जम्मु-कश्मीरमा आतंकवादी अक्रमण, १ नेपाली सहित २७ जनाकाे मृत्यु


 जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एकजना नेपाली पनि परेका छन्। भारतिय संचार माध्यम दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा  जनाइए अनुसार उनको ठेगाना नेपाल मात्र उल्लेख छ। हाल सम्म उनकाे नेपालकाे ठेगाना थाह भएकाे छैन ।

जम्मु-कश्मीरमा  २०१९ को पुलवामा आक्रमणपछि मंगलबार सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो। हमलामा एक नेपालीसहित २७ जना मारिएका हुन्।  हाल सम्म् १ नेपाली सहित १६ जनाकाे नाम पुष्टि भएकाे छ । तिनमा नेपालका एक पर्यटक, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको भारतिय संचार माध्यमहरूले जनाएका छन। 

हमला मंगलबार दिउँसो २:४५ बजे जम्मु-कश्मिरकाे पहलगामको बैसरन उपत्यकामा भएको हो।  मिडिया रिपोर्टअनुसार आतंककारीहरूले एक पर्यटकलाई नाम सोधे र टाउकामा गोली हाने। यसपछि उनीहरू अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागेका हुन।

उक्त आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ। घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ। सबैतिर उच्च सतर्कता अपनाइएकाे छ ।

kshmir-attack

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...