स्थानीय

लिट्स कलेज बुटवलमा विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

लिट्स कलेज बुटवलमा विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल रूपन्देहीको बुटवलमा अवस्थित रहेर निरन्तर सेवा दिँदै आएको लुम्बिनी इन्स्टिच्युट अफ टेक्निकल साइन्स (लिट्स )कलेजले नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अध्ययन पुरा गरिसकेका विद्यार्थीलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ। शनिबार बुटवलकाे सुख्खानगर कलेज परिसरमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलेजका संस्थापक महासचिव कृष्णप्रसाद भुसालले विभिन्न चुनौतीका बावजुद २०५४ सालमा स्थापना गरेको कलेज अहिले पश्चिम नेपालकै उत्कृष्ट भएकोमा गर्भ महसुस भएको बताए । अहिले उक्त कलेजबाट उत्तीर्ण गरी जनशक्ति देश तथा अन्य बाहिरी मुलुकमा गएर उत्कृष्ट सेवा प्रदान गर्न सफल भएको बताए । कलेजका प्राचार्य तथा कार्यकारी निर्देशक बसन्तराज खनालले प्राविधिक शिक्षाको महत्व उल्लेखनीय रहेको र आफ्नो कलेजबाट उत्तीर्ण गरी रोजगारमा जोडिएका व्यक्तिहरू व्यवस्थित जीवन बिताइरहेकोमा गर्व महसुस भएको बताए। उन...
हिमालयन लाइफको एक दिने ग्राण्ड मोटिभेसन कार्यक्रम बुटबलमा सम्पन्न

हिमालयन लाइफको एक दिने ग्राण्ड मोटिभेसन कार्यक्रम बुटबलमा सम्पन्न

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटबल हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लुम्बिनी प्रादेशिक कार्यालयको आयोजना एक दिने ग्राण्ड मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम कार्यक्रम बुटवलमा भब्यरुपमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले कार्यक्रममा सहभागी हरुलाई बिमा क्षेत्रमा सफल बन्नको लागि के गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो । प्रमुख कर्णले बिमा कसरी गर्ने , बिमा गराउदा अपनाउनु पर्ने केही टिप्स , सघर्सशिल ब्याक्तीहरुको जिवनभोगाई र सफलता का कथा सहित बिमा ब्याबसायलाई सफल बनाउन अपनाउनु पर्ने बिभिध पक्षको बारेमा प्रेरेणादाइ प्रशिक्षण दिनु भएको थियो । कम्पनीका प्रदेश प्रमुख बुद्ध बहादुर सुर्यबशीले कम्पनीले ल्याएका विभिन्न स्किमहरु पूरा गरि जिवनलाई रमाइलो र खुसिका साथ बिमा क्षेत्रबाट...
एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी शुरुवात

एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी शुरुवात

Breaking news 1, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले हराउँदै जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । विराटनगरले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १५ ओभर तीन बलमा भेट्टायो । जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ र हर्ष ठाकरले अविजित २९ रन बनाए । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एक/एक विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्ग्स १९ ओभरमा एक सय २७ रन बनाउँदा अलआउट भयो । विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए । जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले दुई/दुई विकेट लिए । कीर्तिपुरमा रहेको त्रिवि मैदानमा आजदेखि शुरु भएको एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदै ...
पुर्नजीवन पाउने आशामा बुटवल धागो कारखाना

पुर्नजीवन पाउने आशामा बुटवल धागो कारखाना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटबल बुटबलको औधोगिक क्षेत्र नजिकै बाहिर आकर्षक प्रबेशद्धार सुरक्षाको लागी तैनाथ प्रहरी भित्र प्रबेश गरेपछी भब्य संरचना लाग्छ कुनै संचालनमै रहेको उधोग जस्तै तर विडम्बाना डेढ दशकदेखि बुटवल धागो कारखाना थल्लिएर गुहार मागिरहेको छ । २०६४ साल फागुन भन्दा अगाडि सम्म सयौं कर्मचारीहरूको चहलपहल हुने बुटवल धागो कारखानालाई अहिले २ जना कर्मचारीले कुरिरहेका छन् ।२०६४ सालबाट कारखाना पूर्णरूपमा बन्द छ । कारखानाका करोडौंका मेसिन जीर्ण र बेवारिसे बनेका छन । २०३९ सालमा स्थापना भएको धागो कारखानाले २०४८ सालबाट व्यावसायिक रूपमा धागो उत्पादन सुरु गरेको थियो । २०६६ सालमा धागो कारखानाका साढे चार सय कर्मचारीलाई बिदा गरिएको थियो । कारखानामा उत्पादन हुने धागो , सयौ व्याक्तिलाई रोजगारी शिर्जना ,संरचना जग्गा र मेसिनको अबस्था हेर्दा बुझ्दा सपना जस्तै लाग्छ । किन चासो दिदैन सरकारपूर्वपश्चिम राजमार्ग अन्तर...
आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले शतबीज छर्दै

आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले शतबीज छर्दै

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटबल आज बालाचर्तुदशी पर्व मनाइँदैछ । हिजो त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै शतबीज छर्दैछन् । शिवालयहरुमा रातभर बत्ती बालेर जाग्राम बसेका भक्तजनले आजको दिन बिहान दिवंगत पितृको सदगतिको कामना गर्दै शतबीज छर्ने चलन छ । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा हिजोदेखि नै भक्तजनको भीड लागेको छ । आज विशेष गरि गुल्मीको शान्तिपुरमा चक्रेश्वर मन्दिरमा भब्य मेला लाग्ने गर्छ ।यता रुपन्देहीको परुवा बोलबम लगायतका विभिन्न मन्दिर तथा धार्मिक स्थलहरुमा सतबिज छर्ने तथा मेला लाग्ने गर्दछ । काठमाण्डौको पशुपति क्षेत्रका १४ ठाउँमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, बाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणे...
पाकापुस्ताको भरमा सोरठी नाच, दानबाट उठेको रकम बाट बिकाश निर्माणको काम ।।

पाकापुस्ताको भरमा सोरठी नाच, दानबाट उठेको रकम बाट बिकाश निर्माणको काम ।।

जीवनशैली, ताजा अपडेट, फिचर, राेचक जानकरी, विविध, समाचार, स्थानीय
गंगु कुवर रातीको १०:५० बजिसकेको छ। ७३ वर्षिय राम बहादुर पुन "पञ्चले दियौं आशिष" भन्दै सोरठी गीतवाट घरबेटीलाई आशिष दिदै हुनुहुन्थ्यो ।घरबेटिले सोरठी नाच्ने समूहलाई दान दिइसके पछि सोरठी नाचमा गाइने गीत हो, यो । यतिवेला "बलिथुम सोरठी नाच तथा सम्बर्द्धन मन्च"गुल्मीदरबार-१ बलिथुम गुल्मी लोपोन्मुख सोरठी नाचलाई जगेर्ना गर्न लागि परेको छ। राम बहादुर पुन समूहको सल्लाहकार संयोजक समेत हुनुहुन्छ । त्यस्तै समूहका पूर्व अध्यक्ष मन बहाहर पुन पनि उहाँ जस्तै अँध्यारा राती र जाडो नभनी समूहलाई लिएर सोरठी नाच्न हिड्‌नुहुन्छ । उहाँ पनि उमरेले ६८ काट्दै हुनुहुन्छ । युवाहरु विदेशीएसंगै अहिले गाउँमा बुवाहरुबाट यस्ता लोपोन्मुख नाचको संरक्षण भइरहेको छ। नाचको संरक्षणसंगै समूहमा उठेको रकमबाट 'बलिथुम प्रवेशद्वार निर्माण गर्ने तयारीमा उहाँहरू हुनुहुन्छ । प्रवेशद्वारको पालिका उपाध्यक्ष तारा थापा ढेंगाले एक कार्यक्र...
बुद्धको दर्शन र आचरणलाई पछ्याउदै सदगुणि बन्न प्रधानमन्त्री ओलिको आग्रह ।

