तिलोत्तमामा तीज सांस्कृतिक महोत्सव हुँदै, बाढीपीडितलाई सहयोग गर्ने घोषणा



रुपन्देही
रुपन्देहीको तिलोत्तमा स्थित मधवलियामा कोटिहवा तीज सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। तीज पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको महोत्सवमा मनोरञ्जनसँगै बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यसमेत रहेको आयोजकले जनाएको छ।
तिलोत्तमाको मधवलिया चोकबाट करिब एक सय मिटर दक्षिणपश्चिम हाइवे नजिक खाली जग्गा क्षेत्रमा आयोजना हुने महोत्सव यहि भदौ २८ गतेदेखि शुरु भई असोज ८ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा दर्शकको रोजाइमा परेका कलाकारहरु ख्यातिप्राप्त गायक तथा र्यापर आशिष राना मगर (लाहुरे), त्रिशला गुरुङ, ज्योति मगर, शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी, सिर्जना खत्री ‘हाउरे माया’, प्रकाश सपुत, श्याम राना, प्रकाश दुतराज, प्रीति आले, डान्सर प्रीति पासवान, गंगु क्षेत्री लगायत राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकार, गायक–गायिका र डान्सरहरूको प्रस्तुति रहनेछ।

आयोजक राधाकृष्ण एम्युजमेंट प्रालीका संचालक तथा कार्यक्रम संयोजक सुमन पन्थीका अनुसार महोत्सवमा करिब २० हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको छ। महोत्सवमा मनोरञ्जनात्मक खेल, बाल उद्यान, तीज विशेष पसल, होटल तथा रेस्टुरेन्ट र स्थानीय उत्पादनसहित करिब २० वटा स्टल रहनेछन्।जहान तीजको लागि चाहिने सबै किसिमका सामाग्री पाइने समेत बताइएको छ।

स्थानीय लिस्नु युवा क्लब सहआयोजक रहेको महोत्सवमा कोटिहवा हाटबजार समिति सहयोगी संस्थाका रूपमा रहेको छ।महोत्सवमा अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने अन्य दर्शकका लागि प्रति व्यक्ति १ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ।तिलोत्तमा–१५ सुपौलीस्थित टाइगर फरेस्ट रिसोर्ट चौपारीमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिइएको हो। पत्रकार सम्मेलनको सञ्चालन मनोज केसीले गरेका थिए।महोत्सवबाट मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै बाढीपीडितको सहयोगका लागि समेत योगदान गर्ने आयोजकको योजना रहेको संयोजक सुमन पन्थीले बताएका थिए।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

काठमाडौंरसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी अध्ययनले देखाएको छ। राष्...
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

काठमाडौंरसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा ...
तिलोत्तमामा तीज सांस्कृतिक महोत्सव हुँदै, बाढीपीडितलाई सहयोग गर्ने घोषणा

तिलोत्तमामा तीज सांस्कृतिक महोत्सव हुँदै, बाढीपीडितलाई सहयोग गर्ने घोषणा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा स्थित मधवलियामा कोटिहवा तीज सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। तीज पर्वलाई लक्षित गरी आयोज...
‘अशान्तिपूर्ण एआई युग आइसकेको छ,हामीले गर्ने निर्णयहरू अत्यन्तै महत्वपूर्ण छन्’: बिल गेट्स

‘अशान्तिपूर्ण एआई युग आइसकेको छ,हामीले गर्ने निर्णयहरू अत्यन्तै महत्वपूर्ण छन्’: बिल गेट्स

काठमाडौँमाइक्रोसफ्टका संस्थापक बिल गेट्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूले सो प्रविधिको वास्तविक जोखिम स्वीकार नगर...