गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व


बुटवल

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नम्वर ४ ,साविकको बलेटसार गाउँविकास समितिमा स्थायी बसोबास रहेर विभिन्न पेशा व्यवसाय जस्ता कारण रूपन्देहीमा आइ बसोबास गरेका बलेटक्सारेलीहरूको सम्पर्क समाज गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ।
समाजको नवौं साधारण सभा तथा पाँचौं अधिवेशनले बुद्धिप्रसाद ज्ञवालीको अध्यक्षतामा १४ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यक्रममा बोल्दै रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर ४ का वडा अध्यक्ष माेतिप्रसाद श्रेष्ठले समाजले बलेटक्सारबाट रूपन्देहीमा आई यहाँको बलेटक्सारेरिहरूको सँगै आफ्नो जन्मस्थानमा विभिन्न सामाजिक कामहरु शिक्षा ,स्वास्थ्य ,पीडामा मलम लगाउने काम गरेकोमा धन्यवाद दिँदै थप रचनात्मक बनोस् भन्ने शुभकामना दिए।
श्रेष्ठले रुरुक्षेत्र ४ मा आफू निर्वाचित भएर आइसकेपछि पहिलाका अपुरा योजनाहरू पूरा गर्नेदेखि स्वास्थ्य, शिक्षा ,सडक, रोजगार ,कृषि ,असायहरूलाई सहयोग जस्ता प्रशस्त कामहरू भएको बताए।
उनले भौतिक पूर्वाधार र मानवीय संसाधनका क्षेत्रमा धेरै कामहरू भएको बताए।

श्रेष्ठले अहिले राष्ट्रिय स्तरमा पुगेको रुरुक्षेत्र गाउँपालिकाको विवादका विषयमा बोल्दै रुरुक्षेत्रबासी सधैँ सुशासन र समृद्धिको पक्षमा रहेकोले जुन विद्यालयका स्मार्टबोर्ड खरिद प्रक्रियामै पालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत समेत रकम अवचलन गर्ने वैमनस्यता रहेको आफूहरुले नागरिकबाट जानकारी पाई नियाल्दै जाँदा रकम अवचलन गर्ने मनसायले भएको पाएर २५ जना जनप्रतिनिधि सहित नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटीले समेत विरोध गर्दै आएको बताए।

श्रेष्ठले सराेकारवाला सबैले सत्य तथ्य बाहिर ल्याई दोषीलाई कारबाहीको दायरामा ल्याई सुशासन कायम गर्न सहयोग गर्नुपर्ने धारणा राखे।
साथै दोषीलाई कारबाही नहुँदासम्म विरोध जारी राख्ने बताए।
समाजका अध्यक्ष कपिल ज्ञवालीले कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै केही कामहरू भएको र चाहेजति हुन नसकेको र आगामी नेतृत्वले थप सक्रिय भएर काम गर्नेमा विश्वस्त रहेको बताए।

समाजका संस्थापक अध्यक्ष नारायण ज्ञवालीले समाजको स्थापना कालमा जसरी सबै नागरिक जागरुक हुनुहुन्थ्यो, त्यसैगरी समाजलाई जीवन्तता दिन निरन्तर लाग्न आवश्यक रहेको धारणा राखे।

संस्थाका पूर्व अध्यक्ष हेम थापाले समाजको नेतृत्वमा आउने व्यक्तिहरूले संस्थालाई जुझारु बनाई रुपन्देही सँगै बलेटक्सारेलीका सुख -दुःखमा हातेमालो गर्न जागरुक हुन सुल्झ्याए।

आजीवन सदस्यहरू, नयाँ सदस्यहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको कार्यक्रममा समाजका सल्लाहकारहरू लक्ष्मण ज्ञवाली, गाेविन्द खड्का र पुष्कर पन्त ,समाजका वरिष्ठ उपाध्यक्ष बुद्धिप्रसाद ज्ञवाली ,सचिव डिल्लीराज गौतम लगायतले बोल्दै नवनिर्वाचित कार्य समितिले सशक्त भूमिका खेल्नेमा विश्वस्त रहेको धारणा राखेका थिए।

अधिवेशनले बुद्धिप्रसाद ज्ञवालीको अध्यक्षतामा १४ सदस्यिय कार्यसमिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद ज्ञवाली, उपाध्यक्षमा गिरिराज पन्त,महिला उपाध्यक्षमा लक्ष्मी ज्ञवाली ,सचिवमा वरुण ज्ञवाली ,सहसचिवमा नारायणप्रसाद गौतम ,कोषाध्यक्षमा सूर्यप्रसाद ज्ञवाली तथा सदस्यहरूमा हरिप्रसाद गौतम ,सन्तोष ज्ञवाली ,रामप्रसाद ज्ञवाली ,कमला पन्त ,सीता न्यौपाने ,किरण ज्ञवाली ,चेतनारायण आचार्य निर्वाचित भएका छन् ।

छुटाउनुभयो कि ?

नेपालको द्वन्द्व र समाधान

नेपालको द्वन्द्व र समाधान

श्रीराम ज्ञवालीअहिले विश्व भूराजनीति नै द्वन्दग्रस्त छ। अधिकांश देशहरुले पुँजीवादको सिद्धान्त अवलम्बन गरेका छन् भने केही समाज...
बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

काठमाडौंझण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू संघीय मामिला तथा सामान्य प्रशासन मन...
लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

बुटवललुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको स...
गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

बुटवलगर्भपतन गराउने क्रममा बुटवलमा पाल्पाकी एक महिलाको ज्यान गएपछि स्वास्थ्य क्षेत्रमा कति सम्म लापर्वाही हुन्छ भन्ने देखाएको...