लालपुर्जाविहीन जग्गाको नाप जाँच सुरु


बुटवल, २१ जेठ ।

बुटवल उपमहानगरपालिकामा लालपुर्जाविहीन क्षेत्रको जग्गा नाप जाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं. १२ र १३ मा जग्गा नाप जाँच सुरु गरेको हो ।

बुटवलका वडा नम्बर १२ दुर्गा नगर र वडा नम्बर १३ को तारा टोलमा नाप जाँच नभएका जग्गाहरूको नाप जाँचका लागि बुटवल उपमहानगरपालिकाबाट प्राविधिक टोली खटिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले बुटवलका लालपुर्जाविहीन जग्गाहरूको नाप जाँच गरी साउनभित्रै लालपुर्जा वितरण गर्ने गरी नाप जाँच सुरु भएको बताए ।

उनले यसअघि बुटवल ११ मजुवाका ५ वटा टोलमा १ हजार ७ सय ५० घर घडेरीको नाप जाँच सकिएको र त्यसअघि बुटवल ११ प्रगतिनगर १ हजार ७ सय ५२, बुटवल २ पाखापानी, मनकामना टोल, सिर्जनानगरमा ९ सय ५०, बुटवल १४ कैलाशनगर ६५ वटा, बुटवल १४ विनायकपूर १०० जति घर घडेरीको नाप जाँच भइसकेको बताए ।

प्रक्रिया पूरा भएका जग्गाहरूको लालपुर्जा दिने तयारीका साथ बुटवल उपमहानगरपालिका र भूमि समस्या समाधान आयोगले काम गरिरहेको उनले बताए ।भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले बुटवल उपमहानगरपालिकाको क्रियाशीलताका कारण सबैभन्दा सुरुमा बुटवलमा लालपुर्जा वितरण हुने गरी काम भइरहेको बताए । उनले प्रक्रिया पूरा भएका घर घडेरीको लालपुर्जा दिने गरी काम अगाडि बढेको बताए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा उपाध्यायले लालपुर्जाविहीन जग्गाहरूको नाप जाँचमा वडाबाट पूर्ण रूपमा सहजीकरण हुने र कुनै विवाद नगरी नाप जाँच अगाडि बढ्ने बताए ।

छुटाउनुभयो कि ?

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

बुटवललुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर...
भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

काठमाडौँभोटेकोशी नदीमा ठूलो मानवीय तथा भौतिक क्षति गराउने गरी एकाएक बाढी आउनुको कारण के हो भन्ने अहिले चासोको विषय बनेको छ। ...
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजन...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगि...