मेयर उद्यम तालिमले फेरियाे बुटवलकी ओसिङ थपागुरुङकाे जीवन


बुटवल

बुटवल उपमहानगरले भाैतिक निर्माण संगै मानविय संसाधनकाे विकासमा महत्वपुर्ण काम गरिरहेकाे छ। मानविय संसाधनकाे विकास अन्तर्गत मेयर उद्धम तालिमबाट धेरै नगरवासीहरू रोजगार ,व्यवसायी ,उद्यमी प्रशिक्षक भइसकेका छन्।

जसको सानो एक उदाहरण हुन् बुटवल ३ ज्योतिनगरकी ओसिङ थापागुरुङ। केही गराैं भन्ने चाहना भएको तर अवसर नपाएकी गुरुङ तीन वर्ष पहिला मेयर उद्यममार्फत बुटवल वडा नम्बर ३ को आयोजनामा तालिम सञ्चालन गरिएको हातले बनाएका जुत्ता -चप्पल बनाउने एक हप्ते तालिम लिएकी थिइन्। अहिले प्रशिक्षण सँगै व्यवसाय गरी राम्रो आम्दानी गरिरहेकी छन्।

तालिम प्रशिक्षणबाट मासिक ३ लाख आम्दानी गर्छिन् भने सोही व्यवसायबाट मासिक १ लाख आम्दानी गर्छिन्। उनले तालिम अनलाइन मार्फत देशका विभिन्न जिल्ला धनगढी ,कैलाली, रोल्पा जस्ता विभिन्न क्षेत्रमा १ हजार जनालाई तालिम दिइसकेकी छन्। यसैगरी गुरुङले ५ जनालाई रोजगार समेत दिएकी छन्। आफ्ना उत्पादनहरू अनलाइन डेलिभरी समेत गर्दै आएकी छन्। २९ वर्षीय गुरुङले हाल सियोना लेडिज सिलिपर्स नामक फर्म दर्ता गरी व्यवसाय पनि गर्दै आएकी छन्। भने बुटवल उपमहानगर सँगै देशका अन्य नगर र जिल्लाहरूमा अनलाइन माध्यमद्वारा तालिम दिँदै आएकी छन्। बुटवल ३ ज्योतिनगरमा उनको पसल रहेको छ। कुराकानीमा गुरुङले “काम ,व्यवसाय ,सीप सानो ठूलो हुँदैन। कर्मशील भएर निरन्तर लाग्ने हो भने गर्न सकिन्छ भन्ने मलाई विश्वास छ”। उनले भनिन् मेयर उद्यम तालिमबाट म र म जस्ता धेरै व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन ठूलो सहयोग पुगेकोले मेयर उद्यम प्रभावकारी रहेको छ।

उनै गुरुङको प्रशिक्षणबाट धेरै महिलाहरु उद्यमी बनेको अनुभव उनीसँग छ। उनको तालिम लिएर बुटवल वडा नम्बर ८ सुक्खानगरकी मायाकुमारी थापा पनि व्यवसायी बनेकी छन्। मायाले उनै प्रशिक्षकबाट बुटवल मेयर उद्धम तालिम लिएर हातबाट निर्माण गरिने जुत्ता- चप्पल व्यवसाय सामूहिक रुपमा सुरु गरेकी छन्।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...