उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा बुटवलका हरिप्रसाद अर्यालको उम्मेदवारी


बुटवल
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघ को कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्।
महासंघको यही चैत २८ र २९ गते काठमाडौंमा हुने ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनलाई संघले आधिकारिक रूपमा महासंघको कार्यकारिणी सदस्य पदका लागि अगाडि सार्दै साधारण सभा तथा निर्वाचनमा मुख्य प्रतिनिधिका रूपमा समेत चयन गरिसकेको छ।
उम्मेदवारी घोषणा गर्दै अध्यक्ष अर्यालले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको संस्थागत विकास, नीतिगत सुधार, उद्योगी व्यवसायीहरूको हकहित संरक्षण, साना तथा मझौला उद्योगीलाई प्रोत्साहन र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यसका लागि जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायी, महासंघ र तीनै तहका सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...