जेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिः नेकपाका पोलिटव्युरो सदस्य वसन्त श्रेष्ठ


विनोद खनाल, बुटवल
जेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिगरेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन । शनिवार नेकपा रुपन्देहीले आयोजना गरेको ‘जेनजि विद्रोह : नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रियाका बक्ताहरुले यसो बताएका हुन ।

कार्यक्रममा बोल्दै नेकपाका पोलिटव्युरो सदस्य वसन्त श्रेष्ठले जेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिगरेको बताउँदै सबैको साझा पदावली समाजवादका विषयमा छलफल गरी नेपाली विशेषताको समाजवादमा जान सकिने धारणा राखे । उनले भने ‘हामीले भन्ने गरेको बैज्ञानिक समाजवाद अहिले साझा मुद्दा  नबन्न सक्छ त्यसैले हामी अहिले सबैलाई मान्य हुने साझा निकाश भनेको नेपाली विशेषताको समाजवादलाई आधार मानेर अगाडि बढाैं ।’
जनतामा धेरै आशा जगाएर पूरा गर्न नसक्नुको परिणाम यो परिस्थिति उत्पन्न भएको बताउँदै नेता बसन्तले भने- ‘हामी नयाँ पुस्तालाई विश्वस्त पार्न सकेनौ । सन्जाल हेरेर धारणा निर्माण गर्ने युवा पुस्ताका चाहना सम्बोधन हुन नसक्दा असन्तुष्टि बढ्यो । भ्रष्टाचार , बेथिति , नेपो बेबी जस्ता सवाल उठाएर जेन जिले विद्रोह शुरु गरे । परिपक्व राजनीतिमा प्रधानमन्त्रीको राजिनामा पश्चात आन्दोलन स्थगित हुन्थ्यो त्यो भएन, आन्दोलन झन विध्वंस तिर गयो , सुरक्षा कर्मीको मौनता भित्र सार्वजनिक र निजि सम्पत्तिको क्षति ब्यहोर्नु पर्यो। धेरै आन्दोलन भए तर छाेटाे समयमा यो स्तरको भौतिक क्षती यस पटक भयो । राजनीतिक शुन्यता देखियो ।आन्दोलन पश्चात वार्ता गर्ने कोसङ्ग भन्ने अन्योलता सिर्जना भयो । सेनाको सक्रियता पश्चात पुर्व प्रशासकहरुको नेतृत्वमा सरकार गठन भएको छ । बिस्तारै घटनाक्रमलाई हेर्दा मुलुक भित्र ठुला ठुला षडयन्त्र शुरु भएको देखिन्छ । वैदेशिक चलखेल बढेको छ । संविधान जिवित छ कि छैन भन्ने सवाल उठेको छ  । के शुशिला कार्की प्रधानमन्त्री बन्दा संविधानको कुनै धारा प्रयोग भएको छ त ? परिस्थिति यो हुदैछ भन्ने आकलन नहुनु सिङ्गो राज्य सम्यन्त्र असफल भएकै हो त । प्रधानमन्त्री , नेताहरुलाई सेनाको क्याम्प भित्र लगेर लुकाउनु पर्ने अवस्था कसरी आयो ? यो जेन जि को कुरा मात्रै होइन यो गम्भीर विषय हो ।’
कार्यक्रमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थाई समिति सदस्य प्रेम सुवेदीले नयाँ पुस्ताले राजनीति बुझ्दैनन भन्ने कुरा यो बिद्रोहले खण्डित गरिदिएको भन्दै अहिलेको संकट पुजीवादी संकट भएको र यो विश्वब्यापी संकट हो जसको मुख्य कारण बाह्य भन्दा पनि आन्तरिक कारणभएको बताए ।
यस्ते नेकपा एमालेका नेता भोज प्रसाद श्रेष्ठले जेन जि आन्दोलन एउटा सुधारको आन्दोलन भएपनि आयोजक आफैं अलमलिँदा र बिदेशि चलखेलका कारण देशले ठुलो क्षती ब्योहोर्नुपरेको बताँदै ७० बर्षको इतिहास बिर्सेर अगाडि बढ्न खोजियो भने थप जटिलता निम्तिने कुरा बताए ।
कार्यक्रममा नेकपा माओवादि केन्द्रका नगर अध्यक्ष महेन्द्र भुषाल, नेकपा एकीकृत समाजवादीका नेता कमल भण्डारी, राष्ट्रिय जनमोर्चाका नेता पदम श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नेपाल बार एशोसियन रुपन्देही अध्यक्ष गोबिन्द मरासिनी, बुटवल उद्योग बाणीज्य संघका अध्यक्ष हरी अर्याल, राष्ट्रिय स्वाधीनताकालागी नागरिक अभियानका अध्यक्ष पदम कार्की, जेन जि पुस्ताको तर्फबाट विष्णु राउतले धारणा राख्दै खरानीमा टेकेर कालो बादल नियाल्दै आशाबादी बन्ने नेपाली संस्कृती भएको बताएका थिए।
नेकपाका केन्द्रीय सदस्य शरद ओलीको अध्क्षता, केन्दीय सदस्य बिस्वाश भट्टराईको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी बिरेन्द्र बिकले गरेका थिए ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...