नेपालमा १६८ प्रजातिका लामखुट्टे, रोगको जोखिम बढ्दै
लामखुट्टे सानो जीव हो, तर यसले निम्त्याउने स्वास्थ्य जोखिम निकै ठूलो छ। आज ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विश्व लामखुट्टे दिवस मनाइरहँदा नेपालमा लामखुट्टेबाट सर्ने रोगको जोखिम र त्यसको नियन्त्रणप्रति गम्भीर बन्नुपर्ने आवश्यकता झनै बढेको छ।लामखुट्टेको टोकाइबाट औलो, डेङ्गु, चिकनगुनिया, कालाजार, हात्तीपाइले तथा जापानिज इन्सेफलाइटिसजस्ता रोग फैलिन्छन्। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे पहिचान भइसकेका छन् भने गएको आर्थिक वर्षमा लामखुट्टे तथा कीटजन्य रोगबाट झण्डै १८ हजार ७१० जना प्रभावित भएको तथ्यांकले समस्या सामान्य नभएको स्पष्ट पार्छ।अझ चिन्ताको विषय जलवायु परिवर्तनसँगै लामखुट्टेको बासस्थान र रोग फैलिने क्षेत्र विस्तार हुँदै जानु हो। कुनै समय गर्मी र तराईका क्षेत्रमा बढी देखिने लामखुट्टेबाट हुने रोग अहिले उच्च हिमाली तथा पहाडी क्षेत्रमा समेत जोखिमका रूपमा देखिन थालेका छन...








