स्थानीय

चुनावी अभियान : रवि लामिछाने रुपन्देहीमा

चुनावी अभियान : रवि लामिछाने रुपन्देहीमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, स्थानीय
बुटवलराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देही आइपुगेका छन् । आइतबार साँझ जिल्ला पुगेका उनी मणिग्रामस्थित तारे होटल विश्राम बाटिकामा बसेका छन् । आज उनी रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यक्रमका लागि जाने कार्यतालिका तय भएको छ ।पार्टीका अनुसार बिहान ८ बजे रुपन्देही–१ अन्तर्गत देवदहको खैरेनीबाट लामिछानेको जनसम्पर्क कार्यक्रम सुरु भएको छ । दिनभर पाँचवटै निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्ने र साँझ निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत पर्ने बुद्ध जन्मस्थल लुम्बिनी तथा मायादेवी मन्दिरमा पुग्ने कार्यक्रम रहेको रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार बिहान ११ बजे निर्वाचन क्षेत्र नं. ३ को भैरहवा, दिउँसो १ बजे क्षेत्र नं. ४ अन्तर्गत कोटहीमाई–मर्चवार, २ बजे क्षेत्र नं. ५ को पर्सहवा, सवा ३ बजे क्षेत्र नं. २ को मोत...
बुटवलमा पहिलो पटक म:म महोत्सव हुने, सिद्धार्थ कटेजको महोत्सवमा भेजदेखि ननभेजका २ सय प्रकारका म:म पाइने

बुटवलमा पहिलो पटक म:म महोत्सव हुने, सिद्धार्थ कटेजको महोत्सवमा भेजदेखि ननभेजका २ सय प्रकारका म:म पाइने

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलस्थित सिद्धार्थ कटेजले पहिलो पटक म:म महोत्सव आयोजना गर्दैछ।भ्यालेन्टाइन डेको अवसर पारेर माघ २९ गतेदेखि फागुन २ गतेसम्म म:म महोत्सव हुने भएको हो। महोत्सवमा विभिन्न २ सयभन्दा बढी प्रकारका म:म को स्वाद चाख्न पाउने सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक महेन्द्र न्यौपानेले जानकारी दिए। सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले यसअघि नेपालगन्ज र धनगढीमा म:म महोत्सव आयोजना गरेको भए पनि बुटवलमा भने पहिलो पटक आयोजना गरिएको न्यौपानेले बताए। महोत्सवमा नन भेजमा चिकेन, मटन, फिस, अण्डा, अस्ट्रिज र हाँस सँगै भेजमा पालक, गाजर, भुटुक, सिस्नो, खोले साग, तरुल, इस्कुस, अकबरे खुर्सानी, सिपचना, चकलेट, नट्स, कर्न चिज, चुकन्दर, पनिर, फलफूल, पिजा, सखरखण्ड लगायतका म:म हरू फ्राई, साँधेको, तारेको, स्टिम, डामेको, पोलेको र कुकरमा पकाएको म:मको स्वाद लिन पाइने छ।त्यसको साथै बटुक, सेल रोटी, चु...
विवाहमा भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी : शिविरमार्फत उपचार सुरु

विवाहमा भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी : शिविरमार्फत उपचार सुरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
खोटाङखोटाङको जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङमा विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ। भोज खाएको १२ घन्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ।विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशंका गरिएको स्थानीय वीरबल किरातीले जानकारी दिए। यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका थिए। बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन्।विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए। स्वास्थ्यमा समस्या आएका स...
रुपन्देहीमा एमालेको चुनावी अभियान: सबै निर्वाचन क्षेत्रमा जित निकाल्ने दाबी

रुपन्देहीमा एमालेको चुनावी अभियान: सबै निर्वाचन क्षेत्रमा जित निकाल्ने दाबी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीब्र बनाएको छ । सो पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल क्षेत्र नं २, केन्द्रीय नेताहरु दधिराम न्यौपाने क्षेत्र नं १, खिमलाल भट्टराई क्षेत्र नं ५, प्रभावशाली नेताहरु बासुदेव घिमिरे क्षेत्र नं ३ र प्रमोद यादव क्षेत्र नं ४ बाट चुनावी मैदानमा पार्टी र आफ्ना योजनासहित पुगेका छन् ।हरेक क्षेत्रमा अधिकांश वडा तहका निर्वाचन कार्यालय संचालन, विभिन्न भातृसंगठनको भेला, विभिन्न जिल्लामा रहेका सम्पर्क कमिटीहरुको भेला सकेर उनीहरु आन्तरिक तयारीमा लागेका हुन् । सबै क्षेत्रहरुमा निर्वाचन परिचालन कमिटी बनाएर काममा खटाइएको र दैनिक ती कमिटीको योजनामै अब निर्वाचनको पूर्ण तयारीमा लागेको अध्यक्ष यज्ञ गैरे बताउँछन् ।सबैभन्दा धेरै पार्टी सदस्यहरु र नेताहरु रहेको रुपन्देही २ मा पूर्वअर्थमन्त्री रहेका उपाध्यक्ष विष्णुप्रसाद पौड...
विद्युतिय व्यवसायी संघले गर्यो व्यवसायीविचको भातृत्व वढाउन वनभोज

