स्थानीय

अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकको दोस्रो संस्करणबारे बुटवलमा छलफल सम्पन्न

अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकको दोस्रो संस्करणबारे बुटवलमा छलफल सम्पन्न

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजनामा अर्थशास्त्री मनिकर कार्की लिखित ‘अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकको दोस्रो संस्करणबारे सोमबार बुटवलमा आयोजित परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. बावुराम ज्ञवालीले पुस्तकका विषयवस्तु सहज र सबै पाठकले बुझ्ने ढंगले प्रस्तुत गरिएको बताउँदै देशको विकासका लागि निजी क्षेत्रको मनोबल सुदृढ गर्नु अनिवार्य रहेको उल्लेख गरे। उनले नीति निर्माताहरूले यो पुस्तक अध्ययन गरेर व्यावहारिक नीति निर्माणमा सहयोग लिन सक्ने सुझाव पनि दिए। नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नेपाली अर्थतन्त्रका चुनौतीहरूको समाधानका लागि आयातित अवधारणाभन्दा मौलिक विचार र मोडेललाई प्राथमिकता दिनुपर्ने बताए। उनले पुस्तक नेपाली अर्थतन्त्रलाई बुझ्न सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने विश...
रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीमा देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । तिहार सुरु भएपछि खेलिने देउसी–भैलोको क्रममा मादक पदार्थ सेवन (मापसे) गरेको पाइएमा कानून अनुसार कारबाही गरिने भएको हो ।रुपन्देही जिल्ला सुरक्षा समितिको बैठकले तिहारमा सम्भावित अपराध र अवाञ्छित गतिविधि नियन्त्रणका लागि देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न पाउने निर्णय गरेको हो । साथै, सहभागीहरूले मादक पदार्थ सेवन गर्न नपाउने पनि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिए ।उनका अनुसार तिहारमा शान्ति–सुरक्षा कायम गर्न र सामाजिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । “चाडपर्वमा हुने भीडभाडका कारण कुनै अप्रिय घटना नहोस् भन्ने हाम्रो प्राथमिकता हो,” उनले भने । जेन–जेड आन्दोलनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै समाजमा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले रु...
राजनीतिक स्थिरता र लगानी सुरक्षा माग्दै उद्योगी व्यवसायी

राजनीतिक स्थिरता र लगानी सुरक्षा माग्दै उद्योगी व्यवसायी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल उद्योगी व्यवसायीहरूले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने र राजनीतिक दलहरू त्यसमा सहभागी हुनुपर्ने आग्रह गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२औं वार्षिक साधारण सभामा उनीहरुले मुलुकमा निरन्तर भइरहेका आन्दोलन र राजनीतिक अस्थिरताले लगानीको वातावरण असुरक्षित बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निजी क्षेत्रको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्थानीय सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको बताए ।उनले जेन–जी आन्दोलनका मुद्दा सान्दर्भिक भए पनि त्यसको आडमा भएका तोडफोड, आगजनी, लुटपाटजस्ता अपराधको विरोध गर्दै संलग्नलाई कारबाही गर्नुपर्ने बताए । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले पनि निजी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएको बताउँदै अपराधमा संलग्नलाई कानुनी...
दुई दशकपछि गुल्मी ट्राफिकको सेवा आफ्नै भवनबाट

