रुरुक्षेत्र गाउँपालिकामा ताला तोडिएको विषयमा नेकपा एमालेको आपत्ति, स्मार्टबोर्ड खरिदमा अनियमितताको आरोप


गुल्मी, १९ साउन गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा स्मार्टबोर्ड खरिद प्रकरणमा अनियमितता भएको भन्दै नेकपा एमालेले आन्दोलन चर्काएको छ। गत असार ३० गते एमाले रुरु गाउँ कमिटीले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला शुक्रबार अपराह्न जिल्लास्थित सुरक्षा समितिको पहलमा तोडिएकोप्रति एमालेले कडा आपत्ति जनाएको छ।
पार्टीको रुरु गाउँ कमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीले जारी गरेको विज्ञप्तिमा प्रशासनको आडमा जबरजस्ती ताला तोडिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। “वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्नेमा बल प्रयोग गरिनुले समस्या झनै चर्किने देखिन्छ,” विज्ञप्तिमा भनिएको छ। एमालेले गत असार ३० गते उपाध्यक्ष मीनादेवी गौतमसहित २८ जना जनप्रतिनिधिले बुझाएको ज्ञापनपत्रअनुसार स्मार्टबोर्ड खरिदमा भएकोअनियमितताको छानबिन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।
यता, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य कपुर घिमिरेले पनि गाउँपालिकामा भएको “प्रशासनिक गुण्डागर्दी” को कडा निन्दा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रशासनले अनियमिततालाई ढाकछोप गर्न खोजेको र झडप निम्त्याउने प्रयास गरेको आरोप लगाएका छन्। “यदि प्रशासनले गुण्डागर्दी शैली अपनाउँछ भने राष्ट्रिय युवा संघ नेपाल शक्तिशाली ढंगले उभिनेछ,” घिमिरेले भने। उनले रुरु गाउँ कमिटीलाई पार्टीको रक्षाका लागि दृढतापूर्वक अघि बढ्न र प्रशासनको गलत शैलीलाई रोक्न जस्तोसुकै मूल्य चुकाउन तयार रहन निर्देशन दिएका छन्।


स्मार्टबोर्ड खरिदमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अनियमितता लुकाउन खोजेको एमालेको आरोप छ। यो प्रकरणलाई लिएर सामाजिक सञ्जालमा पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन्। स्थानीय स्तरमा यो विषयले निकै चर्चा पाएको छ भने एमालेले छानबिनको माग गर्दै थप आन्दोलनको तयारी गरिरहेको छ

छुटाउनुभयो कि ?

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

काठमाडौँ सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले ...
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौंमन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज (बिहीबार) बसेको बैठकले संयुक्त रा...
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

काठमाडौंनेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ ह...
तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै

२५ भदौ, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित सम...