शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर



बुटवल
शुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इरान मध्यपुर्व युद्धले नेपाल लगायतका अधिकांश देशमा आर्थिक अनिश्चितता छाएको वताएका छन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८मा रहेको शुभ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं बार्षिक साधारण सभामा शनिवार वोल्दै वक्ताहरुले आर्थिक अनिश्चितताका कारण सहकारीमा पनी लगानी र मुनाफाको बातावरण नरहेको वताएका हुन्।
सहकारीका अध्यक्ष रुद्र ज्ञवालीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक अनिश्चितताका कारण चाहेको गर्न नसकिएको र ०८२ को आन्दोलनले थप संकट उत्पन्न भएको वताएका छन्।
ज्ञवालीले सहकारीको लगानी गर्ने र मुनाफाको वातावरण नभएतापनि खराव अवस्थामा नरहेको वताएका छन्।
२५ जना सदस्यबाट सुरुवात गरेको सहकारी १९औं बर्ष प्रवेश गर्दै गर्दा २ सय ५१ शेयर सदस्य र १ करोड २२ हजार कुल शेयर पूँजी रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए भने १ करोड ५४ लाख ६८ हजार ५ सय ४ रुपैयाँ ६२ पैसा निक्षेप संकलन भएको सार्वजनिक गरेका थिए। यसैगरी १ करोड ५७ लाख १९ हजार ८ सय ६५ कर्जा लगानी भएको वताएका छन्।
अध्यक्ष ज्ञवालीले सहकारीले शेयर सदस्यका परिवारको लागि बिमा, काजक्रिया, प्रसुती ब्यवस्था, उत्कृष्ट श्रेणी हासिल गर्ने सन्तति शिक्षा सम्मान गर्दै आएको छ।
सहकारीका उपाध्यक्ष हरिहर ज्ञवालीले समग्र देशमै आर्थिक समस्या रहेको कारण मुनाफा र लगानीको सुनिश्चितता नरहेपनि शुभ मिलनको अवस्था खराब नरहेको वताएका थिए।
सचिव श्याम प्रसाद राजभण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष अमृता कार्की पौडेलको प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो।
कार्यक्रममा पुर्व कर्मचारी विष्णु खत्री बोहरालाई विदाई तथा नवनियुक्त कर्मचारी सर्मिला खनाललाई नियुक्ति पत्र हस्तान्तरण गरीएको थियो।

छुटाउनुभयो कि ?

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

बुटवलशुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इर...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र ...
प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

बुटवल,शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग बढिरहेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब...
साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

काठमाडौंइरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित लालसागर तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालि...