इन्टरनेटको शुल्क बढेको छैन: दुरसञ्चार प्राधिकरण



काठमाडौँ
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्न कुनै स्वीकृति नदिएको स्पष्ट पारेको छ ।
इन्टरनेट सेवाको शुल्क वृद्धि भएको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालसम्म सेवा प्रदायकबाट शुल्क बढाउने प्रस्तावसमेत प्राप्त नभएको जनाएको हो ।
प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले लिने शुल्क उचित र मनासिब हुनुपर्ने स्पष्ट पारेको छ । सेवा प्रदायकले शुल्कको दर निर्धारण गर्दा प्राधिकरणको निर्देशिकाअनुसार प्रक्रिया पूरा गरी लागू हुने मितिभन्दा कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।
त्यसैगरी, प्राधिकरणबाट स्वीकृत भएको शुल्क सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको पनि प्राधिकरणले स्मरण गराएको छ । प्राधिकरणको स्वीकृतिबिना शुल्क वृद्धि गर्ने, स्वीकृत दरभन्दा बढी रकम लिने वा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

इन्टरनेट सेवा प्रदायकले स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत काम गरेको पाइएमा प्राधिकरणमा उजुरी गर्न सकिने जनाएको छ । उपभोक्ताको हकहित संरक्षण, स्वच्छ प्रतिस्पर्धा कायम तथा इन्टरनेट सेवालाई नियमित र व्यवस्थित बनाउन प्राधिकरण प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

छुटाउनुभयो कि ?

विद्युतीय व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान, पर्वहरू जस्तै जिवनपनि उज्यालो होस् भनी गरे कामना

विद्युतीय व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान, पर्वहरू जस्तै जिवनपनि उज्यालो होस् भनी गरे कामना

रुपन्देहीरुपन्देही विद्युतीय व्यवसायी संघले आउंदै गरेका वडादशैं, दिपावली र छठ पर्वको अवसरमा व्यवसायीविच शुभकामना आदानप्रदान क...
मणिमुकुन्दको अध्यक्षमा पुनः माधव नेपाल, उपाध्यक्षमा भारि मतान्तरले घिमिरे विजयी

मणिमुकुन्दको अध्यक्षमा पुनः माधव नेपाल, उपाध्यक्षमा भारि मतान्तरले घिमिरे विजयी

बुटवल मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको १८ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेसन सम्पन्न भएको छ । समितिको शनिबार सम्प...
इन्टरनेटको शुल्क बढेको छैन: दुरसञ्चार प्राधिकरण

इन्टरनेटको शुल्क बढेको छैन: दुरसञ्चार प्राधिकरण

काठमाडौँनेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्न कुनै स्वीकृति नदिएको स्पष्ट पारेको छ ।इन्टरनेट...
आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

बुटवलआश्विन कृष्ण औँसीका अवसरमा आज दिवंगत पितृहरूको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध समापन गरिँदै छ। आश्व...