यस्तो छ लुम्बिनी प्रदेशका सडकहरुको अवस्था


बुटवल
मनुसुनी वर्षाका कारण हाल देशका विभिन्न ठाउँमा बाढी पहिरो तथा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बडादसैँ मनाएर नियमित काममा फर्किन खोजेकाहरु सडकको अवस्थाका कारण रोकिनुपर्ने अवस्था सिर्जना भएको छ ।
विभिन्न जिल्ला प्रशासन कार्यालयहरु निर्णयनै गरेर सार्वजनिक सवारीका साधन सञ्चालनमा रोक लगाएका छन् भने गृहमन्त्रालयले सूचना जारी गर्दै असोज १८, १९ र २० गते लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहे पनि लुम्बिनी प्रदेशमा भने अवस्था सामान्य रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
कार्यालयको आइतबार विहान ८ बजेको अपडेट अनुसार सबै ठाउँका सडकको अवस्था सामान्य रहेको छ भने सार्वजनिक सवारीका साधनहरु नियमित रुपले सञ्चालन भएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय पाल्पाले शनिबार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेक यात्रा नगर्द आग्रह गरेको छ । यद्यपी ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवल–पाल्पा–गुल्मी सडकको अवस्था समानय रहेको र नियमित रुपमा सवारीका साधन सञ्चालनमा रहेका छन् ।
विशेषगरी लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम पूर्वमा वर्षाको समय यात्रा गर्दा जोखिम हुने गर्दछ । यद्यपी लुम्बिनी प्रदेशमा हालसम्म वर्षाको कम प्रभाव भएकाले राजमार्ग तथा विभिन्न सडक खण्डहरु नियमित रुपमै सञ्चालनमा रहेका छन् ।

लुम्बिनी प्रदेश अन्तरगत सबैभन्दा बढी जोखिम रहेको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्र, बुटवल–नारायणगढ सडक अन्तरगत दाउन्ने क्षेत्र, गोरुसिङ्गे–सन्धिखर्क सडक लगायतका ठाउँहरुमा समेत अवस्था सामान्य रहेको र नियमित रुपमा सवारीका साधन सञ्चालन भइरहेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

छुटाउनुभयो कि ?

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनुपर्ने ...
भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

काठमाण्डौ —  काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२६ शुरु हुँदैछ । १८औँ संस्करणको नाडा अटो शोमा यसपटक अटोमो...
पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...