यस्तो छ लुम्बिनी प्रदेशका सडकहरुको अवस्था


बुटवल
मनुसुनी वर्षाका कारण हाल देशका विभिन्न ठाउँमा बाढी पहिरो तथा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बडादसैँ मनाएर नियमित काममा फर्किन खोजेकाहरु सडकको अवस्थाका कारण रोकिनुपर्ने अवस्था सिर्जना भएको छ ।
विभिन्न जिल्ला प्रशासन कार्यालयहरु निर्णयनै गरेर सार्वजनिक सवारीका साधन सञ्चालनमा रोक लगाएका छन् भने गृहमन्त्रालयले सूचना जारी गर्दै असोज १८, १९ र २० गते लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहे पनि लुम्बिनी प्रदेशमा भने अवस्था सामान्य रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
कार्यालयको आइतबार विहान ८ बजेको अपडेट अनुसार सबै ठाउँका सडकको अवस्था सामान्य रहेको छ भने सार्वजनिक सवारीका साधनहरु नियमित रुपले सञ्चालन भएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय पाल्पाले शनिबार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेक यात्रा नगर्द आग्रह गरेको छ । यद्यपी ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवल–पाल्पा–गुल्मी सडकको अवस्था समानय रहेको र नियमित रुपमा सवारीका साधन सञ्चालनमा रहेका छन् ।
विशेषगरी लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम पूर्वमा वर्षाको समय यात्रा गर्दा जोखिम हुने गर्दछ । यद्यपी लुम्बिनी प्रदेशमा हालसम्म वर्षाको कम प्रभाव भएकाले राजमार्ग तथा विभिन्न सडक खण्डहरु नियमित रुपमै सञ्चालनमा रहेका छन् ।

लुम्बिनी प्रदेश अन्तरगत सबैभन्दा बढी जोखिम रहेको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्र, बुटवल–नारायणगढ सडक अन्तरगत दाउन्ने क्षेत्र, गोरुसिङ्गे–सन्धिखर्क सडक लगायतका ठाउँहरुमा समेत अवस्था सामान्य रहेको र नियमित रुपमा सवारीका साधन सञ्चालन भइरहेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...