सन्धिखर्कमा यात्रुवाहक जीप दुर्घटना, दुई बालबालिकाको मृत्यु, २४ घाइते (नाम सहित)


अर्घाखाँची
बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको यात्रुबाहक लु १ ज ४७२४ नम्बरको लंका यातायातको क्रुजर फोर्स जीप सोमबार बिहान करिब ३:३० बजे सन्धिखर्क नगरपालिका–९, टारीस्थित सन्धिखर्क–ढोरपाटन सडकखण्डमा दुर्घटनाग्रस्त भएको छ।

दुर्घटनामा दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पुष्टि गरेको छ। मृतकहरूमा १० वर्षीया अरुणा थापा, मदाने गाउँपालिका–६ पुर्कोटदह र १३ वर्षीय नारायण पौडेल, मदाने गाउँपालिका–७ नेटाखर्क रहेका छन्।

दुर्घटनामा परी अन्य २४ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था यस प्रकार छ:

गम्भीर: तारा सेन के.सी. (३२), गंगा थापा (३३), संजिता कुवँर (१३), उषा घ.म. (२१) – बुटवल तर्फ रिफर

मध्यम: चालक चेतन कुँवर (४२), उषा पुन मगर (२४), लक्ष्मी कुँवर (३३), सृजना कुँवर (१८), सुरेश कुँवर (१६), जगन्नाथ पौडेल (२४), निशा जि.एम. (१९), सिता वि.सी. (३०), सन्तोष कुँवर (२०), जेनीसा सेन (२२), वविता जि.सी. (२२), अनिल कुँवर (३१), सुशिला कुँवर (२८)

सामान्य: गौरव थापा (१३), आरिया के.सी. (७), अरिस्मा के.सी. (१४), अप्रिस कुँवर (१०), मनिसा थापा (१९), विनोद पराजुली (२३), आर्यन के.सी. (४)

दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्र.ना.उ. दिवश बहादुर जिसीको नेतृत्वमा २७ सदस्यीय टोली खटिएको थियो। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।

प्रहरीले जानकारी दिएका अनुसार, दुर्घटनामा सवार २६ मध्ये २ जनाको मृत्यु, ४ जना गम्भीर, १३ जना मध्यम र ७ जना सामान्य घाइते भएका छन्।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...