बुद्धको दर्शन र आचरणलाई पछ्याउदै सदगुणि बन्न प्रधानमन्त्री ओलिको आग्रह ।

Breaking news 2, विविध, समाचार, स्थानीय
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन तथा शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्को रुप नै आफूहरुले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा भएकाले यसलाई पूरा गर्न सबैमा आग्रह गरे । अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण तथा शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मथलो र बौद्ध दर्शनको पनि थलो भएको उल्लेख गर्दै यसलाई पावनभूमिका रुपमा विकसित र ...
बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने

बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो । मेलामा विविध पक्षहरूको प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिता गर्न लागिएको संघका सचिव तथा मेला प्रचारप्रसार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताए । प्रतियोगिता मंसिर २५ देखि पुसको १७ गतेसम्म सञ्चालन हुनेछ । टिकटक प्रतियोगितामा भाग लिनको लागि भाग लिने व्यक्तिको टिकटकमा न्यूनतम ५ हजार फ्लोअर्स भएको हुनुपर्नेछ । प्रतियोगितामा भाग लिने व्यक्तिले यहि मंसिरको २४ गतेसम्ममा आफ्नो टिकटक आईडि खुलाएर नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिएको व्यक्तिले मेलासँग सम्बन्धित विषयमा टिकटक बनाउनु पर्नेछ भने टिकटक भिडियो बनाउँदा मेलाको बारेमा जानकारीमुलक हुनुपर्नेछ । ...
गुल्मी बलिथुममा रहेको पुस्तौं पुरानो ढुंगेकोलले सम्झाउछ ईतिहास ।।

गुल्मी बलिथुममा रहेको पुस्तौं पुरानो ढुंगेकोलले सम्झाउछ ईतिहास ।।

Breaking news 2, समाचार, स्थानीय
गंगु कुँवर मगर , गुल्मीगुल्मीदरबार गाउँपालिका वडा नं.-१, बलिथुम गुल्मीमा रहेको पुस्तौं पुरानो ढुंगेकोलको संरक्षणले पुर्खाको चिनारी र झझल्को दिए पनि नयाँ पुस्तामा भने खासै चासो देखिएको छैन ।उक्त ढुंगे कोलको बारेमा अस्पष्ट हुनु र ढुंगे कोलको प्रयोग, प्रयोग गर्ने सामाग्री बारे जानकारी नहुनु , वास्तविकता थाहा नपाउनुले पनि नयाँ पुस्तामा खासै मोह नदेखिएको हो । गाउँघरबाट अहिले काठका कोलहरू नै लोप हुने अवस्थामा पुगेको बेला सो पुस्तौं पुरानो ढुंगे कोल संरक्षण हुनुले भने पूर्खाको चिनारी ताजै रहेको छ ।बलिथुमका विभिन्न शाखा मोटरबाटो खोल्ने क्रममा नेटा, साल्धारा, टापू हुँदै रैनादी जोड्ने मोटर बाटो अन्तर्गत साबिकको वडा नं.-१,टापूमा उक्त सदियौं पुरानो ढुंगेकोल भेटिएको थियो । तर भेटिएको वर्षौं बितिसक्दा पनि बेवास्ताका कारण बाटोमै अलपत्र परेको थियोे । दशकौं देखि बेवारिसे बनेको उक्त कोलको २०७६ सालमा वड...
शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देहीको बुटवल उपमहानगर वार्ड नं ८ सुक्खानगरमा अवस्थित शुभ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न सधारणसभामा बोल्दै बुटवल उपमहानगरका सहकारी शाखा प्रमुख,अधिकृत गुणाखर खानालले अहिले विभिन्न स्थानमा सहकारीमा विकृति देखिएता पनि बुटवल उपमहानगरपालिका मातहतमा चलेका १ सय ३३ सहकारीको अवस्था राम्रो रहेको बताए । उनले संघ र प्रदेश मातहतका सहकारीहरूमा विकृति बढी देखिएको बताए । उक्त सहकारी साने भएता पनि वचत र लगानिका हिसावले उत्कृष्ट रहेकाेमा सञ्चालक तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिए। उनले सहकारीमा सदस्यता लिँदा आगन्तुकहरू सञ्चालक नभएको स्थानीयहरू नै सञ्चालक रहेको सहकारीमा बुझेर मात्र सदस्यता लिन आग्रह गरे। उनले सहकारी राम्रो बनाउन सदस्यहरु व्यवस्थापन र सञ्चालक...