संस्थापक थैवको जन्मदिन उत्सवको रूपमा मनाए, विद्युतीय व्यवसायी


रुपन्देही

रूपन्देही विद्युतीय व्यवसायी सङ्घका संस्थापक अध्यक्ष अनन्तमान थैवको जन्मदिन विद्युतीय व्यवसायीहरूले उत्सवको रुपमा मनाएका छन्।वि. सं. २०६७ सालमा १५ वर्ष अगाडि विद्युतीय व्यवसायीहरूलाई एकताबद्ध गरेर सङ्घको स्थापना गरी सबै व्यवसायीहरूका समस्या समाधान, आर्थिक एवं सामाजिक वृद्धि विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले उत्सवको दिन रहेको बताएका हुन्।

बुधबार बुटवलमा आयाेजित कार्यक्रममा बोल्दै थैबले तत्कालीन समयमा अन्य सानो लगानीका व्यवसाय गर्नेहरूलाई साहुजी भन्ने प्रचलन तर विद्युतीय व्यवसायीहरूलाई लाखौं लगानी गर्दा पनि हेर्ने दृष्टिकोण संकीर्ण रहेको स्मरण गर्दै अहिले केन्द्र, प्रदेश, जिल्लासँगै नगर -नगरमा व्यवसायी एकताबद्ध भएकोमा गर्व लागेको बताए।

५७ वर्ष प्रवेश गरेका थैवले आफ्नो योगदानको सम्मान गर्दै रूपन्देही विद्युतीय व्यवसायी सङ्घले जन्मदिन विशेष बनाएकोमा धन्यवाद दिँदै संघको थप प्रगति देख्न चाहेको बताए।

शुभकामना दिँदै रुपन्देही विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष शान्ताराज खरालले थैवको पहल कदमले १५ वर्षमा आइपुग्दा संघको तिलोत्तमा भलबारीमा रहेको सचिवालयमा सामाजिक कामको लागि क्रियापुत्री भवन समेत निर्माण गरी सुचारु भएकोमा गर्व लागेको बताउँदै संस्थापक सँगै सबै पूर्व अध्यक्षहरुलाई धन्यवाद दिए।

विद्युतीय व्यवसायी महासङ्घका कोषाध्यक्ष एवं रूपन्देहीका पूर्व अध्यक्ष प्रकाशचन्द्र पाण्डेले थैवको जन्मदिन संस्थाकै महत्वपूर्ण दिनको रुपमा स्मरण गरेको बताए। पाण्डेले विद्युतीय व्यवसायीका दुखसुखमा एकताबद्ध हुँदै अहिले आफ्नै सचिवालय र क्रियापुत्री भवन समेत सुचारु भएकोमा गर्व लागेको भन्दै थैवकै योगदान रहेको चर्चा गरे। विद्युतीय व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका संयोजक एवं पूर्व अध्यक्ष लोकनाथ पोखरेलले थैवले जसरी प्रदेश महासंघलाई पनि प्रभावकारी बनाउन लागेको र सबै संघमा आबद्ध व्यवसायीहरूको साथ र समर्थनको अपेक्षा गरेको बताए।

शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह ,प्रथम उपाध्यक्ष सूर्य कुँवर ,द्वितीय उपाध्यक्ष भिमलाल अधिकारी ,महासचिव विष्णु भण्डारी ,कोषाध्यक्ष अनिल सुजन कुँवर ,सचिव रमा थापा क्षेत्री लगायतले बोल्दै संस्थापकको योगदानको चर्चा गर्दै थैवकै मार्गदर्शनमा संघलाई थप मजबुत बनाउन लाग्नुपर्ने धारणा राखेका थिए।

रूपन्देही जिल्ला संघमा संस्थापक अध्यक्ष अनन्तमान थैवसँगै नारायणबाबु बस्नेत ,सन्दीप कसौधन ,प्रकाशचन्द्र पाण्डे ,हरिहर ज्ञवाली ,लोकनाथ पोखरेल र वर्तमान अध्यक्ष शान्ताराज खरालले नेतृत्व गरिरहेका छन् ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...