रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने


बुटवल
रुपन्देहीमा देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । तिहार सुरु भएपछि खेलिने देउसी–भैलोको क्रममा मादक पदार्थ सेवन (मापसे) गरेको पाइएमा कानून अनुसार कारबाही गरिने भएको हो ।
रुपन्देही जिल्ला सुरक्षा समितिको बैठकले तिहारमा सम्भावित अपराध र अवाञ्छित गतिविधि नियन्त्रणका लागि देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न पाउने निर्णय गरेको हो । साथै, सहभागीहरूले मादक पदार्थ सेवन गर्न नपाउने पनि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार तिहारमा शान्ति–सुरक्षा कायम गर्न र सामाजिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । “चाडपर्वमा हुने भीडभाडका कारण कुनै अप्रिय घटना नहोस् भन्ने हाम्रो प्राथमिकता हो,” उनले भने ।

जेन–जेड आन्दोलनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै समाजमा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले रुपन्देही प्रशासनले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ । सो योजना जिल्लाका १६ वटै स्थानीय तहमा परिपत्र गरिसकिएको प्रशासनले जनाएको छ ।

सुरक्षा योजना आइतबारदेखि सुरु भई छठ पर्वको अर्को दिनसम्म लागू हुने बताइएको छ । उक्त अवधिभर सादा पोशाकका प्रहरीहरू व्यापक रूपमा खटाइने छन् भने राति–दिन गस्ती बढाइने छ ।

प्रशासनले छठ पर्वका अवसरमा घाट क्षेत्रहरूलाई सुरक्षित बनाउन पनि विशेष तयारी गरेको छ । छठ घाटको स्थान निर्धारण गरी तारबार र डोरी टाँगेर सुरक्षा व्यवस्था बलियो बनाइने बताइएको छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...