स्थानीय

अध्यक्षको जन्मदिनमा गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान कार्यक्रम

अध्यक्षको जन्मदिनमा गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान कार्यक्रम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलगुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीको जन्मदिनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।अध्यक्ष ज्ञवालीले फजुल खर्चलाई कम गरी मानवीय सेवा र धर्मको लागि सक्रियतापूर्वक आफ्नै खर्चद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्। मंगलबार बुटवल रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका हुन्।कार्यक्रममा सम्पर्क समाज को तर्फबाट सल्लाहकार बिन्दु गौतम, पुर्व अध्यक्ष बिर बहादुर क्षेत्री ,उपाध्यक्ष गिरिराज पन्त , हरि गौतम ,रामप्रसाद ज्ञवाली र नेपाल नियमित रक्तदाता संघको तर्फबाट केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी ,महासचिव दीपक अधिकारी, सचिव मञ्जु गिरी ,सदस्य गंगा विश्वकर्मा, तिलोत्तमा शाखाका अध्यक्ष लक्ष्मण पन्त, नेपाल औषधि थोक व्यवसायि सङ्घको तर्फबाट जिल्ला अध्यक्ष कृष्ण जिसी , सचिव मणि तिवारी ,कोषाध्यक्ष महेश पन्थी ,साथै नेपाल आयुर...
भैरहवाको एक होटलमा गोली चल्यो

भैरहवाको एक होटलमा गोली चल्यो

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलको गेट अगाडि गएराती गोली चलेको छ । रातको करिब १ बजे गोली चल्दा एकजना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले होटलमा कार्यरत सुरक्षा गार्ड मीन बहादुर परियारमाथि गोली प्रहार भएको जानकारी दिए । डीएसपी कार्कीका अनुसार गोली लागेर बुटवल उपमहानगरपालिका-१५ निवासी २७ वर्षीय मीन बहादुर सामान्य घाइते भएका छन् । भैरहवास्थित भीम अस्पतालमा उपचार पश्चात उनको डिस्चार्ज भएको छ ।प्राप्त सीसी टिभी फुटेजको विश्लेषणसहित घटना बारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । ...
किन जाने बुटबलको सिद्धार्थ केवलकार

किन जाने बुटबलको सिद्धार्थ केवलकार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलविकासको बढ्दो स्वरूप संगै मानिसलाई इतिहास ,प्रकृति ,धार्मिक, सांस्कृतिक ,पुरातात्विक जस्ता विषयहरु अत्यन्त महत्वपूर्ण हुन्छन्।मानिसले यी विविध पक्षहरूसँगै रमाउने वातावरणको अपेक्षा राखेको हुन्छ। जसका लागि प्राकृतिक सम्पदाहरू, धार्मिक सम्पदाहरू, ऐतिहासिक सम्पदाहरु, सांस्कृतिक सम्पदाहरु, पुरातात्विक सम्पदाहरु लाई आधुनिक प्रविधिसँगै श्रव्य, दृश्य अध्ययन , अवलोकन गरी मानिस रमाउन चाहन्छन्। जसका लागि आधुनिक प्रविधिमा यात्रा गरी प्रकृतिको मजा लिँदै धार्मिक, सांस्कृतिक, पुरातात्विक , प्राकृतिक पक्षहरूको अवलोकन गर्दै आनन्दित दिने गन्तव्य बनेको छ केवलकार। रूपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं १ देउराली डाँडाबाट पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वार्ड नम्बर २ नुवाकोट गढीसम्म पुग्ने २ कि.मि. दुरीको सिद्धार्थ केवलकार सुचारु भईरहेको छ। केवलकारमा सामुद्रिक सतहदेखि ८ सय मिटर उचाइमा रहेको...
गुल्मीमा छोराको कुटपिटबाट बुवाको ज्यान गयो, आमा सख्त घाइते

गुल्मीमा छोराको कुटपिटबाट बुवाको ज्यान गयो, आमा सख्त घाइते

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । शनिबार दिउँसो २३ वर्षीय भोटबहादुर बिकले आफ्ना बुवा र आमामाथि धारिलो हतियारले प्रहार गर्दा बुवाको मृत्यु भएको र आमा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।भोटबहादुरले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र ४८ वर्षीया आमा दिलमाया बिकमाथि हसिया र काठको मुंग्रो प्रयोग गरी आक्रमण गरेका थिए । घटनामा धनबहादुर बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।गम्भीर घाइते दिलमाया बिकलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको टोली घटनास्थल पुगेको थियो । त्यस्तै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्याल...
पाल्पाको सत्यवतीमा कार्तिक १८ देखि धार्मिक मेला

पाल्पाको सत्यवतीमा कार्तिक १८ देखि धार्मिक मेला

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलपाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती ताल (मन्दीर)मा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पारी मनाइने मेलाका लागि तयारी पूरा भएको छ । यो वर्ष कार्तिक १९ गते परेको पूर्णिमाको अवसर पारी लाग्ने मेलाका लागि सुरक्षा व्यवस्था, भक्तजनहरुलाई पूजाका लागि सहजिकरण, यातायात लगायतका विषयमा तयारी अन्तिम तरणमा पुगेको मन्दिर बिकास समितिले जानकारी दिएको छ ।मेलाको तयारी बारे जानकारी गराउन विहिबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष दानबहादुर गाहाले यो वर्ष पनि महाजोग परेको हुँदा भक्तजनको भिड अत्याधिक हुने भएकाले सोही अनुसार व्यवस्थापनमा जुटेको दाबी गरे । गत वर्ष २ लाख भक्तजनले दर्शन गरेको सत्यवती मन्दिरमा यो वर्ष दर्शन गरेको संख्या थप बढ्ने अनुमान गरिएको उनले बताए । कार्तिक महिनाभित्रै शुक्ल पूर्णिमा परेको वर्षलाई महाजोक मानिने र वर माग्दा उत्तम वर्ष मानिने जनविश्वास रहँ...
रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलरुपन्देहीको कन्चन गाउँपालिका-५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको बाँझिको रुखमा ठोक्किँदै करिब तीन मिटर तल खसेको थियो। दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सैनामैना–८ बासगढीका ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन्। तीमध्ये आचार्यको कात्तिक १२ गते राति १२ः३० बजे पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै थापा र बिकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। ...
मुख्यमन्त्री आचार्य र बेलायती प्रतिनिधि एन्ड्रु लङबीच भेटवार्ता, सुशासन र सहकार्यका विषयमा छलफल

मुख्यमन्त्री आचार्य र बेलायती प्रतिनिधि एन्ड्रु लङबीच भेटवार्ता, सुशासन र सहकार्यका विषयमा छलफल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज, स्थानीय
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबीच मंगलबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको भेटमा प्रदेशमा सुशासन सुदृढीकरण, संघीयताको कार्यान्वयन र विकास सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो । भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारहरूले आफ्ना निर्धारित कार्यक्रमहरू कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले संघीयतालाई सुदृढ बनाउने र नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले नेपाल-बेलायतबीचको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै, पछिल्ला राजनीतिक परिवर्तनपछि मुलुकमा प्रत्यक्ष र अप्रत्यक्ष जटिलता देखा परेकाे र त्यसले प्रशासनिक तथा भौतिक ...
रूपन्देहीको गैडहवा सन्तघाटमा छठ पर्वको तयारी पुरा : अध्यक्ष सुरेन्द्र पौडेल

