत पुर्याउन नस...
चितवनमा सर्बदलीय बैठक सुरु

चितवनमा सर्बदलीय बैठक सुरु

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
११ वैशाख, चितवन । उप निर्वाचन भएको चितवन -२ मा सर्बदलीय बैठक सुरु भएको छ।बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।मतगणनाको सहमतिका लागि बैठक बसेको हो । उद्योग संघको हलमा मतगणना गर्ने तयारी गरिएको छ ।चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् । ...
बारामा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी

बारामा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
११ वैशाख, काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना केहीबेरमा सुरु हुँदै छ । सर्बदलीय बैठक सकिएको छ र बैठकले गणना सुरु गर्ने निर्णय गरेको छ । मत गणना शैक्षिक तालिम केन्द्रमा हुनेछ ।बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।चितवन-२ मा भने सर्बदलीय बैठक बस्न नसक्दा मत गणना अनिश्चित भएको छ । ...