विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती



बुटवल
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले विद्युतीय व्यवसायीको संस्था र दृष्टिकोण सुन्दा र देख्दा खुसी लागेको बताएका छन्।
नेपाल विद्युतीय व्यवसायी महासंघको बुटवलमा आयोजित १७औं बार्षिक साधारण सभामा वोल्दै प्रदेश प्रमुख घर्तीले आफुले खासै जानकारी नपाएको विद्युतीय व्यवसायीको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघले गरेको व्यवसायी प्रगति, राज्यलाई प्रदान गरेको राजस्व र प्रसस्त विद्युतको संभावना रहेको देश नेपालमा यसको भविष्य पनि राम्रो रहेको वताएका हुन् ।
संघिय सरकारको वारेमा वोल्दै उनले सरकारसंग आसा रहेको तर विश्वास नरहेको धारणा राखेका छन्। त्यति ठुलो धनजनको क्षतीबाट वनेको करिब दुई तिहाईको सरकारबाट आसा राख्नु स्वाभाविक रहेको तर गतिविधि देख्दा विश्वास गर्न नसकेको दुःखेसो पोखे।
अहिले देश बाढीबाट पिडामा परेको र देश तथा विदेशका नागरिकबाट ठुलो सहयोग जुटेको तर त्यो सहयोग सदुपयाेग हुनेमा निगरानी गर्न आवस्यक रहेको वताए।
उनले दृष्टिकोण परिवर्तन नभएसम्म मानिस र समाज परिवर्तन नहुने र आफ्नो धरातल विर्सन नहुने धारणा राखेका थिए।

महासंघका अध्यक्ष दिलिप कुमार अग्रवालले अस्थिर सरकार र निहित स्वार्थका कारण देश र नागरिकको अवस्था चाहेजति विकास हुन नसकेको वताउदै वर्तमान सरकारले विद्युतीय व्यवसायसंगै आम नागरिकको हितमा काम गरोस् र यसमा महासंघको पुर्ण साथ रहने आस्वासन दिएका थिए।
सरकार संग केही आसा राखेकाले भन्सारमा रहेको समस्या, करमा समस्या समाधानमा सरकार अग्रसर हुने विश्वास व्यक्त गरेका थिए।
उनले विद्युत व्यवसाय आधारभूत आवस्यकता अन्तर्गत पर्ने र यसमा रहेका बैङ्किङ झन्झट, एकिकृत डिजिटल प्रणाली लागू गरेमा व्यवसायीलाई उत्साह जगाउने धारणा राखेका थिए । उनले साना र मझौला व्यवसायीलाई हुदै आएको प्रकृयागत समस्या समाधान गर्न आवस्यक रहेको उल्लेख गरेका थिए।
अग्रवालले विद्युतीय विस्तारमै देशको भविष्य रहेको वताउदै सहज वनाउन नितिको व्यवहारिक कार्यान्वयनमा जोड दिन आग्रह गरे।
विद्युतीय व्यवसायमा दक्ष जनशक्ति र प्राविधिक समस्या रहेको वताउदै यसमा सरोकारवालाले चासो र चिन्तन गर्नु पर्ने औल्याएका थिए।
उनले सरकार-निजीक्षेत्र र उपभोक्ता बिचको सहकार्य र समन्वयबाट मात्र सहज हुने धारणा राखेका थिए।
रुपन्देही विद्युतीय व्यवसायी संघको सह-आयोजना रहेको कार्यक्रममा वोल्दै महासंघका निवर्तमान अध्यक्ष रेसम प्रसाद देवकोटाले व्यवसायमा धेरै कामकाजी समस्या रहेको वताउदै सरकारले व्यवसायीको हकहितका लागि काम गर्ने विश्वास रहेको धारणा राखेका थिए।
उनले उद्योगी , व्यवसायीलाई लगानी गर्ने र लगानीको सुनिश्चित गर्ने वातावरण सरकारले वनाउन आवस्यक रहेको धारणा राखेका थिए।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेले व्यवसायीका समस्या समाधान गरी व्यवसाय संगै नागरिकको उन्नति हुने वताउदै सरकारले लगानीको सुनिश्चितता गर्नु पर्ने औंल्याएका थिए।
उनले ठुलो धनजनको क्षतीबाट आएको सरकारलाई कमजोरी गर्ने छुट नहुने र आसा जगाउन नसकेको दुःखेसो पोखे।
कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष गोपाल अग्रवाल , महासचिव शंकर देवकोटा , रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष केशव कुमार सिंह ‘सुजित’, मुख्य प्रायोजक ब्रिलेन्ट एलईडीका निर्देशक श्याम शाहलगायतले वोल्दै विद्युतको प्रसस्त सम्भावना रहेको हाम्रो देश नेपालमा विद्युतीय व्यवसायीको भविष्य उज्यालो रहेको धारणा राखेका थिए।
कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, रुपन्देही व्यपार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईलगायतको उपस्थिति रहेको थियो भने महासंघले देशभरका २२ शाखाहरु मध्येबाट प्रथम स्थान हासिल गर्ने चितवन विद्युत व्यवसायी संघ ,द्वितीय मोरङ्ग इलेक्ट्रिकल संघ,तृतीय काठमाडौं विद्युतीय व्यवसायी संघलाई पुरष्कृत तथा सम्मानित गरेको थियो भने बाढी प्रभावितका लागि सहयोग संगै कार्यक्रममा सहयोग गर्ने सहयोगी दाताहरु लाई सम्मान गरेको थियो।

छुटाउनुभयो कि ?

विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

बुटवललुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले विद्युतीय व्यवसायीको संस्था र दृष्टिकोण सुन्दा र देख्दा खुसी लाग...
आज संविधान दिवस मनाइँदै

आज संविधान दिवस मनाइँदै

काठमाडौंआज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्द...
१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

काठमाडौंसरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको...
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

काठमाडौंभदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षणका लागि सरकारले राज...