प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण



बुटवल,
शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग बढिरहेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन लुम्बिनी प्रदेशले शैक्षिक लिडरहरूलाई एआईको प्रभावकारीता र सुरक्षित प्रयोगबारे प्रशिक्षण दिएको छ ।
आईएनजी इम्प्याक्टको प्राविधिक सहयोगमा रुपन्देहीको तिलोत्तमामा आयोजित प्रशिक्षणमा एआईको प्रयोग, यसको उपयोगिता तथा शिक्षण क्षेत्रमा यसको प्रभावकारी सदुपयोगका विषयमा प्रशिक्षण दिइएको थियो। प्याब्सन केन्द्रसँग भएको सम्झौताअनुसार देशभरका शैक्षिक नेतृत्व तथा शिक्षक–कर्मचारीलाई एआईसम्बन्धी प्रशिक्षण दिने अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा कार्यक्रम आयोजना गरिएको आईएनजी इम्प्याक्टसंस्थापक अध्यक्ष सुरज बुढाथोकीले बताए । एआईको सही प्रयोग र यसबाट लिन सकिने फाइदाबारे देशभरका शैक्षिक जनशक्तिलाई जानकारी गराउने उद्देश्यले हामीले प्याब्सन केन्द्रसँग सहकार्य गरेका छौँ। कोशी प्रदेशबाट सुरु भएको यो प्रशिक्षण अभियान अहिले लुम्बिनी प्रदेशसम्म आइपुगेको हो।
प्रशिक्षणको पहिलो चरणमा प्रदेशका शैक्षिक लिडरहरूलाई एआईको प्रयोग र सम्भावनाबारे जानकारी गराइएको हो।


क्रमश प्रदेशका विभिन्न जिल्लामा पुगेर शिक्षक तथा कर्मचारीलाई समेत एआईसम्बन्धी प्रशिक्षण दिने योजना रहेको प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डेले बताए ।

एआईलाई शिक्षण सिकाइमा कसरी उपयोग गर्ने, दैनिक शैक्षिक कामलाई प्रविधिको माध्यमबाट कसरी सहज बनाउने तथा एआईबाट प्राप्त सामग्रीलाई कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने भन्ने विषयमा प्रशिक्षण केन्द्रित रहेको थियो।
यस प्रशिक्षणमा प्रदेशका ९७ जना शैक्षिक व्यक्तित्वको सहभागिता रहेको कोषाध्यक्ष, महेश भुर्तेलले बताए ।

छुटाउनुभयो कि ?

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

बुटवलशुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इर...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र ...
प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

बुटवल,शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग बढिरहेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब...
साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

काठमाडौंइरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित लालसागर तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालि...