मनसुन थप सक्रिय, सोमवारसम्म उच्च सतर्कता अपनाउँ : प्राधिकरण


काठमाण्डौ – मनसुनी वायु थप सक्रिय हुँदा गएरातीदेखि देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि वर्षा गराउने प्रणाली थप सक्रिय हुने भन्दै  सोमवार २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमिक रुपमा सर्न थालेका कारण नेपालमा मनसुनी वायु सक्रिय भएको हो ।

विभागले विशेषगरी बागमती प्रदेशका काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको जनाएको छ । आजदेखि २० गतेसम्म नारायणी, बागमती, कमला, कोशी नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाव उल्लेख्य बढ्ने र खतराको तह आसपास पुग्न सक्ने देखिएको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत र चुरे भई बहने स–साना नदीनालाहरुमा आकस्मिकरुपमा पानीको बहाव हुन सक्ने सम्भावना रहेको छ । 

यसैबीच राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना निकालेर आउँदो सोमवारसम्म अत्यन्त जरुरी नभएसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अपिल गरेको छ । प्राधिकरणले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैलाई उच्च सतर्कताका लागि आग्रह गरेको हो । प्राधिकरणले निकालेको विज्ञप्तिमा वर्षा र बाटोको अवस्था हेरी गाडी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र त्यसको निर्णय पालना गराउने व्यवस्था गर्न सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई आग्रह समेत गरिएको छ । 

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...