गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व
बुटवल
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नम्वर ४ ,साविकको बलेटसार गाउँविकास समितिमा स्थायी बसोबास रहेर विभिन्न पेशा व्यवसाय जस्ता कारण रूपन्देहीमा आइ बसोबास गरेका बलेटक्सारेलीहरूको सम्पर्क समाज गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ।समाजको नवौं साधारण सभा तथा पाँचौं अधिवेशनले बुद्धिप्रसाद ज्ञवालीको अध्यक्षतामा १४ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यक्रममा बोल्दै रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर ४ का वडा अध्यक्ष माेतिप्रसाद श्रेष्ठले समाजले बलेटक्सारबाट रूपन्देहीमा आई यहाँको बलेटक्सारेरिहरूको सँगै आफ्नो जन्मस्थानमा विभिन्न सामाजिक कामहरु शिक्षा ,स्वास्थ्य ,पीडामा मलम लगाउने काम गरेकोमा धन्यवाद दिँदै थप रचनात्मक बनोस् भन्ने शुभकामना दिए।श्रेष्ठले रुरुक्षेत्र ४ मा आफू निर्वाचित भएर आइसकेपछि पहिलाका अपुरा योजनाहरू पूरा गर्ने...








