बलात्कारपछि हत्या गरिएकी बाराकी बालिकाका अभिभावकसँग सरकारको सहमति


काठमाण्डौ — बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ ।

गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुबाआमासँग सरकारले तीनबुँदे सहमति गरेको हो । गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो ।

सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘न्याय सङ्कल्प समिति’ गठन गरिने भएको छ ।

त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिकाको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले पालिकासँग समन्वय गरी पहल गर्ने भएको छ । अनि बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ ।

पीडित परिवारका तर्फबाट बुवा–आमाले हस्ताक्षर गर्नुभएको छ । सरकार र पीडित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढाउनुका साथै पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

गएको साउन ३१ मा बेपत्ता भएकी ती बालिकाको भदौ २ गते शव भेटिएको थियो । त्यसपछि पीडित पक्षले न्यायका लागि आन्दोलन गर्दै आएका थिए । सरकारसँग वार्ताका लागि हिजो टोली बाराबाट काठमाण्डौ आएको थियो ।

छुटाउनुभयो कि ?

इनम सापकोटा सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

इनम सापकोटा सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँसम्पत्ति शुद्धीकरण तथा राष्ट्र बैङ्क ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका ईनम सापकोटासहित तीन जनालाई थप ५ दिन हिरासतमा रा...
डेरि ब्यवसायी समितिको पदस्थापन सम्पन्न

डेरि ब्यवसायी समितिको पदस्थापन सम्पन्न

बुटवलरुपन्देही डेरी ब्यवसायी समितिको १८ औ साधारण सभा तथा आठौ अधिवेसनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक...
बुटवलमा शुक्रबारदेखि ५ दिने बुटवल खाना महोत्सव हुँदै

बुटवलमा शुक्रबारदेखि ५ दिने बुटवल खाना महोत्सव हुँदै

बुटवलहोटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा ‘बुटवल खाना महोत्सव’ आयोजना हुने भएको छ ।संघ...
नेपालको सार्वजनिक ऋण पौने ३० खर्ब पुग्यो

नेपालको सार्वजनिक ऋण पौने ३० खर्ब पुग्यो

काठमाडौंचालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको...