पूर्वानुमान कहिलेकाहीँ नमिल्न पनि सक्छ, तर मौसमी सूचनालाई गम्भीर रुपमा लिनुपर्छ


पानी पर्छ कि पर्दैन भन्ने कुरा माथिल्लो वायुमण्डलमा भइरहेका गतिविधिका आधारमा पूर्वानुमान गरिन्छ । तर त्यहाँको अवस्था कहिलेकाहीँ स्पष्ट नहुने भएकाले पूर्वानुमान कहिले मिल्छ कहिले नमिल्न सक्छ ।

त्यही वायुमण्डलीय गतिविधिको अध्ययनले कतिपय ठाउँको मौसम सटिक रूपमा अनुमान गर्न सकिन्छ भने कतिपय ठाउँमा त्यही आधार अपूरो हुन सक्छ । अहिलेको अवस्थासमेत त्यही हो ।

सटेलाइटबाट प्राप्त विभिन्न सूचनाका आधारमा मौसम पूर्वानुमान गरिन्छ । पूर्वानुमानमा थुप्रै सङ्केत (सूचक) प्रयोग गरिन्छ, जसमध्ये एउटा बादलको अवस्था पनि हो । बादल देखिएपछि त्यहाँ पानी पर्न सक्छ भन्ने अनुमान गरिन्छ । तर बादल देखिए पनि त्यो ठाउँमा वर्षा नहुन पनि सक्छ । त्यसैले पूर्वानुमान अनुमानमै आधारित हुने हुँदा कहिलेकाहीँ फरक पर्न सक्छ ।

मौसम पूर्वानुमान प्रणालीलाई कम विश्वसनीय भन्न मिल्दैन । तर जलवायु परिवर्तनका कारण मौसममा छिटो परिवर्तन हुने क्रम बढेको छ, जसले पूर्वानुमानलाई अझ चुनौतीपूर्ण बनाएको छ ।

विश्वसनीयता बढाउन थप मेहनत आवश्यक देखिन्छ । त्यसका लागि अवलोकन केन्द्रहरू विस्तार गर्नुका साथै मनसुन पूर्वानुमान प्रणालीलाई अझ सशक्त बनाउनु जरुरी छ । तर हाल मौसममा देखिएको अनिश्चितताले यो प्रक्रिया कठिन बनाएको छ ।

नेपालमा सामान्यतः मनसुन पूर्वबाट प्रवेश गरेर पश्चिमतर्फ फैलिने गर्छ । तर यसपालि त्यो ढाँचामा बदलाव देखियो । शुरूमा मनसुनले देशको पूर्वी भू–भागमा केही वर्षा गरायो, तर त्यसपछि पश्चिमतर्फ सर्नुपर्ने क्रममा रोकावट आयो, र केही समय वर्षा नै भएन ।

कहिलेकाहीँ यस्ता घटना अघिल्ला वर्षहरूमा पनि देखिएका छन, जहाँ मनसुन आइपुगे पनि स्थिर भएर रहेको वा सक्रिय हुन समय लागेको अवस्था देखिएको हो ।

मनसुन हरेक वर्ष एउटै ढाँचामा नहुन सक्छ । यो वर्ष पनि शुरुमा पूर्वी भागमा वर्षा भए पनि त्यसपछि अन्य क्षेत्रमा विस्तार हुन केही समय लाग्यो । अहिले पनि अपेक्षित रूपमा वर्षा भइरहेको छैन, जुन पूर्वानुमानसँग मेल खाँदैन ।

यो वर्ष मनसुन सक्रिय हुन बङ्गालको खाडीबाट पर्याप्त जलवाष्पयुक्त हावा नआउँदा अपेक्षित रूपमा वर्षा हुन सकेको छैन । यसले मनसुनी प्रक्रिया नै अनिश्चित देखिएको छ र पर्याप्त वर्षा नहुनुमा यही कारण मुख्य देखिन्छ ।

विशेषगरी पूर्वी तथा मधेश क्षेत्रमा यसको प्रभाव बढी देखिएको छ । अहिलेसम्म अरब सागर र पश्चिमी वायुले प्रभाव पारेको छ, जसका कारण पश्चिमका केही भू–भागमा तुलनात्मक रूपमा बढी वर्षा भएको छ । यद्यपि, मनसुनमा जस्तोसुकै व्यापक र लगातार वर्षा हुनुपर्ने हो, त्यो हुन सकेको छैन । कतिपय ठाउँमा वर्षा भए पनि त्यसले समग्र मनसुनमा उल्लेख्य योगदान गर्न सकेको छैन । यस विषयमा थप अनुसन्धान आवश्यक छ ।

मौसम पूर्वानुमानको उद्देश्य नै समयमै जानकारी दिई जनधनको क्षति हुन नदिनु हो । त्यसैले मौसमसम्बन्धी सूचनालाई हरेकपटक गम्भीर रूपमा लिन जरुरी छ । हरेक सूचना तथ्यपरक हुन्छ र अवलोकनका आधारमा तयार गरिन्छ । एक/दुईवटा सूचना नमिलेको भन्दै सबै पूर्वानुमानप्रति अविश्वास गर्नु वा लापरबाही गर्नु हुँदैन । जनचेतनासाथ सतर्क रहनुपर्छ ।

धेरै समय खडेरी भइरहेकै अवस्थामा पनि अचानक बाढी आउने घटना भएका छन् । यस्तो परिस्थितिमा प्राप्त सूचनालाई गम्भीरतापूर्वक लिनु अत्यन्त आवश्यक छ ।

(जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलसँगको कुराकानीमा आधारित ।)

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...