दुई दशकपछि गुल्मी ट्राफिकको सेवा आफ्नै भवनबाट

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीजिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले स्थापना भएको दुई दशकपछि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । ट्राफिक प्रहरी कार्यालय २०६३ सालदेखि विभिन्न सरकारी तथा व्यक्तिगत घरहरु भाडामा लिएर बस्दै आएकाे थियो । अहिले बालमन्दिर र बुढाथोकी बसपार्कको बिचमा आफ्नै भवन निर्माण भएपनि असोज १४ बाट कार्यालय सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । रेसुङ्गा नगरपालिका, लुम्बिनी प्रदेश सरकार र सङ्घीय बजेटमार्फत ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भएको हो । तीन तहबाट बजेट व्यावस्थापन गरेर भवन निर्माण गर्दा कामले सोँचे अनुसारको गति लिएको छैन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख ट्राफिक प्रहरी नायब निरीक्षक ज्ञानबहादुर कुँवरका अनुसार अहिले तल्लो भवनको एउटा कोठाबाट कार्यालय सञ्चालनको काम मात्रै भएको छ । भवनको रङ्गरोगन, कम्पाउण्ड र फिनिसिङ्गको काम अझै बाँकी छ । ...
यस्तो छ लुम्बिनी प्रदेशका सडकहरुको अवस्था

यस्तो छ लुम्बिनी प्रदेशका सडकहरुको अवस्था

Breaking news 3, जीवनशैली, ताजा अपडेट, माैसम, शिक्षा, समाचार, स्थानीय
बुटवलमनुसुनी वर्षाका कारण हाल देशका विभिन्न ठाउँमा बाढी पहिरो तथा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बडादसैँ मनाएर नियमित काममा फर्किन खोजेकाहरु सडकको अवस्थाका कारण रोकिनुपर्ने अवस्था सिर्जना भएको छ ।विभिन्न जिल्ला प्रशासन कार्यालयहरु निर्णयनै गरेर सार्वजनिक सवारीका साधन सञ्चालनमा रोक लगाएका छन् भने गृहमन्त्रालयले सूचना जारी गर्दै असोज १८, १९ र २० गते लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहे पनि लुम्बिनी प्रदेशमा भने अवस्था सामान्य रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।कार्यालयको आइतबार विहान ८ बजेको अपडेट अनुसार सबै ठाउँका सडकको अवस्था सामान्य रहेको छ भने सार्वजनिक सवारीका साधनहरु नियमित रुपले सञ्चालन भएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय पाल्पाले शनिबार एक सूचना जारी गर्दै अत्...
मनसुन थप सक्रिय, सोमवारसम्म उच्च सतर्कता अपनाउँ : प्राधिकरण

मनसुन थप सक्रिय, सोमवारसम्म उच्च सतर्कता अपनाउँ : प्राधिकरण

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – मनसुनी वायु थप सक्रिय हुँदा गएरातीदेखि देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि वर्षा गराउने प्रणाली थप सक्रिय हुने भन्दै  सोमवार २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमिक रुपमा सर्न थालेका कारण नेपालमा मनसुनी वायु सक्रिय भएको हो । विभागले विशेषगरी बागमती प्रदेशका काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको जनाएको छ । आजदेखि २० गतेसम्म नारायणी, बागमती, कमला, कोशी नदी र यी नदीका सहायक नदीहरुमा पानीको...
मेलमिलाप र  सद्भावको लागि दुर्गा भवानीसँग कामना: राष्ट्रपति  पौडेल

मेलमिलाप र  सद्भावको लागि दुर्गा भवानीसँग कामना: राष्ट्रपति  पौडेल

Breaking news 1, ताजा अपडेट, शिक्षा, स्थानीय
काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा शुभकामना दिनुहुदै देशमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।  सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजयादशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनहरूबाट ग्रहण गर्नाले मानव जातिको कल्याण हुने उहाँको विश्वास छ । विजयादशमीको अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गरेको पनि उहाँले बताउनुभएको छ ।   ...
सन्धिखर्कमा यात्रुवाहक जीप दुर्घटना, दुई बालबालिकाको मृत्यु, २४ घाइते (नाम सहित)

सन्धिखर्कमा यात्रुवाहक जीप दुर्घटना, दुई बालबालिकाको मृत्यु, २४ घाइते (नाम सहित)