विद्युतिय व्यवसायी संघले गर्यो व्यवसायीविचको भातृत्व वढाउन वनभोज

Breaking news 3, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघले व्यवसायीहरु विचको भातृत्व संगै मनोरञ्जनको उद्देश्य राखेर ११औं वनभोज कार्यक्रम सम्पन्न गरेको छ।शनिबार रुपन्देहीको तिलोत्तमा पार्कमा सम्पन्न कार्यक्रममा वोल्दै नेपाल विद्युतिय व्यवसायी महासंघका तृतिय उपाध्यक्ष तथा पुर्व जिल्ला अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले व्यवसायीहरु आ-आफ्नो व्यस्तताले गर्दा आपसमा जमघटहुने भलाकुसारी गर्ने , सुखदुःख साटासाट गर्ने समय नहुने हुनाले जमघट संगै मनोरञ्जनको उद्देश्यले आयोजना गरिएको वनभोज अत्यन्त उपयोगी रहेको धारणा राखेका थिए।उनले उज्यालोको व्यवसाय गर्ने विद्युतिय व्यवसायीको जिवन पनी उज्यालो रहेको भन्दै नेपालमा विद्युत उत्पादनको प्रसस्त आधार रहेकोले व्यवसायको महत्व वढ्दै जाने धारणा राखेका थिए।उनले महासंघको मुल्यांकनमा जिल्ला शाखाहरुमै उत्कृष्ट हुंदै आएकोमा गर्भ लागेको वताए। उनले महासंघको २०८३ जेष्ठमा इलेक्ट्रोटेक गर...
झुटा सूचनाले समाजमा गम्भीर संकट ल्याउन सक्छ :            एमाले उपाध्यक्ष पौडेल

झुटा सूचनाले समाजमा गम्भीर संकट ल्याउन सक्छ : एमाले उपाध्यक्ष पौडेल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
प्रेस चौतारीको स्थापना दिवसमा रुपन्देहीमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्वन्धि तालिम सम्पन्न बुटवलनेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको झुटा तथा भ्रमपूर्ण सूचनाले समाजमा गम्भीर समस्या उत्पन्न गरिरहेको बताउनुभएको छ। उहाँले यस्ता सूचनाको नियन्त्रण र तथ्यपरक पत्रकारिताको सुदृढीकरणमा सञ्चारकर्मीको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो। प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम उद्घाटन गर्दै उपाध्यक्ष तथा प्रतिनिधि सभाका रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पौडेलले सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रूपमा विकसित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। “समाजमा झुटो सूचनाको बिगबिगी छ। सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यम बन्दै गएका छन्। यसलाई समयमै नियन्त्रण गर्न नसके समाजमा गम्भीर समस्या...
गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
बुटवलआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । अहिले उमेदवारहरु सहर र गाउँका मतदाता रिझाउन ब्यस्त छन् । यसैबीत नेकपा एमालेका उमेदवार तथा गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्ट मतदातासँग 'सुन्दै सुनाउँदै' अभियान लिएर सहरका युवा तथा आम मतदातालाई भेटघाट गरिरहेका छन् । गाउँकै मतदाता भएपनि अध्ययन, रोजगारी र व्यापारका लागि रुपन्देहीको बुटवलमा बस्ने गुल्मेली धेरै छन् । मनोनयनपछि आफ्नो निर्वाचन क्षेत्रका गाउँगाउँमा पहिलो चरणको भेटघाट सकेर विष्ट विभिन्न सम्पर्क मञ्च मार्फत बुटवलका मतदाता भेटिरहेका छन् । सहरमा बसेपनी आम मतदाताले गाउँका समस्या बिष्टलाई राखेका छन् ।बिष्टले बुटवलमा गुल्मी धुर्कोट-रुपन्देही सम्पर्क समाज, इस्मा-रुपन्देही सम्पर्क समाज, मदाने-रुपन्देही सम्पर्क समाज, मालिका-रुपन्देही सम्पर्क समाज, मुसीकोट-रुपन्देही सम्पर्क ...
लुम्बिनी प्रदेशको स्थापना दिवसः संघीयताको बलियो आधारनै प्रदेश

