नेकपा एमालेको परिपत्र- ४० बर्ष मुनीका सबै युवा काठमाण्डौ पठाउनु


काठमाडौं

नेकपा (एमाले) ले वैशाख ११ गते युवाहरूलाई काठमाडौं उतारेर ‘सेलिब्रेसन’ गर्ने भएको छ। वैशाख ११ गते निरंकुश राजतन्त्र अन्त्य भएको र लोकतन्त्र स्थापना भएको दिनको अवसर पारेर एमालेले युवा उत्सव आयोजना गर्न लागेको हो।

उक्त दिन ठूलो संख्यामा युवा सहभागिता देखाउन एमालेले क्लस्टर नै छुट्टयाएर मातहतका कमिटीलाई निर्देशन दिएको छ। एमालेले वडा, पालिका कमिटीमा ३३ प्रतिशत युवा अनिवार्य गरेको छ। वैशाख ११ गते कमिटीमा भएका ती युवालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएको हो।

त्यस्तै जिल्ला कमिटीमा १५ र प्रदेश कमिटीमा १० प्रतिशत युवा निर्वाचित भएका छन्। जिल्ला र प्रदेश कमिटीमा रहेका सबै युवालाई अनिवार्य आउन पार्टी महासचिव शंकर पोखरेलले निर्देशन पठाएका छन्।

स्थानीय जनप्रतिनिधिहरू मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सबैलाई वैशाख ११ गते काठमाडौं आउन भनिएको छ। बागमती प्रदेशको हकमा भने अलग्गै निर्देशन छ। २०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभामा पार्टीका तर्फबाट उमेद्वार भएका समेतलाई युवा महोत्वसमा सहभागी हुन निर्देशन दिइएको छ।

जनसंगठनहरूका केन्द्रीय कमिटीका सदस्यहरू र सबै महासंघहरूको घटक संगठनमा आबद्ध सदस्यहरूलाई पनि अनिवार्य उपस्थित हुन भनिएको एमालेले बताएको छ। सम्पर्क मञ्चका सबै तहका कमिटीमा आबद्ध ४० वर्षमुनिका युवालाई पनि सहभागिताको निम्ति निर्देशन दिइएको छ।

युवाहरूलाई काठमाडौं ल्याउने र लैजाने कार्यको संयोजन गर्न पार्टी जिल्ला अध्यक्षहरूलाई निर्देशन दिइएको परिपत्रमा उल्लेख छ। कतिपय वडामा तोकिएको युवा संख्या कथम कदाचित पुगेन भने सम्बन्धित पालिकाको अन्य वडाबाट पूर्ति गर्न सकिनेछ तर तोकिएको कूल संख्यामा घटाउन नमिल्ने एमालेको निर्देशन छ।

‘मुलुकलाई अस्थिरतामा लैजान खोज्ने दशकौंको बलिदानी संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिने, जनताका अधिकार खोस्न खोज्ने तत्त्वलाई फेरि टाउको उठाउन नसक्ने गरी पराजित गर्न, युवालाई लोकतन्त्रप्रतिको गौरवबोध गराउन उपरोक्त कार्यक्रममा योजनाबद्ध रूपमा सक्रिय सहभागिताका लागि संयोजन र कार्यान्वयन गर्न/गराउनुहुन निर्देशन गरिन्छ,’ महासचिव पोखरेलले परिपत्रमा भनेका छन्।

छुटाउनुभयो कि ?

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

काठमाडौँभारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्...
सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

काठमाडौंनेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रे...
६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...