मानव अधिकार तथा शान्ति समाजले विविध कार्यक्रम गरी मनायो स्थापना दिवस


बुटवल

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले सोमबार २९औ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ।

समाजले वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा आमनागरिकको आधारभूत अधिकार हुन् भन्ने विषयमा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ भने सन्ध्याकालीन समयमा दीप प्रज्वलन गरी शान्तिपूर्ण समाजको कामना गरेको छ।

सोमबार साँझ रूपन्देहीको तिलोत्तमा योगीकुटीमा अधिकारकर्मीहरूले सञ्चारकर्मीको साथमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्।

शान्ति समाज रूपन्देहीका अध्यक्ष अर्जुन ज्ञवाली [अर्जुन-दृष्टि]को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले आम नागरिकको मानव अधिकारको पूर्ण उपयोग हुन सकेमा मात्र समाजमा शान्ति स्थापना हुने हुनाले समाजमा रहेको विभिन्न विकृति हटाई शान्ति स्थापना गर्ने अभियानमा सबै लाग्न आवश्यक रहेको बताए। खनालले सोही उद्देश्य पूरा गर्न स्थापना भएको २९औ वर्षमा चाहे जति सफलता हासिल हुन नसकेको र अभियान आम नागरिकको भएकोले सबै आआफ्नो स्थानबाट लाग्न आवश्यक रहेको बताए।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेल ,पत्रकार महासङ्घ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे ,महासङ्घका प्रदेश उपाध्यक्ष मिना ढकाल ,वरिष्ठ पत्रकार हरिश ढकाल , महेन्द्र थापा,प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपाल ,प्रेस चौतारी रुपन्देहीका अध्यक्ष भगवती पाण्डे, समाजवादी प्रेस संगठन रूपन्देहीका अध्यक्ष बिनोद परियार, शान्ति समाज रुपन्देहीका उपाध्यक्ष कृष्ण पाण्डेलगायतले बोल्दै मानव अधिकार प्रत्याभूति हुन सकेमा मात्र समाजमा शान्ति स्थापना हुने हुनाले यो अभियानमा सबैको साथ रहने भन्दै आगामी समयमा अझै सशक्त रुपमा अगाडि बढ्न आवश्यक रहेको धारणा राखेका थिए।

छुटाउनुभयो कि ?

चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...
सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...