कपिलवस्तुमा अनाथ बालबालिकालाई खाद्यान्न बितरण


कपिलवस्तु, साउन ७— शहीद मनोज-भुपेन्द्र-सुरेन्द्र स्मृति दिवस २०८२ को अवसरमा कपिलवस्तुको तौलिहवामा रहेको बालमन्दिरका ३० जना अनाथ बालबालिकालाई लक्षित गर्दै खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा बुधबार भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा कपिलवस्तु इञ्चार्ज प्रकाश गौतम प्रमुख अतिथि रहनुभएको थियो भने अध्यक्षता जिल्ला अध्यक्ष केशवराज मरासिनीले गर्नुभएको थियो।

विशेष अतिथिको रूपमा बालमन्दिरका अध्यक्ष गोपालमणि ज्ञवाली, पेशागत महासंघ कपिलवस्तु अध्यक्ष बाबुराम शर्मा, राष्ट्र सेवक सहकारीका अध्यक्ष सन्तोष थापा, पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक रामचन्द्र अर्याल, र कर्मचारी श्यामसुन्दर चौधरीको जोडिले आर्थिक सहयोग गर्नु भएको कार्यक्रमको संचालन संगठनका सचिव दिपक पाण्डेले गर्नुभएको थियो।

मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि प्रकाश गौतमले कर्मचारीका समस्या, संघीय संरचना अनुसारको जिम्मेवारी, ऐन र समसामयिक विषयवस्तुमा प्रकाश पार्दै यस्तो सहयोगले समाजमा सकारात्मक ऊर्जा र एकता सन्देश दिन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो।

बालमन्दिर अध्यक्ष गोपालमणि ज्ञवालीले संस्थामा रहेका ३० अनाथ बालबालिकाका लागि शिक्षादेखि संरक्षणसम्मका प्रयासबारे जानकारी दिँदै यस्ता सहयोग कार्यक्रमले ठूलो सहारा मिलेको बताउनुभयो।

पेशागत महासंघ अध्यक्ष बाबुराम शर्माले संघको उद्देश्य र कर्मचारी हितका विषयमा धारणा राख्नुभयो भने सहकारी अध्यक्ष सन्तोष थापाले राष्ट्र सेवक सहकारीको सामाजिक उत्तरदायित्व र भूमिका प्रष्ट पार्नुभयो।

सल्लाहकार संयोजक रामचन्द्र अर्यालले विगतदेखि संगठनद्वारा सञ्चालित यस्ता सामाजिक सेवामूलक कार्यको समीक्षा गर्दै भविष्यमा थप प्रभावकारी रूपमा अगाडि बढ्न सुझाव दिनुभयो।

कार्यक्रममा खाद्यान्न सहयोग उपलब्ध गराउनेलाई सम्मान गरिएको थियो भने प्रमुख अतिथिलाई खादा ओढाएर स्वागत गरियो।

कार्यक्रमपश्चात बसेको संगठन बैठकमा सदस्य नविकरण, नयाँ सदस्यता थप, उपहार चिठ्ठा योजना, तथा आगामी साउन १७ गते कपिलवस्तुमा आयोजना हुने प्रदेश समिति बैठक लगायतका विषयमा छलफल गरिएको थियो।

छुटाउनुभयो कि ?

सरकारको दाबी: अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द

सरकारको दाबी: अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द

काठमाडौंनेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाखभन्दा बढी वेबसाइ...
मौसम पूर्वानुमान: केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँदेशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान मह...
त्रिविको वार्षिकोत्सवमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

त्रिविको वार्षिकोत्सवमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

काठमान्डौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७औँ वार्षिक दिवस कार्यक्रमस्थलबाहिर सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद म...
पुनर्जागरणबाट पुष्पलाललाई न्याय मिल्ने र भावी कार्यदिशा तय गर्नु पर्नेमा कम्युनिस्टहरुको जोड

पुनर्जागरणबाट पुष्पलाललाई न्याय मिल्ने र भावी कार्यदिशा तय गर्नु पर्नेमा कम्युनिस्टहरुको जोड

बुटवलनेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवसमा वोल्ने वक्ताहरुले पुष्पलालको त्याग,समर्पण र उच...