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
अर्घाखाँचीबुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको यात्रुबाहक लु १ ज ४७२४ नम्बरको लंका यातायातको क्रुजर फोर्स जीप सोमबार बिहान करिब ३:३० बजे सन्धिखर्क नगरपालिका–९, टारीस्थित सन्धिखर्क–ढोरपाटन सडकखण्डमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पुष्टि गरेको छ। मृतकहरूमा १० वर्षीया अरुणा थापा, मदाने गाउँपालिका–६ पुर्कोटदह र १३ वर्षीय नारायण पौडेल, मदाने गाउँपालिका–७ नेटाखर्क रहेका छन्। दुर्घटनामा परी अन्य २४ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था यस प्रकार छ: गम्भीर: तारा सेन के.सी. (३२), गंगा थापा (३३), संजिता कुवँर (१३), उषा घ.म. (२१) – बुटवल तर्फ रिफर मध्यम: चालक चेतन कुँवर (४२), उषा पुन मगर (२४), लक्ष्मी कुँवर (३३), सृजना कुँवर (१८), सुरेश कुँवर (१६), जगन्नाथ पौडेल (२४), निशा जि.एम. (१९), सिता वि.सी. (३०), ...
जेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिः नेकपाका पोलिटव्युरो सदस्य वसन्त श्रेष्ठ

जेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिः नेकपाका पोलिटव्युरो सदस्य वसन्त श्रेष्ठ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
विनोद खनाल, बुटवलजेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिगरेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन । शनिवार नेकपा रुपन्देहीले आयोजना गरेको 'जेनजि विद्रोह : नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रियाका बक्ताहरुले यसो बताएका हुन । कार्यक्रममा बोल्दै नेकपाका पोलिटव्युरो सदस्य वसन्त श्रेष्ठले जेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिगरेको बताउँदै सबैको साझा पदावली समाजवादका विषयमा छलफल गरी नेपाली विशेषताको समाजवादमा जान सकिने धारणा राखे । उनले भने 'हामीले भन्ने गरेको बैज्ञानिक समाजवाद अहिले साझा मुद्दा  नबन्न सक्छ त्यसैले हामी अहिले सबैलाई मान्य हुने साझा निकाश भनेको नेपाली विशेषताको समाजवादलाई आधार मानेर अगाडि बढाैं ।'जनतामा धेरै आशा जगाएर पूरा गर्न नसक्नुको परिणाम यो परिस्थिति उत्पन्न भएको बताउँदै नेता बसन्तले भने- 'हामी नयाँ पुस्तालाई विश्वस्त पार्न सकेनौ । सन्जाल ह...
अब बुटवल कालिकानगरबाट २० प्रकारका आइसक्रिमको स्वाद लिन सकिने

अब बुटवल कालिकानगरबाट २० प्रकारका आइसक्रिमको स्वाद लिन सकिने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलअन्तर्राष्ट्रिय ब्रान्डको आरजे कर्क कम्पनीको नेपालमा सर्वाधिक बिक्री हुने क्रिमवेल आइसक्रिम केन्द्र बुटवल कालिका नगरमा शुभारम्भ भएको छ। शुक्रबारबाट शुभारम्भ भएको कालिका नगर होराइजनचोक नजिकको उक्त क्रिमवेल आइसक्रिम केन्द्रमा चकलेट ,भेनेला ,स्टबरी लगायत २० प्रकारका आइसक्रिमहरु उपलब्ध छन्। उक्त अन्तर्राष्ट्रिय ब्राण्डको आइसक्रिमले नेपालमै ७० स्थानबाट सेवा दिइरहेको र बुटवल भाटभटेनी अगाडिबाट पनि सेवा दिइरहेको छ।दुधबाट निर्माण गरिएको र शाकाहारी रहेकोले पनि सेवाग्राहीहरूले मन पराउने गरेका छन् । उक्त आइसक्रिम बच्चादेखि वृद्धसम्म सबैले खान सकिने गरी निर्माण गरिएकोले पनि आफ्नो उत्पादन धेरै सेवाग्राहीले रुचाएको कम्पनीका बजार प्रमुख सरोज ज्ञवालीले जानकारी दिए।उनले आफ्नै उत्पादनको कोन भएकाले र गुणस्तरमा महत्व दिएकोले आफ्नो उत्पादन रोजाइमा परेको बताएका छन्। क्रिमवेल आइसक्रिम बिक्री...