भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा प्रशासनले लगायो ताला


भैरहवा

भैरहवामा सञ्चालित अवैध स्वास्थ्य संस्थामा बुधबार अनुगमन टोलीले ताला लगाएको छ । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले दर्ताविनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्थालाई बन्द गराएको हो । अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जानकारी दिए ।

अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए । ‘दर्ताविनै गैरकानूनी रुपमा स्वास्थ्य संस्था संचालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उनले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैरकानूनी रुपमा संचालिन रहेको पाइएको छ । कतिपय क्लिनिकले विरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो, त्यस्तालाई तत्कालका लागि बन्द गरेका छौं ।’

रानाले दर्ता गरी मापदण्ड पूरा गरेर संचालन गर्न निर्देशन समेत दिइएको जनाए । अनुगमन समितिले बन्द गरेका अधिकांश क्लिनिक फार्मेसीसँगै सञ्चालित थिए । फार्मेसी सञ्चालनको अनुमती लिए पनि क्लिनिक संचालनको अनुमती नलिएको पाइएपछि बन्द गरिएको हो । बन्द गरिएका क्लिनिकहरुमा सिद्धार्थनगरमा संचालित शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसीमा संचालित क्लिनिक, होमटाउन फार्मेसीमा संचालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा संचालित क्लिनिक, नेपाल चम्सा पसलमा संचालित क्लिनिक छन् । यस्तै, जिविका मेडिकल प्रालिमा संचालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक छन् । यस्तै, लुम्बिनी प्थालोजी र न्यु ओम प्याथोलोजी ल्याब पनि बन्द गरिएको छ । बन्द गरिएका क्लिनिक र ल्याबहरु सिद्धार्थनगर १२, १३ र वडा नम्बर ७ का हुन् । यी मध्ये दर्ता नभएका र मापदण्ड नपुगेका अधिकांश भैरहवास्थित जिल्ला अस्पताल भीम अस्पताल आसपासका छन् ।

अनुगमनका क्रममा यी स्वास्थ्य संस्था मध्ये केहीले स्वास्थ्य कार्यालय, रुपन्देही र केहीले सिद्धार्थनगर नगरपालिकाबाट अनुमती नै नलिइ संचालनमा रहेको पाइएको स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताए । यी संस्थालाई तत्काल दर्ता प्रक्रियामा जान निर्देशन दिइएको उनले जनाए । संचालन अनुमती नलिँदासम्म यी क्लिनिक र ल्याब संचालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनमा, सिद्धार्थनगर नगरपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी, सिद्धार्थ उद्योग बाणिज्य संघ, भीम अस्पतालका चिकित्सक, उपभोक्ता हीत संरक्षण मंच, औषधि व्यवसायी संघ लगायतका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

अनुगमन समितिले यही आइतबार मात्रै दर्ताविनै संचालित बुटवलका ६ वटा क्लिनिक समेत बन्द गरेको थियो । पाइलैपिच्छे क्लिनिक खोल्ने तर दर्ता र मापदण्ड पूरा नगरी संचालन गर्ने परिपाटी बढीरहेको छ । नियमित र उजुरीका आधारमा अनुगमन गरी त्यस्ता संस्थाहरुलाई कानूनी दायरामा ल्याइने रानाले बताए ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...