होर्मुज क्षेत्रमा तनाव बढ्दै जादा इन्टरनेटमा समेत असर पर्ने जोखिम
काठमाडौँअमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण होर्मुज जलडमरु क्षेत्र प्रभावित हुँदा अब विश्वभर इन्टरनेट सेवामा समेत असर पर्ने जोखिम देखिएको छ ।यो क्षेत्रबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल र २५ प्रतिशत तरल ग्यास आपूर्ति हुने गर्छ । साथै यही मार्गमुनि समुद्रभित्र इन्टरनेटका मुख्य केबलहरू समेत बिछ्याइएका छन् । विशेषज्ञहरूका अनुसार यहाँ तनाव बढेमा वा केबलमा क्षति पुगेमा भारतसहित विश्वका धेरै देशमा इन्टरनेटको गति सुस्त हुन सक्छ । उनीहरूले यो क्षेत्र ऊर्जा मात्र नभई डिजिटल दृष्टिले पनि अत्यन्त संवेदनशील ‘चोकपोइन्ट’ भएको बताएका छन् ।विश्वको करिब ९५ देखि ९७ प्रतिशत डेटा समुद्रभित्र बिछ्याइएका फाइबर केबलमार्फत प्रवाह हुने गर्छ । भारतलाई युरोप, अफ्रिका र पश्चिम एसियासँग जोड्ने ठूला केबल प्रणालीहरू यही मार्ग आसपासबाट गुज्रिन्छन् ।
केबलमा समस्या आएमा डेटा लामो वैकल्पिक मार्गबाट पठाउनु...








