आज अर्थसहित पाँच संसदीय समितिको बैठक


काठमाडौं

संघीय संसदका तीन समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सिंहदरवारस्थित समितिका कार्यालयमा ती बैठक बस्नेछन् ।

जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भने बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

उता, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल हुने भएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने समितिको आगामी अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गरिने जनाइएको छ, जसका लागि अपरान्ह १२ः०० बजे बैठक बोलाइएको छ ।

साथै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेपाल सरकारले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२०८३  को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव सम्बन्धमा छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...