
बुटवल
स्वस्थ जीवन हाम्रो अभियान भन्ने मुल नाराका साथ सञ्चालित सुनौलो बिहानी फुर्तिलो समुहले बुटवलमा सामुहिक देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार बुटवल वडानं ७ दिपनगर सिद्धेश्वरी खेल मैदानमा फुर्तिलो समुहले विभिन्न जातिका पोशाकमा सजिएर देउसीभैलो नाचगान गरेका थिए।
कार्यक्रममा मौलिकता झल्काउने गरी नाचगान गरिएको थियो।
फुर्तिलो समुहका अध्यक्ष अनन्तमान थैवले विगत लामो समयदेखि दैनिक योग व्यायाम गर्दै आएको र स्वास्थ्य, कला, संस्कार,संस्कृति,मौलिकता विविधतामा एकताको उदेश्य राखेर कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।
बुटवलमा लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय थैवले सहभागी हरुको सहभागिता, जागरुकता,उत्साह देखेर आफु उत्साहित भएको वताएका थिए।
देउसीभैलोसंगै सांस्कृतिक कार्यक्रम देखाईएको कार्यक्रममा
केही अतिथिहरु कार्य व्यस्तताले उपस्थित हुन नसके तापनि उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी लगायतले सहभागी भएरसंगै व्यवसायी तथा समाजसेवी महेश थैवलगायतले आर्थिक सहयोग र उपस्थित भएर कार्यक्रमको गरिमासंगै हौसला बढाई आर्थिक सहयोग समेत प्रदान गरेको समुहका सचिव देवीराम पन्थीले जानकारी दिए।
उक्त समुहले दैनिक योग व्यायामसंगै विभिन्न समयमा आइपर्ने दैवी प्रकोप र दिनदुखीहरु लाई राहात र सहयोग गर्दै आएको छ।