अब बुटवल कालिकानगरबाट २० प्रकारका आइसक्रिमको स्वाद लिन सकिने


बुटवल
अन्तर्राष्ट्रिय ब्रान्डको आरजे कर्क कम्पनीको नेपालमा सर्वाधिक बिक्री हुने क्रिमवेल आइसक्रिम केन्द्र बुटवल कालिका नगरमा शुभारम्भ भएको छ।

शुक्रबारबाट शुभारम्भ भएको कालिका नगर होराइजनचोक नजिकको उक्त क्रिमवेल आइसक्रिम केन्द्रमा चकलेट ,भेनेला ,स्टबरी लगायत २० प्रकारका आइसक्रिमहरु उपलब्ध छन्।


उक्त अन्तर्राष्ट्रिय ब्राण्डको आइसक्रिमले नेपालमै ७० स्थानबाट सेवा दिइरहेको र बुटवल भाटभटेनी अगाडिबाट पनि सेवा दिइरहेको छ।
दुधबाट निर्माण गरिएको र शाकाहारी रहेकोले पनि सेवाग्राहीहरूले मन पराउने गरेका छन् ।

उक्त आइसक्रिम बच्चादेखि वृद्धसम्म सबैले खान सकिने गरी निर्माण गरिएकोले पनि आफ्नो उत्पादन धेरै सेवाग्राहीले रुचाएको कम्पनीका बजार प्रमुख सरोज ज्ञवालीले जानकारी दिए।
उनले आफ्नै उत्पादनको कोन भएकाले र गुणस्तरमा महत्व दिएकोले आफ्नो उत्पादन रोजाइमा परेको बताएका छन्।

क्रिमवेल आइसक्रिम बिक्री केन्द्रमा आउने सेवाग्राहीले २० प्रकारका आइसक्रिमहरूको स्वाद र गुणस्तर चाखेर आफ्नो रोजाइको लिन सकिने व्यवस्था गरिएको सञ्चालक कृष्ण ज्ञवालीले जानकारी दिए ।
उनले बुटवल भाटभटेनीमा रहेको सोही ब्रान्डको आइसक्रिम खानका लागि बुटबल ,रूपन्देही मात्र नभएर नवलपरासी ,कपिलवस्तुबाट समेत सेवाग्राही आउने गरेको बताए। सँगै पूजापार्टिमा पनि सेवा दिन सकिने ज्ञवालीले बताए ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...