दुई दशकपछि गुल्मी ट्राफिकको सेवा आफ्नै भवनबाट


गुल्मी
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले स्थापना भएको दुई दशकपछि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय २०६३ सालदेखि विभिन्न सरकारी तथा व्यक्तिगत घरहरु भाडामा लिएर बस्दै आएकाे थियो । अहिले बालमन्दिर र बुढाथोकी बसपार्कको बिचमा आफ्नै भवन निर्माण भएपनि असोज १४ बाट कार्यालय सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रेसुङ्गा नगरपालिका, लुम्बिनी प्रदेश सरकार र सङ्घीय बजेटमार्फत ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भएको हो । तीन तहबाट बजेट व्यावस्थापन गरेर भवन निर्माण गर्दा कामले सोँचे अनुसारको गति लिएको छैन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख ट्राफिक प्रहरी नायब निरीक्षक ज्ञानबहादुर कुँवरका अनुसार अहिले तल्लो भवनको एउटा कोठाबाट कार्यालय सञ्चालनको काम मात्रै भएको छ । भवनको रङ्गरोगन, कम्पाउण्ड र फिनिसिङ्गको काम अझै बाँकी छ ।

भवनमा आवाससहितकै सुविधा छ । तर काम समयमै हुन सकेको छैन । यसअघि ट्राफिक प्रहरी कार्यालय भगवती मन्दिर, जिल्ला प्रहरी कार्यालयहुँदै २०७७ सालबाट ०८२ सम्म बसपाक नजिक भाडामा बस्दै आएको थियो । ट्राफिक प्रहरी कार्यालयको दरबन्दी सात जनाको हो । अहिले जिल्लामा विभिन्न प्रहरी चौकीमार्फत १८ जना ट्राफिक प्रहरी कार्यरत छन् । १८ जनामध्ये सदरमुकाम तम्घासमा पाँच जना, रिडीमा तीन, श्रृङ्गा, वामी र जुहाङ्गमा दुई-दुई जना, पुर्तिघाट, शान्तिपुर, धनार्जी र पुर्कोटदहमा एक-एक जना ट्राफिक प्रहरी कार्यरत रहेको प्रहरी नायब निरीक्षक कुँवरले बताउनुभयो ।

उहाँले आफ्नै स्थायी भवन निर्माणसँगै सेवा गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुई महिनामा दुई लाख ६२ हजार रुपियाँ ट्राफिक जरिवानाबाट राजस्व सङ्कलन गरेको छ । साउन र भदौ महिनामा ट्रक १०८ वटा, बस सात वटा, कार र जीप १६४ वटा, ट्याक्टर ३१ वटा, मोटरसाइकल २२२ वटा र अन्य पाँच वटा गरी जम्मा ५३७ सवारीसाधन कारबाहीमा परेका छन् ।

यसबाट राजस्वतर्फ ट्रकबाट एक लाख १० हजार ५०० रुपियाँ, बसबाट सात हजार, कार र जीपबाट एक लाख ४४ हजार, ट्याक्टरबाट २८ हजार पाँच सय, मोटरसाइकलबाट दुई लाख २५ हजार र अन्यबाट पाँच हजार गरी जम्मा दुई लाख ६२ हजार ५०० रुपियाँ रावस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

छुटाउनुभयो कि ?

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनुपर्ने ...
भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

काठमाण्डौ —  काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२६ शुरु हुँदैछ । १८औँ संस्करणको नाडा अटो शोमा यसपटक अटोमो...
पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...