अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकको दोस्रो संस्करणबारे बुटवलमा छलफल सम्पन्न


बुटवल

आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजनामा अर्थशास्त्री मनिकर कार्की लिखित ‘अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकको दोस्रो संस्करणबारे सोमबार बुटवलमा आयोजित परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. बावुराम ज्ञवालीले पुस्तकका विषयवस्तु सहज र सबै पाठकले बुझ्ने ढंगले प्रस्तुत गरिएको बताउँदै देशको विकासका लागि निजी क्षेत्रको मनोबल सुदृढ गर्नु अनिवार्य रहेको उल्लेख गरे। उनले नीति निर्माताहरूले यो पुस्तक अध्ययन गरेर व्यावहारिक नीति निर्माणमा सहयोग लिन सक्ने सुझाव पनि दिए।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नेपाली अर्थतन्त्रका चुनौतीहरूको समाधानका लागि आयातित अवधारणाभन्दा मौलिक विचार र मोडेललाई प्राथमिकता दिनुपर्ने बताए। उनले पुस्तक नेपाली अर्थतन्त्रलाई बुझ्न सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने विश्वास व्यक्त गरे।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले राज्यले स्थानीय उद्यमीलाई देशमै लगानी र श्रम गर्न सक्ने वातावरण निर्माण गर्न ढिलाइ गरेको कारण युवा उद्यमशीलता कमजोर बनेको बताए। उनका अनुसार कच्चा पदार्थ, जनशक्ति र नीतिगत समस्या जस्ता अवरोधका कारण पूँजी पलायन बढ्दै गएको छ।

वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले पुस्तकले उठाएका प्रश्नहरूमा सूक्ष्म अध्ययन र विश्लेषण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले देशमा उत्पन्न सामाजिक, आर्थिक र राजनीतिक संकट समाधान गर्न लेखकहरू निजी क्षेत्रको उत्साह बढाउने किसिमले प्रस्तुत हुनुपर्ने बताएका थिए।

कार्यक्रममा राजेन्द्र लम्साल, कृष्ण पाण्डे, सञ्जीव भण्डारी, गणेश घिमिरे र नवीन सुनुवारलगायतले पनि आफ्ना विचार व्यक्त गरे।

लेखक मनिकर कार्कीले आफ्नो लेखन अनुभव र दोस्रो संस्करण प्रकाशनको आवश्यकता बारे प्रष्ट पारे। कार्यक्रम आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालको अध्यक्षतामा, कोषाध्यक्ष जीवन परियारको सञ्चालनमा बुटवलस्थित होटल न्यू इरामा सम्पन्न भएको थियो।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...