
रुपन्देही
रुपन्देही विद्युतीय व्यवसायी संघले १८औं स्थापना दिवस संघको सचिवालय तिलोत्तमा भलवारीमा एक कार्यक्रमका विच सम्पन्न गरेको छ। साथै महासंघको १७औं वार्षिक साधारण सभा रुपन्देहीको बुटवलमा आयोजना गरिएको जानकारी गराएको छ।
शनिबार आयोजित कार्यक्रममा वोल्दै संघका संस्थापक अध्यक्ष अनन्तमान थैवले साङ्ठानिक पिडामा रहेका रुपन्देहीका विद्युतीय व्यवसायीहरुलाई एकतावद्ध गरी चौतारीमा ,पसलमा भेला गरि संस्थाको स्थापना गरि व्यवसायसंगै सामाजिक काममा सक्रिय हुंदै १८ बर्षमा आईपुगेको वताए।
संस्थाका संस्थापक सदस्य हरुलाई स्मरण गर्दै उनले अहिले संघको सचिवालय भवनबाट स्थापना दिवस मनाउन पाउंदा गर्भ लागेको वताउदै आगामी समयमा पनि व्यवसायीको हकहित र सामाजिक काममा अग्रसर हुने ठुलो अभिभारा रहेको औंल्याएका थिए।
अहिलेको सरकारले शुशासन कायम गर्नका लागि ल्याएका विल लगायतका विषयमा सवै उद्योगी, व्यवसायी, उपभोक्ता सचेत रहेर काम गर्न आवस्यक रहेको धारणा राखेका छन्।
उनले अहिले महासंघको विधान विपरित रुपन्देहीको सैनामैनामा संघ खोलेको भन्ने हल्लाको जानकारी पाईएकोले यो नियम विपरित र आधिकारिक नहुने वताउदै लागेका असन्तुष्टी महासंघ ,संघमा राखी समाधान खोज्न आग्रह गरेका छन्।

संघका पुर्व अध्यक्ष एवं महासंघका तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डेयले रुपन्देही क्रियाशिलका कारण नेपाल विद्युतिय व्यवसायी महासंघकै मिनि महासंघको रुपमा स्थापित भएको वताएका थिए।
संघका अध्यक्ष केशव कुमार सिंह ‘सुजित ‘ले संघले आफ्नो कार्यकालमा अग्रजले देखाएको बाटोमा संघमा आवद्ध सम्पुर्ण व्यवसायीको सम्वन्वयमा व्यवसायीको हकहित र सामाजिक काममा थप अग्रसर हुने योजना रहेको बताए।
उनले केक काटेर १८औं स्थापना दिवस मनाईंदै गर्दा जिल्लाका सम्पूर्ण सल्लाहकार, पुर्व अध्यक्ष,पदाधिकारी, कार्यसमिति र सम्पुर्ण विद्युतीय व्यवसायीको योगदानका कारण महासंघको १७औं वार्षिक साधारण सभा असोज ३ गते रुपन्देहीको बुटवल, होटल पाम इन्टरनेशनलमा आयोजना हुन गइरहेको जानकारी गराएका थिए।

कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा महासंघका सचिव लोकनाथ पोखरेल, निवर्तमान अध्यक्ष शान्ताराज खराल,सल्लाहकारहरु लक्ष्मण भट्टराई, सुर्य कुवंर, पुर्व अध्यक्ष हरिहर ज्ञवाली, प्रथम उपाध्यक्ष भिमलाल अधिकारी, उपाध्यक्ष रमा थापा क्षेत्री, महासचिव चिरञ्जिवी गैरे,सचिव जीवन पौडेल,कोषाध्यक्ष गणेश पन्थ, बुटवल नगर अध्यक्ष वसन्त राना, तिलोत्तमा नगर अध्यक्ष चन्द्रमणि सुवेदी, लेखा समिति सदस्य जनेश पन्थी, सदस्य विमल पौडेललगायतले वोल्दै संघको स्थापना दिवस, महासंघको तय गरिएको साधारण सभा, र जिल्लाको साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए।