
बुटवल
उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र यसका संस्थापक विरमान लामाको योगदान बुटवल नगरकै उदाहरणीय र उल्लेखनीय रहेको वताएकी छन्।
शनिबार आयोजित संस्थाको १३औं साधारण सभा तथा पांचौं अधिवेशन कार्यक्रममा वोल्दै अर्यालले नगरका खानेपानी संस्थाले नगरवासीहरुलाइ पानी उपलब्ध गराउने काममा उल्लेखनिय काम गरेको धारणा राखेकी थिइन्।
उनले बुटवललाई प्रयाप्त र स्वच्छ खानेपानी उपलब्ध गराउन पुर्व अर्थमन्त्री विष्णु पौडेलको ठुलो योगदान रहेको र बर्तमान यसक्षेत्रका संसद शुलभ खरेलसंग पहल गर्न प्रस्ताव गरेको जानकारी गराइन्।
संस्था र पुर्व जनप्रतिनिधि समेत रहेका अध्यक्ष लामाको योगदानको प्रसंसा गर्दै वगर र खयरघारी रहेको स्थानलाई वस्ति वस्न योग्य र आवस्यक पुर्वाधार निर्माण गर्न योगदान गरेको वताईन।
उनले उक्त खानेपानी संस्थाका धेरै उपभोक्ताहरुको आर्थिक अवस्था सामान्य रहेको वताउदै नगरले गरेका रोजगार र व्यवसाय प्रद्र्धनका योजनामा सहभागी हुन आव्हान गरेकी थिइन्।
संस्थाका अध्यक्ष विरमान लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै बुटवल वडानं ६का कार्यवाहक वडाध्यक्ष चिनकाजी श्रेष्ठले संस्था वडाकै गरीमा रहेको र संस्थापक अध्यक्ष लामाको योगदानको कदर गर्दै आगामी नेतृत्वले थप सुदृढ गर्ने विश्वास रहेको धारणा राखेका थिए।
खानेपानी डिभिजन कार्यालय ,योगिकुटि रुपन्देहीका प्रमुख प्रकाश केसीले साधारण सभा तथा अधिवेशनलाई सुशाशन र प्रगतिको सुचकको रुपमा लिनुपर्ने वताउदै सरकारले बजेटको कटौती गरेका कारण समस्या परेको र चाहेका काम सम्पन्न गर्न नसकिने धारणा राखेका थिए।

संस्थाका अध्यक्ष विरमान लामाले संस्थाको स्थापनाकालदेखि बर्तमान अवस्थासम्म ल्याइ पुर्याउन गरेको पहलसंगै सरकार, समाजसेवी, उपभोक्ताको साथले संभव भएको वताउदै, आगामी नेतृत्वलाई ईटा थप्न आग्रह गरेका थिए।
कार्यक्रममा वडासदस्य पम्फा कुमारी थापा, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम ,बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई ,चन्द्रनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष कृष्ण पोखरेल,सुन्दर शान्ति टोल विकास संस्थाका सचिव राजेश वानियाँ , वरिष्ठ सल्लाहकार तथा निर्वाचन समिति संयोजक बलराम न्यौपानेलगाएतले वोल्दै सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यप्रगति उदाहरणीय लागेको वताएका थिए।
कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा निर्वाचन समिति संयोजक बलराम न्यौपाने उपाध्यक्ष शंकर परियार, सचिव प्रकाश खनाल, कोषाध्यक्ष रिम कुमारी श्रेष्ठलगायतले आ-आफ्ना धारणा राखिएको कार्यक्रममा जेष्ठ नागरिक ८९ बर्षिया निलकण्ठ खनाल, जेहेन्दार विद्यार्थी अशोक सार्की ,मेनुका खनाल
कृष्ण बहादुर गुरुङ, रामु दमाई, खगबहादुर सुनारलाई सम्मान गरीएको थियो।

अधिवेशनले शंकर परियारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अध्यक्षमा विजेता शंकर परियार र उपविजेता रिम कुमारी श्रेष्ठ विच केही मतान्तर रहेको थियो भने अध्यक्ष वाहेकका सवै पद सर्वसम्मत निर्वाचित भएका थिए।
जसको उपाध्यक्षमा प्रकाश खनाल, सचिवमा शंकर काफ्ले, कोषाध्यक्षमा थर्कराज खडाल , सहसचिव विजया पुनमगर तथा सदस्यहरुमा राजकुमार गुप्ता,नजीर हुसेन नदाफ,राजु शाही, देवी विश्वकर्मा, कमला श्रेष्ठ, सञ्जय विसी,सिता जोसी,धुर्बराज खनाल र गिरीराज भुषाल निर्वाचित भएको निर्वाचन मण्डलका प्रवक्ता तथा पत्रकार विश्वास ढकालले जानकारी दिए।