स्थानीय

स्पाको चमकभित्रको अँध्यारो खोज्दै प्रहरी : बुटवल–तिलोत्तमामा एकैपटक छापा

स्पाको चमकभित्रको अँध्यारो खोज्दै प्रहरी : बुटवल–तिलोत्तमामा एकैपटक छापा

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलका व्यस्त बजार, मुख्य सडक र आवासीय क्षेत्र आसपास पछिल्लो समय स्पा तथा मसाज सेन्टरको संख्या बढ्दो छ। बाहिरबाट हेर्दा आधुनिक सेवा व्यवसायजस्तो देखिने यी केन्द्रभित्र के भइरहेको छ भन्ने प्रश्न भने पटक–पटक उठ्दै आएको छ। यही प्रश्नको जवाफ खोज्दै प्रहरीले बुधबार बुटवल र तिलोत्तमा क्षेत्रमा सञ्चालित २५ वटा स्पामा एकैपटक अनुगमन तथा छापा मारेको छ। इलाका प्रहरी कार्यालय बुटवलले विशेष सूचनाका आधारमा विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा एकसाथ टोली परिचालन गरेको थियो। प्रहरीका अनुसार केही स्पामा सेवा प्रवाहको आवरणमा मर्यादाविपरीत तथा गैरकानुनी गतिविधि भइरहेको सूचना आएपछि निगरानी बढाइएको थियो। अनुगमनका क्रममा बुटवलस्थित इनटाउनबाट सात महिला र पाँच पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरू अमर्यादित गतिविधिमा संलग्न भएको आरोपमा नियन्त्रणमा परेको प्रहरीले जनाएको छ। नियन्...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘अपरेटिङ बेस’ बनाउँदै निगम, पाइलट प्रशिक्षण उडान सुरु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘अपरेटिङ बेस’ बनाउँदै निगम, पाइलट प्रशिक्षण उडान सुरु

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीराष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो वायुयानको अपरेटिङ बेस बनाउने तयारी अघि बढाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनअनुसार निगमले विमानस्थललाई अपरेटिङ बेसका रूपमा विकास गर्ने तयारीस्वरूप मंगलबारदेखि प्रशिक्षण उडान सुरु गरेको हो । निगमका अनुसार आफ्ना फर्स्ट अफिसर (पाइलट)हरूलाई एयरबस ए–३२० जहाजमार्फत बेस ट्रेनिङ फ्लाइट गराइँदैछ । प्रशिक्षण कार्यक्रम साउन २७ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता इन्जिनियर कुमार सुजखुले विज्ञप्ति जारी गर्दै विमानस्थलमा भइरहेको प्रशिक्षण उडानबारे सरोकारवाला सबैलाई जानकारी गराएका छन् । नेपाल वायुसेवा निगमले यसअघि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्ना अन्तर्राष्ट्रिय उडानका ला...
लुम्बिनी प्रदेश सरकार गठनका लागि एमाले-नेकपा र मसालबिच दुई बुँदे सहमति

लुम्बिनी प्रदेश सरकार गठनका लागि एमाले-नेकपा र मसालबिच दुई बुँदे सहमति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौँएमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले लुम्बिनी प्रदेशमा सरकार निर्माणका लागि नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन् । मसालका महामन्त्री मोहनविक्रम सिंहसँग भएको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ । त्यस्तै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने पनि सहमति भएको छ । लुम्बिनी प्रदेशमा नेकपा मसालका एक जना सांसद छन् । ...
ग्यासका लागि बुटवलमा बिहानैदेखि लाइन, निगम-प्रशासन र उद्योगीले थाले वितरण

ग्यासका लागि बुटवलमा बिहानैदेखि लाइन, निगम-प्रशासन र उद्योगीले थाले वितरण

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास वितरण गर्न थालेको छ । रुपन्देहीमा ग्यासको सहज आपूर्ति हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम, ग्यास उद्योगी तथा विक्रेता संघबीचको सहमतिअनुसार बुटवल र भैरहवामा वितरण केन्द्र सञ्चालनमा ल्याइएको हो । बुटवलमा वडा नम्बर ६ हाटबजारलाइनस्थित बालमन्दिर र भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरलाई वितरण केन्द्र बनाइएको छ । मंगलबार बिहान ९ बजेदेखि ग्यास वितरण सुरु गरिएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले जनाएको छ । निगमले ग्यास वितरणमा विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धा, किरियापुत्री, रातो कार्ड प्राप्त सुकुम्बासी तथा ग्यास नपाएर चुल्हो नै नबलेका उपभोक्तालाई प्राथमिकता दिएको छ । बुटवलमा ग्यास वितरणका लागि बुटवल, आरती, सिद्धार्थ, सिद्...
नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा सम्पन्न- जवाफदेहीता संगै हकअधिकारमा जोड

नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा सम्पन्न- जवाफदेहीता संगै हकअधिकारमा जोड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधारणसभा सोमबार बुटवलमा म सम्पन्न भएको छ । महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डि.आर. घिमिरे, पूर्व अध्यक्ष तथा सल्लाहकार शेरबहादुर केसी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्षद्वय रामप्रसाद आचार्य, मिना ढकाल, महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियार, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, अग्रज पत्रकार नारायणप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले शाखाको आफुहरु आएपछि गरिएका विभिन्न कार्यहरुको जानकारीसंगै समीक्षा प्र...
पाल्पा जिप दुर्घटनामा १० जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा जिप दुर्घटनामा १० जना घाइते, एकको अवस्था गम्भीर

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, स्थानीय
बुटवलपाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडास्थित भित्री कच्ची सडकमा सोमबार बिहान जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बङ्सिङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सडकबाट करिब ११० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित जिपमा सवार १० जना घाइते भएका स्थानीयले बताएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने नौ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएको छ । ...
देशभर मनसुनी वायुको प्रभाव – यि स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव – यि स्थानमा आज भारी वर्षाको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। सोमबार बिहान कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। काठमाडौंमा पनि बिहानैदेखि पानी परिरहेको छ। पाल्पाको अर्चलेमा पछिल्लो एक घन्टामा २५.४ मिलिमिटर वर्षा भएको छ। अरू स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। पछिल्लो चौबीस घन्टामा सुर्खेतको इतराममा १३५ मिलिमिटर वर्षा मापन भएको छ। कास्कीको लुम्लेमा ९८.६ मिलिमिटर, काठमाडौंको साँखुमा ९३.६ मिलिमिटर, पाल्पाको अर्चलेमा ८१.६ मिलिमिटर वर्षा भएको छ। अरू धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ। सोमबार दिउसो देशको हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएक...
कपिलवस्तुका पूर्व नगरप्रमुख सिंह वन क्षेत्रबाट बेपत्ता

कपिलवस्तुका पूर्व नगरप्रमुख सिंह वन क्षेत्रबाट बेपत्ता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलकपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख किरण सिंह तिलौराकोट साझेदारी वन क्षेत्रको जंगलबाट बेपत्ता भएका छन् ।सिंह शुक्रबार अपराहन्न करिब ४ बजेदेखि सम्पर्कविहीन भएको परिवारले बताएको छ । उनले प्रयोग गर्ने मोटरसाइकल भने तिलौराकोटस्थित साझेदारी वन क्षेत्रमा फेला परेको छ । सिंहको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सर्वसाधारण परिचालन भएका छन् । हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। ...
५८ वर्षपछि रोहिणीका २ सय ७१ परिवारले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका २ सय ७१ परिवारले पाए लालपुर्जा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ ।दशकौँदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाका लागि यो वितरण ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित हुनुका साथै किनबेच, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक सेवा लिनसमेत सहज हुने अपेक्षा गरिएको छ । स्थानीय वासीले ५८ वर्ष लामो प्रतीक्षापछि आफ्नो नाममा लालपुर्जा प्राप्त गर्न लागेकोमा खुसी व्यक्त गरेका छन्। ...
तिलोत्तमामा वडा तथा स्वास्थ्य चौकी गरी ३८ स्थानमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान

तिलोत्तमामा वडा तथा स्वास्थ्य चौकी गरी ३८ स्थानमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, सम्पादकिय, स्थानीय
रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिकाका सबै वाडाहरु तथा स्वास्थ्य चौकी गरी ३८ स्थानहरुमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान भएको छ।२०८२ माघ महिनामा कम्पनीको जिटुजि कार्यक्रम अन्तर्गत नगरपालिकाको सभाहलमा नेपाल टेलिकमको कर्पोरेट सेवा जानकारी तथा प्रस्ताव सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो |सो कार्यक्रम लगत्तै नगरपालिकाको भवनमा १ जिबिपिएसको फाइबर टु हाेम सेवा जडान गरी संचालनमा रहेको थियो। ८२ जेष्ठ महिनामा उक्त नगरपालिका संग सबै वार्डहरु र स्वास्थ्य चौकीहरुमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान गर्न सम्झौता भएको थियो।नगरका सबै ३८ स्थानहरुमा ८३ श्रावण देखि २सय एमपिविएस को सेवा जडान गरी सन्चालनमा ल्याईएको हो।वार्ड नं ४,६,१३,१४ तथा १२ वडाहरुमा नेटवर्क विस्तार र सेवा प्रवाह चुस्त गरी सेवा पुर्याएको हो।सबै स्थानीय निकाय र सरकारी निकायमा सरकार देखि सरकार कार्यक्रम, डिजिट...