रूपन्देहीको गैडहवा सन्तघाटमा छठ पर्वको तयारी पुरा : अध्यक्ष सुरेन्द्र पौडेल


रूपन्देही
सोमबार छठ पर्वलाई भव्य रूपमा मनाउनका लागि गैडहवा गाउँपालिका–६ सन्तघाट किनारमा तयारी अन्तिम चरणमा पुगेको छ।
गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलका अनुसार, सन्तघाट रुपन्देहीकै ठुलो छठ घाटका रूपमा परिचित हुँदै आएको छ। हाम्रो मधेशमा छठ पर्व आस्थाको ठूलो पर्व हो। यसलाई अझ व्यवस्थित र सुरक्षित बनाउन हामी सबै मिलेर लागिरहेका छौं अध्यक्ष पौडेलले बताए।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यो नै संसारको एक मात्र पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। यही कारणले यो पर्व श्रद्धा, आस्था र शुद्धताको प्रतीक मानिन्छ।

यस वर्ष सन्तघाटमा हजारौँ बेदी निर्माण भएका छन्। समितिका अनुसार करिब २० हजारभन्दा बढी श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ। स्थानीय बासिन्दाका साथै छिमेकी गाउँपालिका र आसपासका जिल्लाबाट समेत भक्तजन आउने अनुमान गरिएको छ।

सन्तघाट वरिपरि अहिले सफाइ, बत्ती र सजावटका काम तीव्र छन्। बजारदेखि घाटसम्म झलुवा टाँगिएका छन् र भक्तजनको स्वागतका तयारी भैरहेको सुर्यपुरा सनातनी परिवारले जनाएको छ।

सोमबार साँझ अस्ताउँदो र मंगलबार बिहानी उदाउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धा, भक्ति र उल्लाससहित छठ पर्व मनाइनेछ।

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...