उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा बुटवलका हरिप्रसाद अर्यालको उम्मेदवारी


बुटवल
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघ को कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्।
महासंघको यही चैत २८ र २९ गते काठमाडौंमा हुने ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनलाई संघले आधिकारिक रूपमा महासंघको कार्यकारिणी सदस्य पदका लागि अगाडि सार्दै साधारण सभा तथा निर्वाचनमा मुख्य प्रतिनिधिका रूपमा समेत चयन गरिसकेको छ।
उम्मेदवारी घोषणा गर्दै अध्यक्ष अर्यालले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको संस्थागत विकास, नीतिगत सुधार, उद्योगी व्यवसायीहरूको हकहित संरक्षण, साना तथा मझौला उद्योगीलाई प्रोत्साहन र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यसका लागि जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायी, महासंघ र तीनै तहका सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...