रूपन्देहीको गैडहवा सन्तघाटमा छठ पर्वको तयारी पुरा : अध्यक्ष सुरेन्द्र पौडेल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीसोमबार छठ पर्वलाई भव्य रूपमा मनाउनका लागि गैडहवा गाउँपालिका–६ सन्तघाट किनारमा तयारी अन्तिम चरणमा पुगेको छ।गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलका अनुसार, सन्तघाट रुपन्देहीकै ठुलो छठ घाटका रूपमा परिचित हुँदै आएको छ। हाम्रो मधेशमा छठ पर्व आस्थाको ठूलो पर्व हो। यसलाई अझ व्यवस्थित र सुरक्षित बनाउन हामी सबै मिलेर लागिरहेका छौं अध्यक्ष पौडेलले बताए। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यो नै संसारको एक मात्र पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। यही कारणले यो पर्व श्रद्धा, आस्था र शुद्धताको प्रतीक मानिन्छ। यस वर्ष सन्तघाटमा हजारौँ बेदी निर्माण भएका छन्। समितिका अनुसार करिब २० हजारभन्दा बढी श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ। स्थानीय बासिन्दाका साथै छिमेकी गाउँपालिका र आसपासका जिल्लाबाट समेत भक्तजन आउने अनुमान गरिएको छ। सन्तघाट वरिप...
बुटवलमा नेपालकै पहिलो १३२ केभि नेशनल ग्रीडमा ३०मिटर अग्लो मोनोपोल जडान

बुटवलमा नेपालकै पहिलो १३२ केभि नेशनल ग्रीडमा ३०मिटर अग्लो मोनोपोल जडान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको कालिकापथमा सडकको विचभागमा रहेका पुर्व पश्चिम १३२ केभि हाइटेन्शन लाइनका सडकनै अवरोध गरेका विद्यूतीय पोल हटाई मोनो पोल जडान शुरु गरिएको छ। बुटवल क्षेत्रमा वि.सं. २०२२ सालमा सप्पन्न भएको उक्त विद्यूतीय प्रसारण तत्काल सोही क्षेत्रमा खेतको जमिन भएकोले पोलको एरियामा करिब ९ मीटर ब्यासको कम्पाउड भित्र २३ मिटर अग्लो फोल्डिङ टावर बनाईएको थियो । पछी तेही लाइनमा तल बाटो बन्यो बाटो पछी ५१ फिटमा बिस्तार हुदा सबै ठाउमा बाटो पुग्यो ।तर टावर भएको ठाउमा दुबै तर्फ १५-१७ फिट भन्दा बढी ठाउँ नहुदा यात्रा गर्न कठिन थियो। जसको कारण दुर्घटना हुने गरेको थियो । समस्या सामाधान गर्न निबर्तमान अर्थमन्त्री तथा यसै क्षेत्रको सभासद बिष्णु पौडेलले बजेट विनियोजन गरे।नपाल विद्युत प्राधिकरणले टेन्डर मार्फत काम गरि पहिले नै मोनो पोल ल्याई फाउन्डेसन तयार गरि राखिएको थियो । जुन आज बाट राख्न शुरु गरिएको...
ठुलाचेक्मीमा तिहारको भैलो : संस्कृति संरक्षण र सामाजिक एकताको सन्देश

ठुलाचेक्मीमा तिहारको भैलो : संस्कृति संरक्षण र सामाजिक एकताको सन्देश

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
रेसुङ्गा नगरपालिका वडा नं. ६, ठुलाचेक्मीका संस्कृतिप्रेमी युवाहरूले तिहारको अवसरमा आयोजित भैलो कार्यक्रमले परम्परा र सामाजिक उत्तरदायित्वको सुन्दर सङ्गम प्रस्तुत गरेको छ। परम्परागत संस्कृतिको जगेर्ना र स्थानीय मरासिनी कुलायन मन्दिरको संरक्षण गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमले गाउँबस्तीमा उत्साह र एकताको सन्देश फैलाएको छ।विभिन्न टोलका करिब एक दर्जन स्थानमा सञ्चालित भैलोबाट एक लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ। सङ्कलित रकमको केही प्रतिशत मन्दिरको संरक्षण र व्यवस्थापनका लागि दान गरिने आयोजक प्रतिनिधि कृष्ण मरासिनीले बताउनुभयो। करिब ५० जना युवाहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न यो भैलो कार्यक्रमले पछिल्लो पुस्ताको संस्कृतिप्रति समर्पण र सामाजिक जागरूकतालाई उजागर गरेको छ।आधुनिकताको प्रभावमा परम्परा र संस्कृति लोप हुँदै गएको चिन्ताबीच ठुलाचेक्मीका युवाहरूको यो प्रयास प्रशंसनीय ...