लुम्बिनी प्रदेशको स्थापना दिवसः संघीयताको बलियो आधारनै प्रदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बर्ताका छन् ।उनले लुम्बिनी प्रदेश संवेदनशीलसँगै राम्रो रहेको उल्लेख गर्दै अब कस्तो बनाउने भन्ने कुरा शासन गर्नेहरूको काँधमा रहेको बताए । प्रदेशको नवौँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा आज राप्ती उपत्यका (देउखुरी) सम्पन्न मूल समारोह कार्यक्रममा उनले सबै पक्ष र तहको आवाज प्रदेशले सुन्नुपर्ने धारणा राख्दै इतिहासको कालखण्डमा शासन गर्नेहरूको निर्णयका आधारमा ठाउँहरूको विकास भएको स्मरण गरे ।उनले प्रादेशिक संरचना र राजधानी क्षेत्रलाई खेतको फाँटभन्दा उँचो क्षेत्रमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । “खेतको फाँट जोगाउनुपर्छ, मैले सुझाव दिँदा पनि त्यसैगरी दिएको थिएँ”, उहाँले भन्नुभयो, “धान फल्ने फाँट जोगायौँ भने कोही भो...
रुपन्देहीको पूर्वाधार विकासबाटै लगानीकर्ताको ध्यान केन्द्रीतः विष्णु पौडेल

रुपन्देहीको पूर्वाधार विकासबाटै लगानीकर्ताको ध्यान केन्द्रीतः विष्णु पौडेल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीप्रतिनिधि सभामा रुपन्देही क्षेत्र नं २ को उम्मेदार तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही क्षेत्रमा पूर्वाधारमा भएको ठूलो लगानीले ठूला ठूला लगानीकर्ताको ध्यानाकर्षण भएको जनाएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभामा रुपन्देही क्षेत्र नं २ को उम्मेदार पौडेलले देशका धेरै स्थानमा लगानीकर्ताहरु खुम्चिएको समयमा यो क्षेत्रमा स्वदेश तथा विदेशका लगानीकर्ताहरुको ध्यानाकर्षण यसैको मुख्य आधार भएको जनाएका छन् । बुधबार रुपन्देहीको तिलोत्तमा क्षेत्रमा रहेका उद्योगीव्यवसायीहरुबीचको छलफलमा उनले भने–‘भौतिक पूर्वाधारको विकास भए स्वदेश तथा विदेशका लगानीकर्ताको सहजै ध्यान तान्नेछ भन्ने उदाहरण अहिले रुपन्देही हो, सेजको निर्माण भइसकेको छ, आइसीपी बनिरहेको छ, अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, सबैतिर चौडा बाटो छन्, पूर्वापश्चिमको बाटो बन्दैछ, यही आधारमा नयाँ लगानीकर्ता ढुक्क भएका हुन्’...
रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार गरेको छ । स्वदेशी वस्तु उत्पादन गर्ने र यसको प्रवद्र्धन गर्ने उद्योगहरुको छाता संस्था को रुपमा पहिचान बोकेको जिल्लाकै अग्रणी संस्थामा नयाँ नेतृत्व आएसँगै आफ्नो कार्यकालमा अघि सारिने तत्कालीन र दीर्घकालीन योजना बनाउने र यसमै आधारित रहेर काम गर्नका लागि कार्ययोजना बनाइएको संघले जनाएको छ । उद्योग वाणिज्य मन्त्रालयमा लामो समय रहनुभएका विज्ञ एवं नेपाल सरकारका पूर्व सचिव डा.तोया नारायण ज्ञवालीको सहजीकरणमा संघले नयाँ नेतृत्वमा आएको समिति, सल्लाहकारहरु, पूर्वअध्यक्ष तथा यसको कार्यान्वयन गर्ने कर्मचारीहरुका बीचमा तीन दिने कार्ययोजना कार्यशाला राखेर यसलाई अन्तिम रुप दिइएको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।गण्डकी प्रदेशको पोखरामा माघ १५ गतेदेखि १७ गतेसम्म संचालन भएको यो कार्ययोजनामा संघमा नयाँ अधिवेशनबाट निर्वाचित न...