बाँदर धपाउने क्रममा लडेर गुल्मीमा महिलाको मृत्यु



गुल्मी
बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–७ कुडापानीकी ५५ वर्षीया कमला पाण्डेको उपचारका क्रममा मृत्यु भएको हो।

स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट बाँदर धपाउने क्रममा चिप्लिएर करिब २५ मिटर तल खसेकी पाण्डे गम्भीर घाइते भएकी थिइन्।

घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते पाण्डेको तत्काल उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल तम्घास पुर्‍याएको थियो।

गुल्मी अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

छुटाउनुभयो कि ?

आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

बुटवलआश्विन कृष्ण औँसीका अवसरमा आज दिवंगत पितृहरूको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध समापन गरिँदै छ। आश्व...
आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

२४ असोज, काठमाडौं । आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध...
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

काठमाण्डौ – नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वा...
सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

बुटवलनेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग...