बुटवलमा दुईदिने विकास पत्रकारिता तालिम संचालन
बुटवल, जेठ २८
रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिममा रुपन्देहीमा क्रियाशिल छापा तथा विद्युतीय संचार माध्यममा काम गर्ने झण्डै डेढसय संचारकर्मीहरुको सहभागिता रहेको नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी दिनुभयो । युनियनमा आवद्ध संचारकर्मीको क्षमता विकासकालागि नियमित रुपमा क्षमता विकास कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।
तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गर्नु भयो ।
उहाँले नगरले गरेका विकास निर्माण तथा भौतिक प्रगतिका गतिविधिसँगै भएगरेका प्रशासनीक कार्य र भएका ढिलासुस...








