जीवनशैली

शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न

शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीमानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा रुपन्देहीको २६औं साधारणसभा सप्पन्न भएकोछ। नेपाल पत्रकार महाससंघको सभाहलमा सम्पन्न साधारणसभामा बोल्दै प्रमुख वक्ता शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले जेन्जी आन्दोलनका क्रममा भाद्र २३ गते राज्यद्वारा निहत्था कलिला बालबालिकाहरुको बर्बर हत्या तथा २४ गते अराजक र आपराधिक समुहले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथी गरेको आगजनी , तोडफोड , कुटपिटको घटनाप्रति दुःख ब्यक्त गर्र्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कार्बाही गर्न माग गर्नुभएको थियो। उहाँले फागुन २१ मा निर्वाचन हुनेमा बिश्वस्त हुने आधार अझै निर्माण हुन नसकेको भन्दै समयमै निर्वाचन सम्पन्न गरी नेपाललाई अध्यारो सुरुङ भित्र जानदेखी बचाउनुपर्नेमा जोड दिनुभएको थियो। साधारणसभाका प्रयबेक्षक शान्ति समाजका केन्द्रिय महासचिव प्रकाश शाहीले शान्ति समाजले देश,काल परिस...
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीले गर्यो भवनको शिलान्यास

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीले गर्यो भवनको शिलान्यास

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीको शुक्रबार एक कार्यक्रमका बीच भवन शिलान्यास गरिएको छ । बुटवल – ११ देवीनगर हात्तीसुँड टोलमा रहेको संस्थाको जग्गामा  नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय  प्रथम उपाध्यक्ष रामकुमार रणपालले भवन शिलान्यास गरे । सोही अवसरमा बोल्दै उनले रूपन्देहीमा  कपडा तथा सिलाई व्यवसायी संघको देशभरमै पहिलो भवन शिलान्यास भएकोमा जिल्ला समितिलाई धन्यवाद व्यक्त गरे । केही वर्ष अघि अग्रज व्यवसायी सदस्यहरूले थोरै – थोरै रकम संकलन गरेर जग्गा खरिद गरेको स्मरण गर्दै  उनले भवन निर्माणका लागि पनि एकजुट हुन आग्रह गरे ।कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रणपालले बोल्दै सिलाई व्यवसायी संघमा आवद्ध केही व्यक्तिका कारण संस्था अगाडि बढ्न नसकेकोले त्यस्ता व्यक्तिका पडाडि नलाग्न आग्रह गरे ।  उनले बन्न ला...
घरबाट डेराको यात्राः एक अनुभूती

घरबाट डेराको यात्राः एक अनुभूती

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
शंकर पोखरेलमहासचिव,नेकपा एमाले १६ वर्षको उमेरमा, २०३७ सालमा पढाइका लागि घर छोडें। त्यसपछि सुरु भएको मेरो डेरावास २०६० सालसम्म निरन्तर रह्यो। राजनीतिक कारणले पढिरहेको विद्यालय पढ्न नसकेपछि दाजु देवी पोखरेलको मार्गदर्शनमा म वनारस पुगें, पढाइलाई निरन्तरता दिनका लागि। त्यो बेला वनारस नेपालीहरूको धार्मिक, शैक्षिक र राजनीतिक गतिविधिको केन्द्र जस्तै थियो। त्यहाँ मैले नेपाली समुदायसँग मिलेर पढाइ, राजनीति र समाजसेवामा आफैंलाई समर्पित गरेँ। इलाहावाद बोर्डबाट एसएलसी सरहको परीक्षा पास गरेपछि विज्ञान विषयमा अध्ययन सुरु गरें। पढाइकै क्रममा घर फर्किएको बेला अनेरास्ववियुले नेपालको इतिहास मै पहिलोपटक नेपाल बन्दको आयोजना गरेको थियो। त्यसमा सहभागी हुँदा घोराहीमा गिरफ्तार भएँ। पहिलोपटक प्रहरीको बलप्रयोग र यातनाको सामना गर्नुपर्‍यो — सो क्रममा मेरो बाँया हात भाँचियो। उपचारको अवसर समेत नपाई तुल्सीपुर का...
समाजमा विकृति देखिनु हरेक विधाको क्षमता गुणात्मक रुपमा बृद्धि नहुनु हो : सम्पादक केसी

