राजदूतमा १२ जना सर्वसम्मत, ४ बहुमतले अनुमोदित
मन्त्रिपरिषद्बारा १७ मुलुकका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । समितिले १२ जनालाई सर्वसम्मत र चार जनालाई बहुमतबाट बिहीबार अनुमोदन गरेको हो । शैक्षिक योग्यताको प्रमाणपत्र पेस नगरिँदा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका सम्बन्धमा भने समितिले निर्णय थाती राखेको छ ।
दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, रुसका लागि जंगब चौहान, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रीता धिताल, जर्मनीका लागि शैल रूपाखेती र डेनमार्कका लागि सुम्निमा तुलाधर संसदीय समितिमा सर्वसम्मतले अनुमोदित भएका छन् । चीनका लागि कृष्णप्रसाद ओली, साउदी अरबका लागि नरेशविक्रम ढकाल, कतारका लागि रमेशचन्द्र पौडेल, स्पेनका लागि सलिन नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई अनुमोदन गर्न सर्वसम्मत निर्णय भएको थियो ।
भ...








