जम्मु-कश्मीरमा आतंकवादी अक्रमण, १ नेपाली सहित २७ जनाकाे मृत्यु


 जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एकजना नेपाली पनि परेका छन्। भारतिय संचार माध्यम दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा  जनाइए अनुसार उनको ठेगाना नेपाल मात्र उल्लेख छ। हाल सम्म उनकाे नेपालकाे ठेगाना थाह भएकाे छैन ।

जम्मु-कश्मीरमा  २०१९ को पुलवामा आक्रमणपछि मंगलबार सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो। हमलामा एक नेपालीसहित २७ जना मारिएका हुन्।  हाल सम्म् १ नेपाली सहित १६ जनाकाे नाम पुष्टि भएकाे छ । तिनमा नेपालका एक पर्यटक, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको भारतिय संचार माध्यमहरूले जनाएका छन। 

हमला मंगलबार दिउँसो २:४५ बजे जम्मु-कश्मिरकाे पहलगामको बैसरन उपत्यकामा भएको हो।  मिडिया रिपोर्टअनुसार आतंककारीहरूले एक पर्यटकलाई नाम सोधे र टाउकामा गोली हाने। यसपछि उनीहरू अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागेका हुन।

उक्त आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ। घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ। सबैतिर उच्च सतर्कता अपनाइएकाे छ ।

kshmir-attack

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...