समाजमा विकृति देखिनु हरेक विधाको क्षमता गुणात्मक रुपमा बृद्धि नहुनु हो : सम्पादक केसी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीदैनिक लुम्बिनी पत्रिकाका सम्पादक तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेरबहादुर केसीले अहिले समाजमा विषेशत नेपालमा राजनीति, उद्यम-व्यवसाय, कर्मचारी, पत्रकारितालगायत हरेक विधामा विकृति देखिनु क्षमतामा गुणात्मक रुपमा वृद्धि नहुनु भएको वताएका छन्।पत्रकार महासंघ रुपन्देहीको आयोजनामा गरिएको नियमित श्रृंखला "नलेज सिरिज" कार्यक्रम"नयाँ सोच ,नयाँ सुरुवात "मा पत्रकारसंगको अन्तर्क्रियामा केसीले देशमा अहिले देखिएको समस्या समाधानका लागि सवै विधाका नागरिकले आफुलाई गुणात्मक सुधार गर्नु पर्ने वताएका हुन्।बिहीबार बुटवलमा सम्पन्न कार्यक्रममा वोल्दै उनले आफ्नो२५ वर्षको पत्रकारिता अनुभवमा आफुले पनि अझै वढि गर्न सकिन्थ्यो कि भन्ने लागेको वताएका हुन्।कार्यक्रममा उनले कुनै पनि क्षेत्रमा काम गर्न इच्छा, क्षमता लगनशीलता हुनुपर्ने र लहडमा र वाध्यताले सफल नहुने धारणा राखेका हुन्।आफ्नो सं...
जेन-जीका माग पुरा नभएसम्म चुनाव हुन दिदैनौं- सुदन गुरुङ

जेन-जीका माग पुरा नभएसम्म चुनाव हुन दिदैनौं- सुदन गुरुङ

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंहामी नेपालका संस्थापक सुदन गुरुङले जेन-जीका माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् ।सामाजिक सञ्जाल मार्फत गुरुङले ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन भन्दै नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन नदिइने चेतावनी दिएका हुन् ।साथै गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालले बाचा अनुसार काम गर्न नसकेको भन्दै पद छोड्न समेत आग्रह गरेका छन् । गुरुङले देशभरबाट ‘हत्यारालाई कारबाही गर’ ‘भ्रष्टाचारीलाई कारबाही’ गर भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही’ गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान भएको समेत उल्लेख गरेका छन् । सुदन गुरुङले भनेका छन्: "हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश" तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन । देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारब...
आज यि ३ प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यि ३ प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । ...
आन्दोलनमा मृत्यु भएका मजदुर नेता स्व.कमल गौतमको परिवारलाई उद्योगीहरुको सहयोग

आन्दोलनमा मृत्यु भएका मजदुर नेता स्व.कमल गौतमको परिवारलाई उद्योगीहरुको सहयोग

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रुपन्देहीरुपन्देहीका उद्योगीहरुले आन्दोलनका क्रममा मृत्यु भएका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष स्वर्गीय कमल गौतमको परिवारलाई आर्थिक सहयोग गरेको छ। गौतमको गएको बिहीबार बिद्युत प्राधिकरणले उद्योगहरुमा बिद्युत लाईन काटेको बिरोधमा उद्योगमा कार्यरत मजदुरहरुले आयोजना गरेको बिरोध कार्यक्रमलाई सम्वोधन गर्दा गर्दै आकस्मिक निधन भएको थियो।आफुहरु माथी भएको अन्यायका बिरुद्ध आवाज उठाउदा उठाउदै निधन भएको भन्दै स्वर्गीय गौतमको परिवारलाई रुपन्देहीका उद्योगीहरुको तर्फबाट राहत स्वरुप सहयोग प्रदान गरिएको जगदम्वा सेन्थेटिक्सका रतन आचार्यले बताए। पञ्चकन्या समुह,जगदम्वा सेन्थेटिक्स र अर्घाखांची सिमेन्टको तर्फबाट संकलित रकम तिन लाख १३ हजार रुपैया आजै स्वर्गीय गौतमको निवासमा लगेर हस्तान्तरण गरिएको आचार्यले बताए। सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले उक्त रकम ...
प्रतिष्ठानको कल्याणकारी कोषका लागि देउसी भैलो

