राजनीतिक स्थिरता र लगानी सुरक्षा माग्दै उद्योगी व्यवसायी


बुटवल

उद्योगी व्यवसायीहरूले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने र राजनीतिक दलहरू त्यसमा सहभागी हुनुपर्ने आग्रह गरेका छन् ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२औं वार्षिक साधारण सभामा उनीहरुले मुलुकमा निरन्तर भइरहेका आन्दोलन र राजनीतिक अस्थिरताले लगानीको वातावरण असुरक्षित बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निजी क्षेत्रको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्थानीय सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको बताए ।
उनले जेन–जी आन्दोलनका मुद्दा सान्दर्भिक भए पनि त्यसको आडमा भएका तोडफोड, आगजनी, लुटपाटजस्ता अपराधको विरोध गर्दै संलग्नलाई कारबाही गर्नुपर्ने बताए ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले पनि निजी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएको बताउँदै अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरिन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले असहज राजनीतिक परिस्थितिका कारण निजी क्षेत्र कमजोर बन्दै गएको बताउँदै सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण आवश्यक भएको बताए । उनले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले लगानी पलायनको जोखिम बढाएको भन्दै सरकारलाई ठोस कदम चाल्न आग्रह गरे । उनले निजी क्षेत्रले उठान गरेका धेरै कुराहरु सम्बोधन भएको स्मरण गर्दै कोभिड १९ महामारी, आर्थिक मन्दी, जेन–जी आन्दोलन, वर्षाले प¥याएको क्षतिका कारण अझैपनि निजी क्षेत्र उठ्न नसकिरहेको बताए ।

महासंघका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र वस्तुगत उपाध्यक्ष हेमराज ढकालले पनि चुनाव तोकिएकै मितिमा गर्न र निजी क्षेत्रको मनोबल उकास्ने वातावरण बनाउन सरकार र दलहरूलाई आग्रह गरे ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालले मोतिपुर औद्योगिक क्षेत्रको निर्माणमा गति दिन, व्यवसायमैत्री नीति अपनाउन र हरेक आन्दोलनमा हुने उद्योग व्यवसायमाथिको आक्रमण रोक्न राज्यलाई अनुरोध गरे । सभाको क्रममा संघले इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर, प्रिन्टर, स्क्यानर र १६ थान सिसिटिभी क्यामेरा प्रदान गरेको छ । साथै, ट्राफिक व्यवस्थापनमा सहयोग पु–याउन लुम्बिनी प्रदेश ट्राफिक कार्यालयलाई पाँच थान ह्वील लक हस्तान्तरण गरिएको छ ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...