कान्ति माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखिकरण तथा स्वागत


बुटवल
बुटवलको कान्ति माध्यमिक विद्यालय कक्षा ११ मा विभिन्न विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुका लागि शुक्रबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे सभाहलमा अभिमूखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिकाे मनतव्य राख्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधब बन्जाडेले देशमै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा स्थापित कान्ति मा वि का विद्यार्थी , शिक्षक र अभिभावक देशका अन्य विद्यालयका लागि प्रेरणाको स्राेत बन्नुपर्ने बताए । विगतका वर्षको तुलनामा याे वर्ष माध्यमिक शिक्षा परिक्षामा रुपन्देहीको शैक्षिक उपलब्धिमा उल्लेख्य सुधार हुनुमा यहाँका सामुदायिक विद्यालयकाे शैक्षिक प्रशासन , शिक्षक, विद्यार्थी र अभिभावककाे महत्त्वपूर्ण भुमिका रहेकाे बताए ।
कार्यक्रममा बाेल्दै विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष जीवन प्रसाद ओझाले विद्यालयकाे उच्चस्तरीय सफलतामा शिक्षक विद्यार्थी र अभिभावक मुख्य जिम्मेवार रहेकोले आगामी दिनहरुमा विद्यालयले शैक्षिक उत्कृष्टताका लागि मात्रै नभई बुटवल माेफसलकाे मात्रै नभई देशकाे शैक्षिक हब बनाउने गरि अगाडि बढ्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि प्राधानाध्यापक गाेविन्द ज्ञवालीले नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालयका विशेषता , उपलब्धि , आचारसंहिता र १९ ओैँ ब्याचबाट गरिएका अपेक्षाका बारेमा स्पष्टता पारेका थिए ।
त्यसैगरी कक्षा ११/१२ विज्ञान समुहका ईन्चार्ज माेहन भट्टराईले विद्यार्थीहरुलाई शुभकामना मनतव्य राख्दै देशका ४० जिल्लाका १ हजार १सय ९६ विद्यार्थी याे वर्ष कक्षा ११ मा भर्ना भएको र सामुदायिक विद्यालयमा देशभरमै सबैभन्दा धेरै विज्ञान विषयमा विद्यार्थी भर्ना भएकाे बताए ।
नवआगन्तुक विद्यार्थीका तर्फबाट विद्यार्थी एलिजा पाेखरेलले आफुले खाेजेकाे युग सापेक्ष शिक्षा र सहजीकरण कान्ति मा विले प्रदान गर्ने विश्वासका साथ विद्यालयमा भर्ना भएको बताईन ।
कार्यक्रममा विद्यालयका संरक्षक बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पाैडेल , स्थानीय जनप्रतिनिधि , विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरु , शिक्षक तथा कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे । साे अवसरमा २०८२ साल जेठमा सञ्चालित कक्षा ११ काे वार्षिक परिक्षामा उत्कृष्ट नतिजा हाशिल गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियाे ।
कार्यक्रममा जीवन , दर्शन र अनुशासन एवम् विद्यार्थीका जिम्मेवारीका बारेमा सफल कार्यक्रम उद्घाेषक गाेपाल प्रसाद अधिकारीले विद्यार्थीलाई उत्प्रेरणामुलक प्रशिक्षणले अभिमूखिकरण गरेका थिए भने कार्यक्रम कक्षा १२ का विद्यार्थी आकृत के सी काे अध्यक्षता , अनिल पाैडेल र अंशु घर्तीकाे सञ्चालन एवम् अनुष्का न्याैपानेकाे स्वागत मनतव्यमा सञ्चालन भएको थियाे ।

छुटाउनुभयो कि ?

त्रिविको वार्षिकोत्सवमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

त्रिविको वार्षिकोत्सवमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

काठमान्डौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७औँ वार्षिक दिवस कार्यक्रमस्थलबाहिर सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद म...
पुनर्जागरणबाट पुष्पलाललाई न्याय मिल्ने र भावी कार्यदिशा तय गर्नु पर्नेमा कम्युनिस्टहरुको जोड

पुनर्जागरणबाट पुष्पलाललाई न्याय मिल्ने र भावी कार्यदिशा तय गर्नु पर्नेमा कम्युनिस्टहरुको जोड

बुटवलनेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवसमा वोल्ने वक्ताहरुले पुष्पलालको त्याग,समर्पण र उच...
पुष्पलाल र उनको योगदान

पुष्पलाल र उनको योगदान

बुटवलपुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको धरोहर र एउटा क्रन्तिकारी योद्धा थिए । नेपाली कांग्रेसबाट र...
यि हुन् मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यि हुन् मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

काठमाडौंबुधबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएकाे छ । मन्त्रिपरिषद्को बैठकले गणेश नेपाली घटनाः आत्मदाह ...