बुटवलमा आजदेखि तीन दिने सडक खाना महोत्सव
बुटवलअंग्रेजी नयाँ वर्षको अवसर ‘बुटवल सडक खाना महोत्सव’ हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा मंगलबारदेखि बुटवलमा तीन दिने सडक खाना महोत्सव हुने भएको हो ।
बुटवल उपमहानगरपालिका वडा नं. ९ तिनकुने चोकदेखि बसपार्क चोकसम्म आयोजना हुने महोत्सवको तयारी पुरा भएको आयोजक संघका अध्यक्ष माधव कुमार खनालले बताए । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित आयोजना गरिने महोत्सवमा स्थानीय रैथाने खानाका परिकार, विभिन्न जातीय समुदायका पहिचान झल्काउने परिकारसँगै स्वदेशी तथा विदेशी स्वादका परिकारहरू प्रस्तुत गरिने उनले बताए । सडकको बिचमा अत्याधुनिक स्टलहरु निमार्ण गरिएको उनले बताए ।
महोत्सवमा विभिन्न जातजाति र समुदायसँग सम्बन्धित परिकारसँगै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने तथा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको स...








