लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रिजन १४ का जोनहरुमा प्रि-जोन मिटिङ सम्पन्न


बुटवल

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रिजन१४ का सबै जोन ३०, ३१ र ३२का डिस्ट्रिक्ट गभर्नरको एडभाइजरी कमिटी मिटिङ प्रि-जोन मिटिङ सम्पन्न गरेको छ।

जोन ३० का लागि

८२ असार ३० गते, जोन ३० को प्रि-जोन मिटिङ जोन चेयरपर्सन लायन रितु गुरुङको अध्यक्षतामा दियालो फुड ल्याण्ड, कलिका नगरमा सम्पन्न गरेकाे छ। मिटिङमा एरिया ४ चिफ कोर्डिनेटर लायन प्रबिना घिमिरे तथा रिजन चेयरपर्सन लायन ओम थापाको उपस्थितिमा जोन अन्तर्गतका क्लबहरू एलसीबी मणिउजेश, एलसीबी सिद्धार्थ, एलसी रुपन्देही, एलसी रुपन्देही तुल्सी का अध्यक्ष, उपाध्यक्ष, सचिव ,कोषाध्यक्ष सहभागी भएका थिए। डिस्ट्रिक्टबाट उपलब्ध गराइएका विविध एजेन्डामा छलफल गरी बैठक सम्पन्न गरेकाे छ।

जोन ३१ का लागि

८२ श्रावण ३ गते, जोन ३१ को प्रि-जोन मिटिङ जोन चेयरपर्सन लायन नारायण तिवारीको अध्यक्षतामा अल्फा क्याफे, होराइजन चोकमा सम्पन्न गरेकाे छ। मिटिङमा एरिया ४ का काे चिफ लायन शेष नारायण बस्याल तथा रिजन चेयरपर्सन लायन ओम थापाको उपस्थितिमा जोन अन्तर्गतका क्लबहरू एलसी बुटवल, लायन्स बुटवल, एलसीबी सिद्दबाबा, एलसीबी कालिका का अध्यक्ष, उपाध्यक्ष, सचिव ,कोषाध्यक्ष उपस्थित थिए। बैठकमा डिस्ट्रिक्टबाट पठाइएका एजेन्डा विषयमा व्यापक छलफल गरेकाे थियाे।

जोन ३२ का लागि

८२ श्रावण ४ गते, जोन ३२ को प्रि-जोन मिटिङ जोन चेयरपर्सन लायन उमा कान्ती खत्री “अर्चना”को अध्यक्षतामा अल्फा क्याफे, होराइजन चोकमा सम्पन्न भयो। मिटिङमा एरिया ४ का काे चिफ लायन शेष नारायण बस्याल तथा रिजन चेयरपर्सन लायन ओम थापाको उपस्थितिमा जोन अन्तर्गतका क्लबहरू एलसीबी खस्यौली, एलसी तिलोत्तमा सुर्यमुखी, एलसी लुम्बिनी ब्लड डोनर, एलसी तिलोत्तमा संजीवनी का अध्यक्ष, उपाध्यक्ष, सचिव ,कोषाध्यक्ष सहभागी भएका थिए। बैठकमा डिस्ट्रिक्टबाट उपलब्ध गराइएका एजेन्डामा छलफल गरी बैठक सम्पन्न गरियो।

प्रि-जोन मिटिङमा जोन ग्रुप गठन गर्ने ,शुल्क भुक्तानी गर्ने, रिपोर्टिङ र सेवाका कार्यहरू गर्ने, जोन मिटिङमा अतिथिको रूपमा एरिया चिफ र रिजन चेयरपर्सनलाई निमन्त्रणा गर्ने लगायतका निर्णयहरु गरेकाे छ।

साथै वैठकले आगामि समयकालागि साउन १० गते अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षको स्कुलिङ एरिया ४ को आयोजनामा गर्ने , एरिया ४ को मिटिङ श्रावण १४ गते एरिया ४ को आयोजनामा गर्ने, जोन रिजन वर्कशप श्रावण १७ गते एलएलए को आयोजनामा गर्ने ,रिजन अनुसारको क्लब इन्स्टलेसन कार्यक्रम रिजन १४ को साउन २३ गते गर्ने जानाकारि दिएकाे छ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...