रेसुङ्गामा आजदेखि साउने मेला सुरु

गुल्मी । धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ । साउनभर सञ्चालन हुने मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान र पूजाआजाका लागि दिनहुँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गरेपछि चारधाम जान नपर्ने र रेसुङ्गामा पुगेपछि पुण्य प्राप्ति हुने जनविश्वास छ । महापोखरीमा स्नान गरेपछि आफूले अञ्जानमा गरेका पाप नष्ट हुने धार्मिक विश्वास छ । महापोखरीमा स्नान गरेपछि श्रद्धालुहरू पोखरीदेखि केही माथि रहेको यज्ञशालामा पुगेर मन्दिरको दर्शन गरी पूजाआजा गर्छन् ।

यज्ञशाला मन्दिरमा अखण्डदीप प्रज्वलन भइरहने भएकाले श्रद्धालुहरूले यज्ञमण्डपको विभूति लगाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्छन् । यस उक्त क्षेत्रमा रहेका सिद्धस्थान, विष्णुपादुका, लक्ष्मीनारायण, ऋष्यशृङ्गलगायत धार्मिक क्षेत्रमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस क्षेत्रमा पाल्पा, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ्, प्यूठान, रुपन्देही, नवलपरासीलगायत ठाउँबाट भक्तजन आउने गरेका छन् ।

छुटाउनुभयो कि ?

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका ...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...