प्रतिष्ठानको कल्याणकारी कोषका लागि देउसी भैलो

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
मिलन गाहा बुटवललोक दोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीले संस्कृतीको संरक्षणमा कलाकार कल्याणकारी कोषका लागी देउसी भैलो समपन्न गरेको छ । कलाकारको बिभीन्न समस्या समाधान गर्ने उदेश्य का साथ रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल जिल्ला कार्यसमिति रुपन्देही को आयोजनामा आयोजित कार्यक्रममा अध्यक्ष बिजय सापकोटाको नेतृत्वमा भएको हो । देउसी भैलो कार्यक्रममा सस्था का पुर्व केन्द्रिय सचिव प्रचण्ड जिसि केन्द्रिय सदस्य पुरुर्र्षेोतम भण्डारी पुर्खे बा, केन्द्रिय सदस्य सुशील गौतम, सस्थाका लुम्बिनी प्रदेश कमिटि बरिस्ठ उपाध्याक्ष दामोदर बस्याल,प्रदेश सचीव योगराज पोख्रेल ,गुल्मि जिल्ला अध्यक्ष चर्चित गाइका शिलु भट्टराई लगाएत प्रदेश कमिटि र रुपन्देही जिल्ला का सम्पुर्ण पदाधिकारी तथा सदस्य सस्थाका आजिवन सदस्य साधारण सदस्य हरूको उपस्थीती रहेको सचीब बिधान कार्कीले बताए ।कल्याण्कारी कोष जस्तो...
सवारी दुर्घटनाको डरलाग्दो रुप : एक महिनामै २ हजार ७ सय ५७ दुर्घटना, गुमाए २४७ जनाले ज्यान

सवारी दुर्घटनाको डरलाग्दो रुप : एक महिनामै २ हजार ७ सय ५७ दुर्घटना, गुमाए २४७ जनाले ज्यान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंगत असोज महिनामा मात्रै देशभर २ हजार ७५७ दुर्घटना भएका छन् । नेपाल प्रहरीले सार्बजनिक गरेको तथ्यांक अनुसार २ हजार ७५७ वटा दुर्घटनामा ३ हजार ९४७ सवारी साधन संलग्न रहेका छन् ।ती दुर्घटनामा २४७ जनाले ज्यान गुमाएका छन् भने ८४८ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै दुर्घटनामा परी ४ हजार ३७ जना साधारण घाइते भएका छन् । मृत्यु हुनेमा १७७ पुरुष, ५८ महिला, ९ बालक र ३ बालिका रहेका छन् । दुर्घटनामा परेका सवारी साधनमध्ये बढी मोटरसाइकल रहेको छ र २ हजार ४६७ मोटरसाइकल दुर्घटनामा परेका छन् ।सबैभन्दा बढी तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा सवारी चलाउँदा १ हजार ५३८ दुर्घटना भएका छन् । त्यसपछि चालकको असक्षमतामा २२५, मापसेबाट २०७, हतारमा बाटो काट्दा १३५ र अनावश्यक ओभरटेक गर्दा ५४ दुर्घटना भएका छन् । त्यस्तै गरि असोज महिनामा ट्राफिक प्रहरीले कुल ३३ हजार ...
अध्यक्षको जन्मदिनमा गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान कार्यक्रम

अध्यक्षको जन्मदिनमा गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान कार्यक्रम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलगुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीको जन्मदिनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।अध्यक्ष ज्ञवालीले फजुल खर्चलाई कम गरी मानवीय सेवा र धर्मको लागि सक्रियतापूर्वक आफ्नै खर्चद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्। मंगलबार बुटवल रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका हुन्।कार्यक्रममा सम्पर्क समाज को तर्फबाट सल्लाहकार बिन्दु गौतम, पुर्व अध्यक्ष बिर बहादुर क्षेत्री ,उपाध्यक्ष गिरिराज पन्त , हरि गौतम ,रामप्रसाद ज्ञवाली र नेपाल नियमित रक्तदाता संघको तर्फबाट केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी ,महासचिव दीपक अधिकारी, सचिव मञ्जु गिरी ,सदस्य गंगा विश्वकर्मा, तिलोत्तमा शाखाका अध्यक्ष लक्ष्मण पन्त, नेपाल औषधि थोक व्यवसायि सङ्घको तर्फबाट जिल्ला अध्यक्ष कृष्ण जिसी , सचिव मणि तिवारी ,कोषाध्यक्ष महेश पन्थी ,साथै नेपाल आयुर...