पत्रकारकाे क्षमता अभिबृद्दिले पत्रकारिता संगै समाजकाे स्तराेन्नतीमा याेगदान पुर्याउंछ


बुटवल

पत्रकारहरूको क्षमता अभिवृद्धि गरी उत्कृष्ट पत्रकारिताबाट समाजको स्तराेन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले प्रेस चौतारी नेपाल रुपन्देही शाखाले बुटवल उपमहानगरपालिकाको समन्वयमा क्षमता विकास तालिम शुरु गरेको छ।

बुटवलमा जारी दुई दिने तालिमको पहिलो दिन मङ्गलबार उद्घाटन सत्रमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले समग्र बुटवलको विकासका लागि पत्रकारहरूमा थप सशक्त र रचनात्मकता सृजना गरी स्तर उन्नतिमा सहयोग पुग्ने उद्देश्यले आयोजना भएको प्रेस चौतारीको पहले थप टेवा पुग्ने अपेक्षा गरे। पाण्डेले अहिले समाजमा राम्रा पक्षहरूलाई भन्दा नराम्रा पक्षहरूको पछि लाग्ने एक खालको विकृति देखिएकोले यसलाई निरुत्साहित गरी राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनी रचनात्मक आलोचना गर्न आवश्यक रहेको धारणा राखे। उनले उपमहानगरले नगर र नगरवासीलाई सबल बनाउने गरी अगाडि बढेकोले सबैको साथ आवश्यक रहेको बताए। उनले हिजोका दिनहरूको स्मरण गराउँदै परिवर्तनलाई नजर अन्दाज गर्न नहुने र भौतिक विकास र मानवीय संसाधनको विकास भइरहँदा युवा वर्ग गाउँ छाडी सहर र विदेश पलायन बढ्नु दुःखद भएको धारणा राखे। पाण्डेले अन्य व्यक्ति, समाज र देश नभई आफू,आफ्नो समाज र देशलाई कसरी सबल बनाउने भन्नेमा हरेक तहका नागरिक आफ्नो स्थानबाट लाग्नु आवश्यक रहेको बताए।

उपप्रमुख सावित्रा अर्यालले राज्यको चौथो अङ्ग संचार क्षेत्रबाट रचनात्मकता चाहेको र सबै नागरिकका साझा मुद्दा सुशासन र समृद्धिमा हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको बताइन्। उनले पालिकालाई छिमेकी पालिकाहरू, देशका अन्य पालिका र अन्तर्राष्ट्रिय रूपबाट पनि सहकार्य समन्वयबाट अगाडि बढ्न र बढाउन प्रयास गरिरहेको बताइन्।

तालिममा प्रशिक्षण दिँदै पत्रकार महासङ्घ रूपन्देहीका पूर्व अध्यक्षहरू डिआर घिमिरे ,शेरबहादुर केसी तथा पत्रकार सेनानी अर्जुन ज्ञवालीले पत्रकारिता सक्रिय नरहेमा व्यक्ति, समाज र राष्ट्रनै अधोगतिमा जाने हुनाले पत्रकारले क्षमता विकास ,लेख्ने पढ्ने बानीको विस्तार र समाजका हरेक क्षेत्र र तहका समाचार खोजी गर्ने र प्रसारण गर्न जागरुक हुनुपर्ने धारणा राख्दै प्रशिक्षण दिएका थिए।

प्रेस चौतारी नेपाल रूपन्देहीका अध्यक्ष भगवती पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्दै प्रेस चौतारीका केन्द्रीय सचिव प्रदिप आचार्य, प्रदेश सञ्चार समन्वय परिषद्का अध्यक्ष मिलन गाहा ,प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष छायाँ पन्थ, सचिव विष्णु घिमिरे लगायतले बोल्दै तालिमबाट क्षमता अभिवृद्धि गरी समाजको स्तर उन्नतिमा थप सहयोग पुग्ने धारणा राखेका थिए। तालिम बुधबार सम्पन्न हुनेछ।

छुटाउनुभयो कि ?

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

बुटवललुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर...
भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

काठमाडौँभोटेकोशी नदीमा ठूलो मानवीय तथा भौतिक क्षति गराउने गरी एकाएक बाढी आउनुको कारण के हो भन्ने अहिले चासोको विषय बनेको छ। ...
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजन...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगि...