रुपन्देहीको दूरगामी सहकारी संकटमाः २५ करोड अपचलनको आशंका, अध्यक्ष, सचिव र व्यवस्थापक फरार
बुटवल
बचतकर्ताको करोडौं रकम अपचलन गरेपछि रुपन्देहीको तिलोत्तमामा रहेको दूरगामी बचत तथा ऋण सहकारी संकटमा परेको छ ।
सहकारी आर्थिक संकटमा फसेपछि संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापक मोवाइल स्वीच अफ गरी फरार भएका छन् भने सहकारीको कार्यालयमा उपाध्यक्षसहितका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले निर्णय गरी प्रहरी र वडा कार्यालयको रोहवरमा तालावन्दी गरेका छन् ।
तिलोत्तमा–३ सिर्जना चोकमा रहेको उक्त सहकारी संकटमा परेपछि ठूलो संख्यामा बचतकर्ताहरुले बचत रकम फिर्ताको माग गर्दै निवेदन दिएका छन् । संस्थामा करिव २२ देखि २५ करोड रुपियाँ अपचलन भएको आशंका गरिएको छ ।
सोमबार संस्थामा भएको अनियमितताबारे छानविन गर्न छानविन समिति बनाउने र उक्त छानविन समितिलाई सघाउन स्वतन्त्र लेखापरीक्षण गर्ने निर्णय भएको थियो । तर मंगलबारको बैठकमा अध्यक्ष, सचिव र व्यवस्थापकले माइन्युट नै च्यातेर हिंडेपछि माहौ...








