रूपन्देहीको गैडहवा सन्तघाटमा छठ पर्वको तयारी पुरा : अध्यक्ष सुरेन्द्र पौडेल


रूपन्देही
सोमबार छठ पर्वलाई भव्य रूपमा मनाउनका लागि गैडहवा गाउँपालिका–६ सन्तघाट किनारमा तयारी अन्तिम चरणमा पुगेको छ।
गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलका अनुसार, सन्तघाट रुपन्देहीकै ठुलो छठ घाटका रूपमा परिचित हुँदै आएको छ। हाम्रो मधेशमा छठ पर्व आस्थाको ठूलो पर्व हो। यसलाई अझ व्यवस्थित र सुरक्षित बनाउन हामी सबै मिलेर लागिरहेका छौं अध्यक्ष पौडेलले बताए।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यो नै संसारको एक मात्र पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। यही कारणले यो पर्व श्रद्धा, आस्था र शुद्धताको प्रतीक मानिन्छ।

यस वर्ष सन्तघाटमा हजारौँ बेदी निर्माण भएका छन्। समितिका अनुसार करिब २० हजारभन्दा बढी श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ। स्थानीय बासिन्दाका साथै छिमेकी गाउँपालिका र आसपासका जिल्लाबाट समेत भक्तजन आउने अनुमान गरिएको छ।

सन्तघाट वरिपरि अहिले सफाइ, बत्ती र सजावटका काम तीव्र छन्। बजारदेखि घाटसम्म झलुवा टाँगिएका छन् र भक्तजनको स्वागतका तयारी भैरहेको सुर्यपुरा सनातनी परिवारले जनाएको छ।

सोमबार साँझ अस्ताउँदो र मंगलबार बिहानी उदाउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धा, भक्ति र उल्लाससहित छठ पर्व मनाइनेछ।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...