कपिलवस्तुमा अनाथ बालबालिकालाई खाद्यान्न बितरण


कपिलवस्तु, साउन ७— शहीद मनोज-भुपेन्द्र-सुरेन्द्र स्मृति दिवस २०८२ को अवसरमा कपिलवस्तुको तौलिहवामा रहेको बालमन्दिरका ३० जना अनाथ बालबालिकालाई लक्षित गर्दै खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा बुधबार भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा कपिलवस्तु इञ्चार्ज प्रकाश गौतम प्रमुख अतिथि रहनुभएको थियो भने अध्यक्षता जिल्ला अध्यक्ष केशवराज मरासिनीले गर्नुभएको थियो।

विशेष अतिथिको रूपमा बालमन्दिरका अध्यक्ष गोपालमणि ज्ञवाली, पेशागत महासंघ कपिलवस्तु अध्यक्ष बाबुराम शर्मा, राष्ट्र सेवक सहकारीका अध्यक्ष सन्तोष थापा, पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक रामचन्द्र अर्याल, र कर्मचारी श्यामसुन्दर चौधरीको जोडिले आर्थिक सहयोग गर्नु भएको कार्यक्रमको संचालन संगठनका सचिव दिपक पाण्डेले गर्नुभएको थियो।

मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि प्रकाश गौतमले कर्मचारीका समस्या, संघीय संरचना अनुसारको जिम्मेवारी, ऐन र समसामयिक विषयवस्तुमा प्रकाश पार्दै यस्तो सहयोगले समाजमा सकारात्मक ऊर्जा र एकता सन्देश दिन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो।

बालमन्दिर अध्यक्ष गोपालमणि ज्ञवालीले संस्थामा रहेका ३० अनाथ बालबालिकाका लागि शिक्षादेखि संरक्षणसम्मका प्रयासबारे जानकारी दिँदै यस्ता सहयोग कार्यक्रमले ठूलो सहारा मिलेको बताउनुभयो।

पेशागत महासंघ अध्यक्ष बाबुराम शर्माले संघको उद्देश्य र कर्मचारी हितका विषयमा धारणा राख्नुभयो भने सहकारी अध्यक्ष सन्तोष थापाले राष्ट्र सेवक सहकारीको सामाजिक उत्तरदायित्व र भूमिका प्रष्ट पार्नुभयो।

सल्लाहकार संयोजक रामचन्द्र अर्यालले विगतदेखि संगठनद्वारा सञ्चालित यस्ता सामाजिक सेवामूलक कार्यको समीक्षा गर्दै भविष्यमा थप प्रभावकारी रूपमा अगाडि बढ्न सुझाव दिनुभयो।

कार्यक्रममा खाद्यान्न सहयोग उपलब्ध गराउनेलाई सम्मान गरिएको थियो भने प्रमुख अतिथिलाई खादा ओढाएर स्वागत गरियो।

कार्यक्रमपश्चात बसेको संगठन बैठकमा सदस्य नविकरण, नयाँ सदस्यता थप, उपहार चिठ्ठा योजना, तथा आगामी साउन १७ गते कपिलवस्तुमा आयोजना हुने प्रदेश समिति बैठक लगायतका विषयमा छलफल गरिएको थियो।

छुटाउनुभयो कि ?

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

बुटवललुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्न...
एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

बुटवलमोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको ...
तिहार र छठ पर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल

तिहार र छठ पर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल

बुटवलरुपन्देहीको बुटवल उपमहानगरपालिकाले आउँदै गरेका नेपालीहरूको महान् पर्वहरू शुभ दीपावली (तिहार) तथा छठ पर्व २०८३ को अवसरमा ...
एनपिएलः काठमाडौंले  जनकपुरलाई दियो ११६ रनको लक्ष्य

एनपिएलः काठमाडौंले जनकपुरलाई दियो ११६ रनको लक्ष्य

बुटवलतेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाज आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ११५ रनमै समेटिए...